ओलीलाई सुन्न रुपन्देहीमा यसरी ओइरिए कार्यकर्ता

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा एमालेले आज रुपन्देहीमा कार्यकर्ता भेला गर्दै एकताको सन्देश दिने प्रयास गरेको छ । भेलामा देखिएको उत्साहजनक उपस्थितिले जिल्लाका नेता-कार्यकर्ता हौसिएका छन् ।***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

सोचेभन्दा बढी सहभागिता भएपछि स्थानीय आयोजकलाई व्यस्थापन गर्न हम्मेहम्मे परेको थियो । ‘कार्यकर्ता भेला’ भनिए पनि उपस्थितिको हिसाबले यो आमसभाभन्दा कम थिएन । अध्यक्ष ओलीको भाषण सुन्न विभिन्न जिल्लाबाट ठूलै संख्यामा कार्यकर्ता र समर्थकहरु ओइरिएका थिए ।

कार्यक्रममा सम्बोधन गर्दै ओलीले पार्टी विभाजनबाट ठूलो असर नपरेको दावी गरे । उनलेउ भने, ‘एमालेको पिलो निचोरिएको हो, दुःख मनाउ गर्नुपर्दैन, खुलेर नाच्नुहोस् ।’ केही दिनअघि रुपन्देही आएका एमाले उपमहासचिव विष्णु पौडेलले पत्रकारहरुसँग भनेका थिए, ‘भदौ ३० गते घनश्याम भुसालको हंसमुहार लिएर आउनेछु, तपाईंहरुले राखेका प्रश्नको आफै उत्तर पाउनुहुनेछ ।’

नेकपा एमालेमा तिव्र विवाद रहेका बेला रुपन्देही जिल्लावासी उपमहासचिवद्वय पौडेल र भुषाल दुई विपरित खेमामा थिए । पार्टीमा एकता कायम भएसँगै उनीहरु पनि एउटै विन्दूमा आइपुगेपछि जिल्लाको एमालेपंतिमा उत्साह छाएको छ । आज पौडेल र भुषालले एउटै मञ्चबाट सम्वोधन गर्दै विभाजनको रेखा मेटिएको सन्देश दिन खोजे ।

बुटवल उपमहानगरपालिकाको वडा नं ११ स्थित बगरमा आयोजना गरिएको सो कार्यक्रममा अनुमान गरेभन्दा २० प्रतिशत धेरै कार्यकर्ताहरु स्वतस्फूर्त आएको प्रचार विभाग प्रमुख मोहन चापागाईको भनाइ छ । बुधबारको सहभागिताले रुपन्देहीमा एमाले विभाजनको पक्षमा कोही छैन भन्ने सन्देश दिएको उनले बताए । १६ पालिका रहेको रुपन्देहीमा करिब २२ हजार सदस्य रहेकोमा उनीहरु सबै एमालेमा प्रतिवद्ध रहेको भेलाबाट पुष्टि हुनेसमेत उनले बताए ।

रुपन्देहीबाट प्रतिनिधित्व गरी पटक-पटक मन्त्री बनेका उपमहासचिव पौडेलले भने, ‘एमालेको आन्तरिक कार्यक्रम गर्नका लागि पनि चौरको आवश्यकता पर्यो, यो आमसभा होइन कार्यकर्ता भेला हो । यहाँको सहभागिता हेर्नुहोस् अनि रुपन्देहीमा एमालेको अवस्था जान्नुहोस्, मैले पत्रकार साथीहरुलाई अनुरोध गरेको छु ।’

अर्का उपमहासचिव घनश्याम भुसालले एमाले विभाजनको पक्षमा कोही नभएको सन्देश आजको सभाले दिएको बताउँदै यसअघिको वर्चश्व आउने चुनावमा राख्न सबै प्रतिवद्ध भएको उल्लेख गरे ।

मौसमका कारण निर्धारित समयभन्दा साढे दुई घन्टा ढिलो शुरु भएको कार्यक्रममा एमाले अध्यक्ष ओली प्रवेश गरेसँगै कार्यकर्ताले ‘ओली बा हाइहाई’, ‘आज होइन भोलीलाई दश वर्ष ओलीलाई’, ‘ओली बा आइ लभ यु’ भन्दै हुटिङ गरेका थिए ।

कार्यक्रममा माओवादी त्यागेर एमालेतिर लागेका टोपबहादुर रायमाझी, गिरीधारीलाल न्यौपाने, दधिराम न्यौपाने, अनुप बराल लगायतका नेता सहभागी थिए । टोपबहादुर रायमाझीले आक्रामक भाषण गर्दा कार्यकर्ताले निरन्तर हुटिङ गरेका थिए ।
अपेक्षा गरिएभन्दा धेरै मान्छेहरु आएपछि व्यवस्थापनमा चुनौती भएको व्यवस्थापनमा खटिएका युवा नेता राजेन्द्र ढकालले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार