spot_img

जान्नैपर्ने कुरा निपाह भाइरस बारे

निपाह भाइरस संक्रमण पछिल्लो समय फैलिरहेको छ। यो जनावर तथा पशुपन्छीबाट मानिसमा सर्ने (जुनोटिक) रोग हो।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

नेपाल अनलाइन पत्रिका – काठमाडौं।  निपाह भाइरस संक्रमण पछिल्लो समय फैलिरहेको छ। यो जनावर तथा पशुपन्छीबाट मानिसमा सर्ने (जुनोटिक) रोग हो। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

निपाह भाइरस सन् १९९९ मा पहिलो पटक मलेसियामा सुँगुर पालन गर्ने किसानहरुमा देखिएको थियो। नेपाल निपाह भाइरसको प्रकोपको जोखिममा छ।

किनकि भाइरसको प्राथमिक होस्ट भनेका फलफूल बढी खाने चमेरो (फ्रुट ब्याट)हरु हुन् जुन नेपालमा पाईन्छ। निपाह भाइरसको संक्रमण भएमा लक्षणविहीन संक्रमणदेखि ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, घाँटी दुख्ने र तीव्र श्वासप्रश्वासको समस्या हुने गर्दछ। यसका साथै यसको संक्रमणले मस्तिष्कमा असर गरी इन्सेफेलाइटिस हुनेदेखि कोमा सम्म हुने गर्दछ।

निपाह भाइरस संसारको १० घातक रोग मध्ये एक मानिन्छ। निपाह भाइरस एक प्राणघातक संक्रमण हो, जसको मृत्यु दर ४० देखि ७५ प्रतिशत रहेको अनुमान गरिएको छ।

निपाह भाइरस कसरी सर्छ?
निपाह भाइरसको संक्रमण चमेराको र्यादल, दिसापिसाब लगायतको तरल पदार्थबाट संक्रमित फलफूल/ तरकारीको सेवनबाट हुने गर्दछ।

निपाह भाइरसको संक्रमण सुँगुरहरुको बिच अत्यधिक रहेको छ र सुँगुर पालन गर्ने किसानहरुमा यो संक्रमण अत्यधिक देखिएको छ। सन् १९९९ को प्रकोपमा ९९ प्रतिशत संक्रमित मानिसहरु सुँगुरसंग सम्पर्कमा थिए वा सुँगुर फार्म गर्ने किसानहरु थिए ।

संक्रमित मान्छेको र्यासल, पिसाब, दिशा, वीर्य र रगतबाट अर्को मान्छेमा पनि निपाह भाइरस सर्ने गर्दछ।

निपाह भाइरसको संक्रमणको लक्षण के के हुन्?
निपाह भाइरस संग ‘एक्सपोजर’ भएको ४-१४ दिन पछि लक्षणहरु देखा पर्न थाल्छन्। सामान्य रुघाखोकी, ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, श्वासप्रश्वासमा कठिनाइ हुने, टन्सिलको सुजन, घाँटी दुख्ने, रिँगटा लाग्ने, कोमा, बेहोसी जस्ता लक्षणहरु देखिन्छ।

को को जोखिममा छन्?
सुँगुर पालन गर्ने किसानहरु, मासुजन्य प्रदार्थको काम गर्ने मनिसहरूमा जोखिम उच्च रहेको छ। अस्पतालका कामदारहरु र भाइरससंग संक्रमितको हेरचाह गर्नेहरुमा जोखिम उच्च छ। बंगलादेश र भारतमा यो रोग काँचो खजुरको रस खाने, चमेरोद्वारा संक्रमित फलफूल तथा चमेरोहरु बस्ने कुवाहरुको पानीको सेवनसँग जोडिएको छ।

संक्रमित चमेरोले जुठो पारेका, खोपेर छोडेका फलफूल/ तरकारीहरु सफा नगरेमा वा नधोएर खाने मानिसहरुमा जोखिम उच्च छ।

निपाह भाइरसबाट संक्रमित भए नभएको कसरी पत्ता लगाउने?
घाँटीको स्वाब, सेरेब्रोस्पाइनल फ्लुड, पिसाब र रगतको परीक्षणबाट पत्ता लगाउन सकिन्छ।

निपाह भाइरसको उपचार के हो ?
हालसम्म निपाह भाइरसको लागी कुनै विशेष उपचार वा खोप उपलब्ध छैन। तसर्थ यसबाट जोगिने कुरामा ध्यान दिनुपर्ने हुन्छ। प्राथमिक उपचार मुख्य रूपमा ज्वरो र न्यूरोलोजिकल लक्षणहरुका आधारमा गरिन्छ। गम्भीर बिरामीलाई अस्पताल भर्ना गर्न आवश्यक छ र भेन्टिलेटरको उपयोग को पनि आवश्यकता हुन सक्छ।

निपाह भाइरसबाट कसरी सुरक्षित रहने?
साबुन र पानीले नियमित हात धुने अभ्यास गर्नुहोस्।
बिरामी चमेरा र सुँगुरको सम्पर्कबाट बच्नुहोस्।
तरकारी, माछामासु राम्रोसँग पकाएर र फलफूल राम्रो सँग पखालेर खाने।
मासु काट्दा र पकाउँदा पन्जा र मास्कको प्रयोग गर्ने।
गाईबस्तुका गोठ र फार्म सफा राख्ने।
निपाह भाइरसबाट संक्रमित कुनै पनि व्यक्तिको रगत वा शरीरको तरल पदार्थको सम्पर्कबाट जोगिने।
ज्वरो कम नभएमा, शरीर दुखेमा, छिटै गम्भीर जस्तो अवस्था भएमा अस्पताल जानु पर्दछ।

निपाह र कोरोना भाइरसको लक्षणमा के फरक छ?
निपाह भाइरसले मस्तिष्कमा असर गर्छ र मानिसहरू छिट्टै बेहोस हुने, काँप्ने जस्ता सम्भावनाहरु देखिन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार