spot_img

काठमाडौंमा असोज ४ गतेदेखि यी ठाउँहरुमा खोप लगाइदै

काठमाडौं जिल्लामा भाइरस विरुद्धको चिनियाँ खोप (भेरोसेल)को दोस्रो डोज असोज ४ गतेदेख लगाइने भएको छ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

नेपाल अनलाइन पत्रिका – काठमाडौं।  काठमाडौं जिल्लामा भाइरस विरुद्धको चिनियाँ खोप (भेरोसेल)को दोस्रो डोज असोज ४ गतेदेख लगाइने भएको छ। पहिलो डोज भेरोसेल लगाएकाहरुलाई ४ गतेदेखि ३ दिनसम्म दोस्रो डोज खोप लगाइने स्वास्थ्य कार्यालय काठमाडौंले जानकारी दिएको छ। खोप लगाउनका लागि काठमाडौं महानगरपालिकाका सबै वडामा गरी ३२ वटा खोप केन्द्र तोकिएको छ। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

यस्तै, कीर्तिपुर नगरपालिकाका १०, चन्द्रागिरी नगरपालिकाका १५, नागार्जुन नगरपालिकाकाको १०, तारकेश्वर नगरपालिकाको ११ ठाउँमा खोप केन्द्र तोकिएको छ।

दक्षिणकाली नगरपालिकाको ९, बुढानीलकण्ठ नगरपालिकाको १३, टोखा नगरपालिकाको ११, गोकर्णेश्वर नगरपालिकाको ९, शंकरापुर नगरपालिकाको ९ ठाउँ र कागेश्वरी मनोहरा नगरपालिकाको ९ ठाउँमा खोप केन्द्र तोकिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।

काठमाडौं महानगरपालिकाको हकमा नेपाल प्रहरी अस्पताल महाराजगञ्‍ज, शसस्त्र प्रहरी अस्पताल बलम्बु, बीर अस्पताल रत्नपार्क, त्रिवि शिक्षण अस्पताल महाराजगञ्‍ज, निजामती कर्मचारी अस्पताल बानेश्‍वर, परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल थापाथली र वीरेन्द्र सैनिक अस्पताल छाउनीमा थप खोप केन्द्र तोकिएको छ।

दोस्रो डोज खोप लगाउनका लागि पहिलो डोज खोप लगाएको कार्ड देखाएर आफ्नो नजिकको खोप केन्द्रमा जान सकिने स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार