spot_img

प्रधानसेनापति शर्माले गरे नीतिबाट जर्नेल कार्कीको सरुवा, सिग्देललाई जिम्मेवारी

नेपाली सेनाका नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको नीति निर्माण गर्ने महत्वपूर्ण जिम्मेवारीमा रहेका जर्नेलको हेरफेर गर्दै आफ्नो कार्यकालको शुरुवात गरेका छन्।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपाली सेनाका नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको नीति निर्माण गर्ने महत्वपूर्ण जिम्मेवारीमा रहेका जर्नेलको हेरफेर गर्दै आफ्नो कार्यकालको शुरुवात गरेका छन्। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

प्रधानसेनापति शर्माले नेपाली सेनाको नीति तथा योजनाका प्रमुख उपरथी अनन्त कार्कीलाई सैनिक मुख्यालयभन्दा बाहिर नेशनल डिफेन्स युनिभर्सिटीमा सरुवा गरेका छन्। र, नीति तथा योजनाको प्रमुखको जिम्मेवारी उपत्यका कमाण्डका कमाण्डर उपरथी अशोक सिग्देललाई दिएका छन्। जर्नेल सिग्देलले उपत्यका कमाण्ड र नीति तथा योजना दुबैको जिम्मेवारी सम्हाल्ने छन्।

पूर्वी पृतनाको प्रमुख हुँदा तत्कालीन मुख्यमन्त्री शेरधन राईलाई अगाडि राखेर चुरोट पिउँदै गरेको फोटो र भिडियो सार्वजानिक भएपछि जर्नेल अनुशासनको विषयमा निकै विवादमा परेका थिए तर उनीको सो कार्य विवादास्पद भए पनि उनीमाथि कुनै कारवाही भएको थिएन।

अघिल्ला प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकालमा निकै शक्तिशाली मानिएका जर्नेल कार्कीलाई नेतृत्व परिवर्तन हुनेवित्तिकै सरुवा गरिएको छ ।

सरुवा गर्ने कुरा सामान्य प्रक्रियामा पर्ने भएपनि उनलाई मुख्यालयभन्दा बाहिर सरुवा गरी सो ठाउमा यसपछिका प्रधानसेनापतिको दावेदार मानिएका सिग्देललाई जिम्मेवारी दिनुलाई सेनाभित्र नयां नेतृत्वको पहिलो सन्देशका रुपमा बुझिएको छ।

रथीबृन्द काज नियुक्ति सम्बन्धमा सैनिक मुख्यालयबाट प्रकाशित सूचनाअनुसार, जर्नेल कार्कीलाई असोज १ गतेदेखि लागू हुने गरी काज सरुवा गरिएको हो। उनलाई राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय, पूर्वाधार विकास समितिको कार्यालयमा सरुवा गरिएको छ।

व्यबस्था, नीति तथा योजना महानिर्देशनलालयमा भने उपत्यका कमाण्ड हेड क्यावर्टरका कमाण्डर उपरथी अशोकराज सिग्देललाई “आफ्नो कार्यको अतिरिक्त व्यबस्था,नीति तथा योजना महानिर्देशनालयको समेत कार्यभार सम्हाल्ने गरी तोकिएको” सैनिक सूचनामा उल्लेख गरिएको छ।

त्यसैगरी सैनिक सचिव विभागमा रही राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय, पूर्वाधार विकास समितिमा रहेका उपरथी विज्ञानदेव पाण्डेलाई शोध तथा विकास महानिर्देशनालयमा काज सरुवा गरिएको छ।

प्राविधिक सहायक रथी मिलन घलेलाई बहुउदेश्य प्लाष्टिक उद्योग कार्यालयबाट सैनिक सामग्री उत्पादन निर्देशनालय र सो निर्देशनालका प्राविधिक सहायक रथी हेगेन्द्रलाल महर्जनलाई बहुउद्देश्य प्लाष्टिक उद्योग कार्यालयमा सरुवा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार