spot_img

मोदी सवार विमान, ता’लिबानको डरले अफगानिस्तानको आकाश नछोई अमेरिका गयो

अमेरिका भ्रमणका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार विमानमा त्यसतर्फ प्रस्थान गरेका छन्। तर उनको विमान अफगानिस्तानको आकाश भएर गएन। सुरक्षाका कारण यस्तो निर्णय गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

नेपाल अनलाइन पत्रिका – काठमाडौं। अमेरिका भ्रमणका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार विमानमा त्यसतर्फ प्रस्थान गरेका छन्। तर उनको विमान अफगानिस्तानको आकाश भएर गएन। सुरक्षाका कारण यस्तो निर्णय गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतबाट सीधै अमेरिका उडानका लागि पास्कितानको हवाई मार्ग प्रयोग गरेका हुन्।

अफगानिस्तान क’ब्जा गरेपछि तालिबानले गत अगस्ट १६ देखि आफ्नो हवाई मार्ग (आकाश) मा व्यावसायिक उडान प्रतिबन्ध लगाएको थियो। त्यसपछि भारत सरकारले आफ्ना हवाई सेवा कम्पनीहरूलाई अफगानिस्तानको हवाई मार्ग प्रयोग नगर्न सूचना जारी गरेको थियो।

प्रधानमन्त्री मोदीसँग विशेष विमानमा एनएसआई अजित डोभाल, विदेश सचिव हर्षवर्धन शृंगलासहित सरकारका उच्च अधिकारी अमेरिका गएका छन्। सरकारी स्रोतका अनुसार प्रधानमन्त्री मोदीको उडानका लागि पाकिस्तानको हवाई क्षेत्र प्रयोगका लागि अनुमति मागिएको थियो।

खासमा भारतबाट अमेरिका जाने हवाई रुट पाकिस्तान र अफगानिस्तान भएर जान्छ। यसपछि विमान ताजिकिस्तानको सीमास्थित नर्थ एटलान्टिक महासागरमाथि भएर उड्छ।

प्रधानमन्त्री मोदीको विशेष विमान नयाँ दिल्लीबाट सीधै अमेरिका उड्दा १५ घण्टा लाग्छ। तर अफगानिस्तानको आकाश प्रयोग नगर्दा केही समय बढी लाग्नेछ।

अमेरिकामा आयोजना हुने क्वाड शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री मोदी त्यसतर्फ गएका हुन्। त्यहाँ उनले अमेरिकाका राष्ट्रपति जो बाइडेन, अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसन र जापानका प्रधानमन्त्री योसिहिदे सुगालगायत सँग भेटवार्ता गर्नेछन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार