spot_img

माधब नेपाल यी वकिललाई मन्त्री बनाउदै, यस्तो सिरियस छ कारण !

शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन विज्ञलाई सरकारमा ल्याउने योजनाअनुरुप कानूनविद अधिवक्ता गोविन्द बन्दीलाई मन्त्री बनाउनेबारे सत्तारुढ गठबन्धनमा छलफल शुरु भएको छ ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

नेपाल अनलाइन पत्रिका – काठमाडौं। शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन विज्ञलाई सरकारमा ल्याउने योजनाअनुरुप कानूनविद अधिवक्ता गोविन्द बन्दीलाई मन्त्री बनाउनेबारे सत्तारुढ गठबन्धनमा छलफल शुरु भएको छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

अधिवक्ता गोविन्द बन्दी अन्तरराष्ट्रिय कानुनका जानकार मानिन्छन् । उनी अन्तरराष्ट्रिय समुदायले पनि पत्याएका कानूनविद हुन् । यसअघि ओली सरकारका पालामा उनलाई सत्य निरुपण तथा मेलमिलाप आयोगको प्रमुख बनाउने तयारी भए पनि उनलाई जिम्मेवारी दिइएको थिएन ।

मन्त्रिपरिषद् विस्तारको पूर्वसन्ध्यामा वरिष्ठ अधिवक्ता गोविन्द बन्दीले नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट बढाएका छन् । बुधबार मात्रै उनले माधव नेपालसँग दुई पटक भेट गरे ।नेपाल निकट स्रोतका अनुसार बन्दी नेपाललाई भेट्न बिहानै नेकपा एसको पार्टी कार्यालय पुगेका थिए । त्यस्तै बुधबार साँझ पनि उनले नेपालसँग भेट गरेका छन् ।

मन्त्रिपरिषद् विस्तारबारे गठबन्धनको बैठक साढे ५ बजेपछि बोलाइएको थियो । तर, माधव नेपाल दुई दिनदेखि जारी केन्द्रीय कमिटी बैठकलाई साढे चार बजेतिरै स्थगित गराएर निस्किएका थिए । त्यो एक घण्टाको बीचमा नेपाल र बन्दीबीच भेटघाट भएको स्रोतले बतायो ।

शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनका लागि भन्दै माधव नेपाल स्वयं उनलाई मन्त्री बनाउन चाहन्छन् । नेकपा एमाले विभाजन हुनुभन्दा अगाडि नै सत्तारुढ गठबन्धनका नेताहरुलाई एकजना कानूनी पृष्ठभूमिका गैरसांसदलाई मन्त्री बनाउन आग्रह गरेका थिए ।

उक्त कुराको जानकारी प्रधानमन्त्री एवम कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस पदाधिकारीको अनौपचारिक छलफलमा गराएका थिए। ‘माधवजीले संसद बाहिर रहेका एकजना कानूनविदलाई मन्त्री बनाउनुपर्यो भन्नुभएको छ’ भनेर देउवाले नेताहरुलाई सुनाएका थिए ।

बन्दीलाई यसअघि केपी ओली सरकारका पालामा सत्य निरुपण आयोगको अध्यक्ष बनाउन खोजिएको थियो । तर तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानेका थिएनन् । बन्दीले माओवादी नेताहरुलाई अप्ठेरो पर्ने खालका द्वन्द्वकालीन मुद्दाहरु अदालतमा लगेका कारण प्रचण्डले उनीसँग ‘कम्फरटेबल’ महशुस गरेका थिएनन् ।

तर पछिल्लो समय दुवै संसद विघटनका मुद्दामा बन्दीले ओलीविरुद्ध अदालतभित्र र बाहिर माहौल सिर्जना गरेकाले प्रचण्ड पनि उनीसँग प्रभावित भएका छन् । बन्दीको माधव नेपालसँग पारिवारिक नातासमेत छ । नेपालका सम्धी सोमप्रसाद पाण्डे र गोविन्द बन्दी साँढु दाइ-साँढु भाइ हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार