spot_img

मोदी अमेरिका पुगेपछि, कोभ्याक्सिनले अनुमति कसरी पाए भन्दै बहस सुरु

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा कम्पनीका प्रमुखसँग पनि भेट्नेछन् ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

नेपाल अनलाइन पत्रिका – काठमाडौं। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा कम्पनीका प्रमुखसँग पनि भेट्नेछन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

नरेन्द्र मोदीको यो भ्रमणको विषयमा भारतमा सोसल मिडियामा रोचक चर्चा भइरहेको देख्न सकिन्छ । कोभिड संक्रमणबाट बच्नका लागि उनले पूर्ण रुपमा भारतमा बनेको कोभ्याक्सिनको खोप लगाएका छन् ।

विश्व स्वास्थ्य संगठन अर्थात् डब्ल्यूएचओले हालसम्म कोभ्याक्सिनलाई मान्यता दिएको छैन । अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले पनि यसलाई मान्यता दिएको छैन ।

यसकारण हज्जारौं भारतीय कोभ्याक्सिनको दुबै डोज लगाएपछि पनि विदेश जान सकिरहेका छैनन् । तर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भने अमेरिका जाने अनुमति कसरी दिइयो, यो विषयमा सोसल मिडियामा असाध्यै धेरै प्रश्न तेर्सिएका छन् ।

मोदीले एक मार्चमा नयाँ दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा कोरोना भ्याक्सिनको पहिलो डोज लिएका थिए । त्यसपछि उनले अप्रिल महिनामा यो भ्याक्सिनको दोस्रो डोज लिएका थिए ।

सोसल मिडियामा प्रश्नः

भारतीय प्रधानमन्त्रीले जुन कोरोना भ्याक्सिन लगाएका छन्, त्यसको अमेरिकामा मान्यता नभएका कारण उनको विदेश यात्रामाथि मानिसहरुले प्रश्न उठाइरहेका छन् ।

चर्चित रियालिटी टिभी शो इन्डियन आइडलका निर्माता निखिल अल्वाले ट्वीट गरेर नरेन्द्र मोदीले कुन चाहिँ भ्याक्सिन लगाएका छन् भनेर प्रश्न सोधिरहेका छन् ।

उनले ट्वीट गरे, ‘प्रधानमन्त्री मोदीले झैं मैले पनि ‘आत्मनिर्भर कोभ्याक्सिन लगाएको थिएँ । इरान, नेपाल र केही सिमित देशलाई बिर्सिने हो भने म कुनै अर्को देशको यात्रा गर्न सक्दिनँ । प्रधानमन्त्री अमेरिका यात्रामा जाँदै छन् भन्ने सुन्दा म अचम्मित थिएँ । अमेरिकामा कोभ्याक्सिनको मान्यतासमेत छैन । त्यसैले उनले साँच्चै कुन चाहिँ भ्याक्सिन लगाएका थिए ?’

कांग्रेस पार्टीका सोसल मिडिया कोओर्डिनेटर विनय कुमार ढोकनियाले पनि कोभ्याक्सिन लगाएका मोदीजी अमेरिका कसरी जाँदैछन् भनेर प्रश्न उठाएका छन् । उनले निखिल अल्वाको ट्वीटमा नै लेखेका छन्, ‘प्रधानमन्त्रीले अमेरिका जाने अनुमति कसरी पाए ? त्यो पनि त्यतिबेला जब उनले जुन कोभ्याक्सिन लगाएका छन्, जुन अमेरिकामा मान्य छैन ।’

राजनीतिक पत्रकार स्वाति चतुर्वेदीले पनि ट्वीट गर्दै सोधेकी छिन्, ‘कोभ्याक्सिनलाई अमेरिकामा मान्यता छैन । यस्तोमा भारतका प्रधानमन्त्री मोदीले अमेरिका जाने अनुमति कसरी पाए ?’

मोदीलाई अनुमति किन चाहियो ?

यस्तोमा प्रश्न यो उठ्छ कि अमेरिकाले कोभ्याक्सिनको डोज लगाएका भारतीय प्रधानमन्त्रीलाई आफ्नो देशमा आउने अनुमति कसरी दिइयो होला ?

यो प्रश्नको जवाफमा अन्तरराष्ट्रिय मामिलाका जानकार शैलेन्द्र देवलाङ्करले भने, ‘भ्याक्सिनको मामिला भारतसँग मात्रै जोडिएको होइन, यो दुनियाँका विभिन्न देशसँग जोडिएको छ । सबै देशमा यो भ्याक्सिन उपलब्ध हुन सक्दैन जसलाई अमेरिकाले मान्यता दिएको छ । यस्तोमा प्रावधानमा छुट दिने गरिन्छ ।’

भारतीय प्रधानमन्त्री अमेरिकी यात्रामा शनिबार संयुक्त राष्ट्र महासभाको ७६ औं सत्रलाई सम्बोधन गर्नेछन् । यसमा संसारभरीका १९३ देशका शासन प्रमुख समावेश हुनेछन् ।

शैलेन्द्र भन्छन्, ‘जतिबेला पनि कूटनीतिक सम्बन्धको कुरा आउँछ, कूटनीतिज्ञलाई विशेष छुट दिइन्छ । यस्तै छुट यसपटक पनि दिइएको होला ।’

बीबीसी मराठीसँग कुराकानी गर्दै थुप्रै देशमा भारतका कूटनीतिज्ञ रहेका अनिल त्रिगुणयतले भने, ‘कोरोना संकटको समय हरेकका लागि नयाँ अनुभव हो । राजनीतिक संवादका लागि आयोजक देशले नियममा छुट दिन सक्छन् । यो संयुक्त राष्ट्रको बैठकका लागि पनि सम्भव छ । ’

मोदी अमेरिका जान सक्छन् तर तपाई….

मुम्बईकी नीता परब (परिवर्तित नाम) ले अमेरिकाको वासिङ्टनबाट उच्च शिक्षा हासिल गर्नु छ । उनले यसका लागि कोर्स पनि पाएकी थिइन् । तर उनले कोभ्याक्सिनको दुई डोज लगाएकी थिइन् ।

उनले भनिन्, ‘मैले कोभ्याक्सिनको दुई डोज लगाएकी थिएँ । यो भ्याक्सिनलाई न त विश्व स्वास्थ्य संगठनले मान्यता दिएको छ न नै अमेरिकाले । अब अहिले एउटै चिन्ता छ कि यो भ्याक्सिनलाई अमेरिकाले अनुमति देला त ?’

भारतमा निता परबजस्ता हज्जारौं मानिसहरु छन् जसले कोभ्याक्सिनको दुई डोज दिएका कारण आफ्नो गन्तव्यसम्म पुग्न सकिरहेका छैनन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार