spot_img

साहस उर्जाको आइपीओमा लगानीकर्ताको ओइरो, कतिले दिए अहिलेसम्म आवेदन ?

साहस उर्जाको साधारण सेयर (आइपीओ) मा लगानीकर्ताको ओइरो लागेको छ ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

ipo share nepal
ipo share nepal

नेपाल अनलाइन पत्रिका – काठमाडौं। साहस उर्जाको साधारण सेयर (आइपीओ) मा लगानीकर्ताको ओइरो लागेको छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

कम्पनीको आइपीओमा शुुक्रबार २ बजेसम्म २ अर्ब ४६ करोड ९ लाख ७६ हजार रुपैयाँको २ करोड ४६ लाख ९ हजार ७६० कित्ताको लागि १७ लाख २० हजार ४५४ जनाले आवेदन दिएको सिडिएससीले जनाएको छ ।

कम्पनीले ७० करोड रुपैयाँ बराबरको प्रतिकित्ता एक सय रुपैयाँका दरले ७० लाख कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये २ लाख १० हजार कित्ता कर्मचारीहरुका लागि, ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि र ६४ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आवेदकले असोज १० गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । उक्त अवधिमा माग बमोजिमको आवेदन नपरेको खण्डमा भने असोज २० गतेसम्म आवेदन दिन सकिनेछ ।

उक्त आइपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार