spot_img

बादलको चेतावनी प्रचण्डलाई चितवनमै ढालिदिने, छोरी रेणुको नगरमै पुगेर गरे ‘ओपन च्यालेञ्ज’

प्रचण्डले ‘बादललाई सम्झिँदा पनि मलाई एलर्जी हुन्छ’ भनेपछि प्रचण्डको गृहजिल्ला नै पुगेर बादलले गरिदिए यस्तो घोषणा, माओवादीभित्र खैलाबैला !

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

नेपाल अनलाइन पत्रिका – काठमाडौं। प्रचण्डले ‘बादललाई सम्झिँदा पनि मलाई एलर्जी हुन्छ’ भनेपछि प्रचण्डको गृहजिल्ला नै पुगेर बादलले गरिदिए यस्तो घोषणा, माओवादीभित्र खैलाबैला ! ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

नेकपा एमालेका नेता रामबहादुर थापा (बादल) ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको घोषणा गरेका छन् । चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै बादलले भने, ‘यो विषयमा पार्टीले निर्णय गरेको छैन । आगामी दिनमा पार्टीले निर्णय गरेमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ ।’

प्रचण्ड र बादल दुवै चितवनका हुन् । उनले माओवादी कार्यकर्ताहरु आफूतिर आइरहेको पनि बताए । पूर्वमाओवादी नेता बादलले भने, ‘माओवादीभित्रको अन्तरविरोध देखिराख्नु भएको छ, त्यो कुरा स्वयं प्रचण्डले नै व्यक्त गरिरहनु भएको छ, कतै म एक्लो हुने त होइन, सबै मन्त्री हुनलाई लुछाचुडी गरिराखेका छन् भन्ने अभिव्यक्ति सुनिरहनु भएको छ, त्यसको अर्थ सबै प्रचण्डको पछाडि लागेका छन् भन्ने त बुझिएन ।’

उनले सभामुख अग्नि सापकोटाको पनि आलोचना गरे । सभामुख सापकोटाले निष्पक्ष निर्णय नगरेर पार्टीको कार्यकर्ताको भूमिका निर्वाह गरिरहेको आरोप बादलले लगाए । उनले भने, ‘उहाँले (सभामुख सापकोटाले) लोकतन्त्र, विधि उल्लंघन गरिराख्नु भएको छ ।’

अहिलेको सरकार लोकतन्त्र, राष्ट्रियता र समृद्धिको विरुद्धमा लागेको आरोप उनले लगाए । अर्को एक प्रसंगमा उनले अमेरिकी सहयोग परियोजना एमसीसीलाई परिमार्जन गरेर स्वीकार गर्नुपर्ने पार्टीको धारणा रहेको बताए ।

यता हिजोमात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका थिए ।

काभ्रेमा बिहीबार आयोजित योङ कम्युनिस्ट लिग ९वाईसीएल० नेपालको पाँचखाल नगर सम्मेलनलाई सम्बोधन गर्दै दाहाले एमालेमा लागेका नेताहरुप्रति उक्त टिप्पणी गरेका हुन् ।

दाहालले भने, ‘त्यो टोपबहादुर भन्नेलाई मैले कतिचोटी मन्त्री बनाएँ । अहिले कहाँ हेर्नुस् त‘ त्यो बादल हिजोको साथी । अहिले त सम्झिँदा पनि तैट १ एलर्जी हुन्छ १ तानेर ल्याएर गृहमन्त्री, सरकारको नेतृत्व तपाईंले गर्नुस् भनेर बनाएको त माओवादीले, मैले हो नि १ हेर्नुस् । जो जति माथि आएको छ । त्यो त्यति बिग्रिएको छ । बुझ्नु होला ।’ तत्कालीन नेकपा पुरानै अवस्थामा फर्किएपछि थापा समूह एमालेमा लागेका थिए ।

दाहालले अगाडि भने, ‘तल ग्राउन्डमा बस्ने कार्यकर्ता कोही बिग्रिएका छैनन् । बिग्रिएका भनेका टाठाबाठा, चुनाव जितेका धेरैजसो छन्,’ दाहालले भने, ‘मेरो अनुभवले के देखायो भने जल्लाई धेरै मन्त्री बनाएँ त्यही सबभन्दा धेरै भगौडा । त्यही धोकेबाज । कोही कोहीलाई मन्त्री बनाएसी ठीक हुन्छ भन्ठानेको त के को हुन्थ्यो ?’

नेताहरुको प्रवृत्ति नबदल्ने हो भने पार्टी विघटन गर्नुपर्छ भन्ने धारणा पछिल्लो समय दाहालले राख्दै आएका छन् । उनले आफू पनि बिग्रिएकोले सच्चिन तयार रहेको बताए । ‘म अरुलाई धेरै भन्दिनँ । बिग्रिएको मै हुँ । अब म सच्चिन्छु । अरु को(को सच्चिने, नसच्चिने तपाईंहरु सोच्नुस्,’ उनले थपे, ‘हिजो जनयुद्धमा हामफालेँ ।

अर्कोपटक शान्ति प्रक्रियामा हामफालेँ । कहिले संविधान बनाउनमा हामफालेँ । पार्टी एकतामा हामफालियो । फेरि समाजवादी क्रान्तिका लागि म चाहिँ हामफालेँ फालेँ । तपाईंरहामी सबैले यो फटाहाले बिगार्‍यो भन्नुभन्दा, मैले के बिगारेँ भन्ने सोच्न थालियो भने त्यहींबाट रुपान्तरण सुरु हुन्छ ।’

दाहालले बाँकी जीवन समाजवादी क्रान्तिका लागि लड्ने भनाइ पुनः दोहोर्‍याए । ‘अब कति वर्ष बाँचिन्छ । ज्यान छोडेर समाजवादी क्रान्तिको निम्ति युवाहरुको नेतृत्व गर्छु म । तपाईं युवाहरुले मलाई साथ दिनपर्‍यो पहिलेजस्तै । मचाहिँ हामफालेँ फालेँ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार