spot_img

यसरी नियन्त्रण गर्नुहोस् सामाजिक सञ्जाल फेसबुकमा जथाभावी कमेन्ट गर्नेलाई

जसरी सामाजिक सञ्जालको प्रयोग तिव्र रुपमा फैलिरहेको छ यसको दुरुपयोग पनि बढ्दो क्रममा छ ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

नेपाल अनलाइन पत्रिका – काठमाडौं। जसरी सामाजिक सञ्जालको प्रयोग तिव्र रुपमा फैलिरहेको छ यसको दुरुपयोग पनि बढ्दो क्रममा छ । सामाजिक सञ्जालकै प्रयोगबाट कतिपय अपराध हुदैँ आएका छन् । यस्तोमा सबैले समयमै सचेत र सामाजिक सञ्जालको प्रयोग बारे जानकार हुन आवश्यक छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

सामाजिक सञ्जालहरुमा फेसबुक निकै लोकप्रिय छ । तर यसको सबैभन्दा ठुलो नकारात्मक पाटो भनेको यसमा गरीने खराब कमेन्टहरु हुन् । जसका कारण पोष्ट गर्ने व्यक्ति निकै तनावमा पर्ने गर्दछ ।

धेरैको फेसबुक पोष्टमा अनावश्यक र नकारात्मक कमेन्टले मानसिक तनाव दिइरहेको हुन्छ । यस्तोमा आफ्नो पोष्ट आफ्ना मात्रै साथीहरुले देख्ने वा सबैले देख्न सक्ने गरी बनाउन सकिन्छ । यतिमात्र होइने फेसबुक पोष्टमा कसले कमेन्ट गर्न पाउने वा कसले नपाउने भन्ने समेत नियन्त्रण गर्न सकिन्छ । यसकालागि के गर्ने त ?

मोबाइलमा फेसबुक लग इन गरेर आफ्नो एपमा जानुहोस् । त्यहाँ दायाँ तर्फ तीनवटा थोप्लो देखिने छ । त्यसमा क्लिक गरेर स्क्रोल गर्दासेटिङ एन्ड प्राइभेसी भेटिन्छ । अब त्यो सेटिङमा अप्सनमा जानुहोस् । त्यसको तल प्राइभेसी अन्तर्गत रहेको पब्लिक पोस्ट भेट्न सकिन्छ । त्यसको सुरुमा रहेको ‘हु क्यान फलो मि’ लाई पब्लिक बनाउनुहोस् ।

अब पब्लिक पोस्ट कमेन्टमा गएर आफ्नो पब्लिक गरेको पोस्टमा कसले कमेन्ट गर्न पाउने छनौट गर्नुहोस् । अब फेरी स्क्रोल गर्नुहोस् र पब्लिक प्रोफाइल इन्फोमा जानुहोस् । यसमा तपाईंले आफ्नो सधैं पब्लिक रहने प्रोफाइल पिक्चर, प्रोफाइल भिडियो, कभर फोटो, फिचर फोटो र बायोमा कसले पब्लिक, फ्रेन्ड्स अफ फ्रेन्ड्स वा फ्रेन्ड्स लाइक, कमेन्ट गर्न पाउने छनौट गर्नुहोस् ।

कमेन्ट नियन्त्रण गर्न
आफूले कमेन्ट नियन्त्रण गर्न चाहेको पोस्टमा जानुहोस् र त्यसको माथि दायाँ कुनामा रहेको तीन वटा थोप्लामा थिचेर भित्र जानुहोस् । त्यहाँ हु क्यान कमेन्ट अन योर पोष्ट भन्ने अप्सनमा छनोट गर्नुहोस् । त्यसभित्र रहेको पब्लिक, फ्रेन्ड्स वा आफूले मेन्सन गरेको प्रोफाइल वा पेजलाई रोज्न सक्नुहुन्छ । यसो गर्नुभयो भने जोसुकैले पनि कमेन्ट गर्न पाउने छैनन् । विभिन्न एजेन्सीको सहयोगमा

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार