spot_img

१० बुँदे विवाद, एमालेमा फेरि बल्झियो

पार्टी विभाजन रोक्न असन्तुष्ट नेताहरूसँग एमाले संस्थापन पक्षले गरेको १० बुँदे सहमति विवाद केन्द्रीय कमिटी बैठकमा सतहमा आएको छ ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

नेपाल अनलाइन पत्रिका – काठमाडौं। पार्टी विभाजन रोक्न असन्तुष्ट नेताहरूसँग एमाले संस्थापन पक्षले गरेको १० बुँदे सहमति विवाद केन्द्रीय कमिटी बैठकमा सतहमा आएको छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

पार्टीका सबै संरचनालाई माओवादी केन्द्रसँग एकता हुनुअघिको अवस्था (२ जेठ २०७५) मा फर्काउने सहमति र माओवादी छाडेर आएका नेतासँगको सहमति कार्यान्वयन नभएको भन्दै नेता प्रभु साहले फरक मत राखेलगत्तै युवा पुस्ताका नेताहरूले १० बुँदेलाई लिएर बैठक बहिष्कारसम्मको चेतावनी दिएका छन् ।

आगामी विधान महाधिवेशनमा पेस हुने विधान, राजनीतिक र संगठनिक प्रतिवेदन अनुमोदन गर्न बसेको बैठमा १० बुँदे कार्यान्वयनको माग राख्दै सो हमतिमार्फत एमालेमै फर्किएका नेताहरूले असन्तुष्टि जनाएका छन् ।

सहमतिअनुसार एमालेका अधिकांश प्रदेश र जिल्ला कमिटी २ जेठअघिको अवस्थामा फर्किए पनि सुदूरपश्चिम र बागमती प्रदेश कमिटी सो अवस्थामा फर्किन सकेका छैनन् ।

१० बुँदे सहमितिअनुसार एमालेमै रहने निर्णय गरेका ११ जना स्थायी कमिटी सदस्य र उनीहरू निकटका केन्द्रीय सदस्यले १० बुँदे हुबहु कार्यान्वयन नभए बैठकमा नबस्ने बताए पनि अध्यक्ष केपी ओलीले भने स्थायी कमिटी बैठक बसेर टुंगो लगाइने बताएको बैठकमा सहभागी एक नेताले न्युज कारखानालाई बताए ।

तर असन्तुष्ट नेताहरूले भने दुईवटा प्रदेशमा देखिएको विवाद समाधान नभए संघर्षमा उत्रने चेतावनी दिएका छन् । बैठकमा खटपट भएपछि असन्तुष्ट पक्षका नेता भीम रावलले संस्थापन पक्षका नेताहरूसँग बैठककै बीचमा सहमतिका लागि भन्दै बेग्लै छलफल थालेको ती नेताको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार