spot_img

१२ जनाको ग्याङ पक्राउ काठमाडौंको नयाँ बानेश्वर क्षेत्रवाट ! पूर्व आईजीपीको घरमा गएर यस्तो गरेछन

नेपाल प्रहरीका पूर्व आइजिपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरूको घरबाट एभोकाडो चोरेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

 

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपाल प्रहरीका पूर्व आइजिपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरूको घरबाट एभोकाडो चोरेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

नयाँ बानेश्वर संगमचोकस्थित पूर्व आइजिपी मोतीलाल बोहराको घरसहित बिभिन्न १० ठाउँबाट एभोकाडो चोरेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको हो।

अपराध महाशाखा र प्रहरी वृत्त बानेश्वरबाट खटिएको टोलीले रामेछापका सञ्जीव खड्का, हेटौंडाका २० वर्षीय राजेश राई, राजिव गुरुङ, काभ्रेका यमबहादुर तामाङ र देव तामाङसहित १२ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

यस्तै रामेछापका निरज नेपाली, काभ्रेका मिलन दुलाल, समिर तामाङ उर्फ वादशाह, सुनसरीका मोहित दाहाल, झापाका प्रदीप यादव र रामेछापका शंकर कठायत पनि पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुवेर खापुङले राति घर कम्पाउन्डमा छिरेर चोर्ने र सस्तोमा फलफूल पसलमा बेच्ने गरेको खुलेको जानकारी दिए।

काभ्रे घर भएका देव तामाङको योजनामा विगत ३ वर्षदेखि काठमाडौंका घर कम्पाउन्डबाट एभोकाडो चोरी हुँदै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। खापुङका अनुसार प्रहरीले शान्तिनगरमा सटर फुटाउँदै गरेका सञ्जीव खड्कालाई पक्राउ गरेपछि एभोकाडो चोरीको रहस्य खुलेको हो।

खड्काको गोजीमा एउटा एभोकाडो भेटिएपछि उनीमाथि अनुसन्धान गर्दै जाँदा प्रहरी चोरीमा संलग्नहरूको गिरो पक्राउ गर्न सफल भएको खापुङले बताए । बुद्धनगर, थापागाउँ, नयाँ बानेश्वर, मैतीदेवी, अनामनगर, शंखमुल, देवीनगर, नक्साल, ज्ञानेश्वर, चण्डोल र मालिगाउँस्थित घर कम्पाउन्डबाट एभोकाडो चोरी गरेको खुलेको प्रहरीले जनाएको छ।

‘बजार मूल्य प्रतिकिलो साढे तीन सयदेखि चार सय रुपैयाँ पर्ने एभोकाडो उनीहरूले डेढ सयदेखि दुई सयमा फलफुल पसलमा बेच्ने गरेका थिए । चोरीमा संलग्नहरूले राति ११ बजेपछि ५ बजेसम्म चोर्ने र बिहान ६ बजेभित्र पसलमा बेच्ने गरेको पाइएको छ।

एभोकाडो किन्ने बानेश्वर क्षेत्रका ८ ओटा फलफुल पसलेमाथि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार