spot_img

बामदेव गौतम ” मेरो यो नै अन्तिम निर्णय हो, अब कहिल्यै यता उता गर्दिन्”

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा एमालेबाट राजीनामा दिएका नेता वामदेव गौतमको राजीनामा अस्वीकृत भएको छ । शनिबारको केन्द्रीय समिति बैठकले गौतमको राजीनामा अस्वीकृत गरेको हो । आफ्ना राजीनामा अस्वीकृत भएपछि गौतमले केपी शर्मा ओलीको नेतृत्वमा बस्न नसक्ने पुनः स्पष्ट पारेका छन् ।***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

एमालेले आफ्नो राजीनामा अस्वीकृत गरेको सुनेपछि नेता गौतमले भने, ‘म एमालेमा रहन सक्दिनँ भनेको थिएँ, राजीनामा दिएपछि सकियो !’ वामदेवको राजीनामा अस्वीकृत गरियो भने भोलि उनलाई एमालेमा फर्काउन सकिन्छ कि भन्ने ओलीको दिमागमा लागेको हुन सक्ने गौतमको विश्लेषण छ । उनी भन्छन्, ‘मेरो राजीनामा अस्वीकृत गर्ने र केही गरी वामदेवलाई ल्याउन सकियो भने त्यो फिर्ता गर भन्ने केही कुरा केपी ओलीको दिमागमा आयो होला । त्यो खेल भएको हुन सक्छ ।’

नेता गौतमले गत भदौ १८ गते एमालेबाट राजीनामा दिएका थिए । राजीनामा पत्रमा उनले केपी ओलीमाथि विभिन्न १० वटा आरोप लगाउँदै एमालेमा बस्न नसकिने स्पष्ट पारेका थिए । तर, एमालेले अहिलेसम्म गौतमको राजीनामा स्वीकृत गरेको छैन ।

‘राजीनामा दिइसकेपछि त्यो राजीनामा भइहाल्यो नि । स्वीकृत गर्ने, नगर्ने कुराको कुनै मतलब हुँदैन’ नेता गौतमले भने, ‘म सिद्धान्तनिष्ठ व्यक्ति हो । विचार, सिद्धान्त यी सबै कुरामा नैतिकताको पनि सवाल आउँछ । मलाई ओलीको नेतृत्वमा त्यहाँ बसिरहन उपयुक्त लागेन ।’

राजीनामा पत्रमा आफूले ओलीमाथि १० वटा आरोपहरू लगाएको बताउँदै नेता गौतमले आफ्नो राजीनामा स्वीकृत गरे पनि नगरे पनि ओलीमाथि लगाइएका ती आरोपहरूलाई पार्टीले सुरक्षित राख्नुपर्ने बताए ।

‘मैले केपी ओलीलाई १० वटा आरोपहरू लगाएको छु । यो यो कारणले म एमालेमा रहन सक्दिनँ भनेको छु’ उनले भने, राजनीनामा स्वीकृत गर्दाखेरि पनि वा अस्वीकृत गरे पनि त्यो पार्टीको दस्तावेज हुन्छ, त्यसलाई सुरक्षित राख्नुपर्छ ।’

नेता गौतमले आफू केपी शर्मा ओलीभन्दा हरेक कुराले सिनियर भएको बताए । उनले भने, ‘म राजनीतिक व्यक्ति हुँ । केपी ओलीभन्दा अगाडिको हुँ । उमेरले पनि जेठो हुँ । पार्टीमा लागेको हिसाबले पनि जेठो हो । नेतृत्वमा पुगेको पनि केपी ओलीभन्दा धेरै पहिले हो । मैले धेरै क्षेत्रमा पार्टी निर्माण गरेको छु । यस्तो अवस्थामा उनको नेतृत्वमा त्यहाँ बसिरहन मलाई उपयुक्त लागेन । मैले केपी ओलीको नेतृत्वमा बसिरहनुहुँदैन ।’

आफूले नेकपा एमालेमा छलफलका लागि प्रस्तुत गरेका विचार र प्रस्तावहरूप्रति केपी ओलीले अरुचि देखाएको र उनी निकटस्थहरुले बोल्न नदिएपछि आफू बैठकमा जान छाडेको नेता गौतमले रातोपाटीलाई बताए ।

गौतमले भने, ‘जुन दस्तावेजहरु लगे, त्यसमा छलफलका निम्ति उनले(ओलीले) ‘इन्टरटेन’ नै गरेनन् । वामदेवले यस्तो–यस्तो विषयमा छलफल गर्न चाहनुभएको छ भन्दा पनि भनेनन् ।

मैले पछिल्लोपटक स्थायी कमिटीको बैठकमा कुरा राख्दै थिएँ, केपी ओलीका एकजना सल्लाहकार सभापति केशव बडालले ममाथि झम्टिए । मलाई बोल्नै दिएनन् । उनीहरुले यस्तो गरेका छन् र म त्यही दिनदेखि बैठकमा गएको छैन ।’

राजनीतिक व्यक्तिले पार्टी फुटाएर अर्को पनि बनाउन सक्ने गौतमले बताए । उनले भने, ‘मलाई थाहा छ कि राजनीतिक व्यक्तिले पार्टी फुटाउन सक्छन्, अर्को पार्टी बनाउन सक्छन् । तर, म अहिले भर्खरै त्यस्तो मानसिकतामा गएको छैन ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार