spot_img

‘विप्लव नेतृत्वको नेकपाबाट अझै आन्तरिक सुरक्षामा चुनौती छ’, नेपाली सेनाले विश्लेषण

मुलुकको आन्तरिक सुरक्षामा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अझै चुनौतीका रुपमा रहेको नेपाली सेनाले विश्लेषण गरेको छ ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

नेपाल अनलाइन पत्रिका – काठमाडौं। मुलुकको आन्तरिक सुरक्षामा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अझै चुनौतीका रुपमा रहेको नेपाली सेनाले विश्लेषण गरेको छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

जंगीअड्डामा भएको ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक’मा विप्लव नेतृत्वको नेकपा अझै सुरक्षा चुनौतीका रुपमा रहेको जर्नेलहरुले निष्कर्ष निकालेका हुन् ।

नेपाली सेना ‘तीन जोड एक कमाण्ड’ संरचनामा गएपछि पहिलो पटक भएको बैठकमा मूलतः सेनाको आन्तरिक सुदृढीकरणका विषयमा छलफल भए । ‘नयाँ प्रधानसेनापतिज्यूले संगठनको क्षमता अभिवृद्धि, तालिम लगायत विषयमा राय, सुझाव लिनुभयो’ सैनिक स्रोतले भन्यो, ‘त्यसबाहेक वर्तमान सुरक्षास्थितिबारे पनि छलफल भयो ।’

छलफलका क्रममा अन्तरिक सुरक्षामा विप्लव समूहबाट अझै खतरा हुनसक्ने बताइएको हो । समूहले २० फागुन २०७७ मा हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने गरी सरकारसँग समझदारी गरेको थियो ।

तर २१ फागुनमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्दको उपस्थितिमा सार्वजनिक गरिएको तीन बुँदे सहमति समूहसँग भएका हतियारबारे मौन थियो । यही विषयलाई सेनाले ‘शंकास्पद’ मानेको छ ।

‘हतियार नबुझाएका समूहबाट सुरक्षा चुनौती रहेको मूल्यांकन गरिएको छ’ जंगीअड्डा स्रोतले अनलाइनखबरसँग भन्यो, ‘विप्लव समूहलाई अझै शान्तिपूर्ण राजनीतिमा आइसकेको मानिहाल्न हतारो हुन्छ ।’

सरकारसँग भएको समझदारी अनुसार समूहका नेता कार्यकर्ता नछुटेपछि विप्लव नेतृत्वको नेकपाका नेताहरु पनि असन्तुष्ट छन् । यस्तो परिस्थितिमा समझदारी कार्यान्वयन नभए हिंसाको बाटोमा जान सक्ने चेतावनी हालै पार्टीका महासचिव विप्लवले पनि दिएका छन् ।

पोखरामा आयोजित पार्टीको भातृ संगठन अखिल क्रान्तिकारीको २२ औं सम्मेलनलाई सम्बोधन गर्दै विप्लवले सरकारले सहमति कार्यान्वयन नगरेर ‘घेरा लगाउन खोजेको भए, तोड्न तयार’ रहेको भनेका थिए ।

सरकारसँग भएको तीन बुँदे समझदारीको तेस्रो बुँदामा सरकारले नेकपामाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरुको रिहाइ तथा सम्पूर्ण मुद्दा खारेज गर्ने भनिएको थियो । कार्यकर्ताको रिहाइ र खारेजीको माग पूरा गर्न सरकारले आलटाल गरेको भन्दै विप्लवका नेताहरुले असन्तुष्टि जनाउँदै आएका छन् ।

पार्टीका शीर्ष नेताहरुले शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनिसकेपछि पनि विभिन्न नेताहरुको भेटघाटलाई जारी राखेका छन् । तर बन्दीको रिहाइमा ‘सकारात्मक नतिजा’ आइसकेको छैन । यहीबीच नेपाली सेनाले समूहले हतियार नबुझाएको विषयमा शंका व्यक्त गरेका होआन्तरिक सुदृढीकरणबारे पनि छलफल

बैठकमा अफगानिस्तानमा तालिबानको उदयले पार्न सक्ने प्रभावबारे पनि छलफल भएको स्रोतले बताएको छ । विज्ञहरुले अफगानिस्तानबाट नेपालमा शरणार्थीहरु आउनसक्ने भनेका छन् ।

सेनाले चाहिं अफगानिस्तानमा तनाव बढ्दै गए परोक्षरुपमा थप सुरक्षा चुनौती पनि सिर्जना हुनसक्ने विश्लेषण गरेको छ ।

बैठकको आरम्भमा प्रधानमन्त्री शेरबहादुर देउवाले सेनालाई अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरणको विश्लेषण गर्दै सम्बिन्धत विषयहरुमा साझा धारणा निर्माण गर्न बैठकले सहयोग गर्ने अपेक्षा गरेको बताएका थिए । उनले राष्ट्रिय सुरक्षा सुरक्षा चुनौतीको विश्लेषण गर्दै त्यसलाई सामना गर्न समय सान्दर्भिक प्रतिकारात्मक उपायको विकास गर्न पनि बैठकले भूमिका खेल्ने विश्वास लिएको बताएका थिए ।

प्रधानसेनापति प्रभुराम शर्माले स्वागत मन्तव्य दिँदै नेपाली सेना जस्तोसुकै परिस्थितिमा संविधानले दिएको जिम्मवारी पूरा गर्न तयार रहेको बताएका छन् । ‘देशमा विकसित राष्ट्रिय सुरक्षा र स्थायित्वसँग सरोकार राख्ने सबै प्रकारका गतिविधिको सम्बन्धमा नेपाली सेनाले निरन्तर अध्ययन, अनुगमन र विश्लेषण गर्दै आएको छ’ उनले भनेका छन्, ‘त्यसबाट सिर्जना हुनसक्ने सुरक्षा चुनौतीलाई सामना गर्न नेपाली सेना सदैव तयारी अवस्थामा रहेको छ ।’

बैठकको समापनमा बोल्दै प्रधानसेनापति प्रभुराम शर्माले सेनाको क्षमता अभिवृद्धिका साथै तालिम तथा कल्याणकारी योजनामा जोड दिएर उच्च मनोबलसहितको फौज निर्माण गर्ने बताएका थिए ।

बैठकमा तीन जोड एक कमाण्ड संरचनाको कार्यान्वयनको विषयमा पनि छलफल भएको स्रोत बताउँछ । स्रोतका अनुसार सेनाले अघि सारेको दीर्घकालीन सोच–२०८७ को कार्यान्वयनको विषय पनि छलफल भएको थियो ।

बैठकमा नेपाली सेनाका महानिर्देशनालय, निर्देशनालय, कार्यालय, विभागीय प्रमुख तथा कमाण्ड सेनापतिले आ–आफ्नो क्षेत्रको वर्तमान वस्तुस्थिति, कार्यसमीक्षा र सुझाव प्रस्तुत गरेका थिए ।

सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले शुक्रबार विज्ञप्ति जारी गर्दै ‘यस किसिमका बैठकहरुबाट प्राप्त हुने राय सुझावहरुले आगामी दिनमा सेनाको महत्वपूर्ण नीति तथा याेजना निर्माणमा ठोस योगदान पुर्याउने’ भनेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार