spot_img

एमाले बैठकमै तेस्रो धार नेताहरुको ‘अपमान’ !

नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा माधव नेपाल छाडेर एमालेमै रहेका मध्यमार्गी नेताहरूको अपमान भएको छ । मध्यमार्गी नेताहरुलाई बोल्ने अवसरबाट समेत बन्चित गरिएकोछ ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा माधव नेपाल छाडेर एमालेमै रहेका मध्यमार्गी नेताहरूको अपमान भएको छ । मध्यमार्गी नेताहरुलाई बोल्ने अवसरबाट समेत बन्चित गरिएकोछ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

शुक्रबारबाट जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत प्रतिवेदनमाथि १० वटा समूह बनाएर गरिएको छलफलको निष्कर्ष सुनाइदा नेपाल छोडेर आएका नेताहरुलाई कुनै अवसर नदिइ बन्चित गरिएको छ ।

शनिबार ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा बसेको बैठकमा समूहगत छलफल सकिए पनि प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह बनाएर समूहगत छलफल प्रारम्भ गरिएको थियो । तर १० वटा समूहमा नेपाललाई छाडेर आएका नेताहरुलाई समेटिएको छैन् ।

शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल सुरु भएको थियो ।

तर दशवटै समूहको टोली नेता चयन गर्दा नेपाल छाडेर आएकाहरुलाई बन्चित गरिएको बैठकमा सहभागि एक नेताले बताए । टोली नेतामा सबै केपी शर्मा ओली निकट नेताहरु मात्र राखिएको छ ।

जस अनुसार प्रदेश १ बाट हिक्मत कार्की, प्रदेश २ बाट रामचन्द्र मण्डल, बागमतीबाट आनन्द पोखरेल, गण्डकीबाट जगत विश्वकर्मा, लुम्बिनीबाट दलबहादुर राना र कर्णालीबाट यमलाल कँडेल टोली नेता चयन भएका छन्।सुदूरपश्चिमबाट कर्ण थापा, उपत्यका विशेषबाट माधव ढुंगेल र जनवर्गीय संगठन तथा विभागहरुबाट खिमलाल भट्टराईले चयन भएका छन् ।

नेकपा एमालेका उपाध्यक्षत्रय भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसालले नेता नेपालको साथ छाडेर ओलीसँगै पुगेका छन् ।त्यस्तै सचिवहरु गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र अनुशासन आयोगका प्रमुख अमृत बोहराले नेपाल समूह छाडिसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार