spot_img

केही दिन अघि मात्रै नयाँ पार्टी खोलेका माधव नेपाल यस्तो काण्डमा मुछिए, प्रमाण नै बाहिरिएपछि कोटेश्वरमा तनाव !

अध्यादेशको बलमा नेकपा एमाले फुटाएर केही दिन अघि मात्रै नेकपा एकीकृत समाजवादी गठन गरेका माधवकुमार नेपाल किर्तेकाण्डमा मुछिएका छन् ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

नेपाल अनलाइन पत्रिका – काठमाडौं। अध्यादेशको बलमा नेकपा एमाले फुटाएर केही दिन अघि मात्रै नेकपा एकीकृत समाजवादी गठन गरेका माधवकुमार नेपाल किर्तेकाण्डमा मुछिएका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

नयाँ पार्टीको नेतृत्वकर्ता समेत रहेका नेपालको निर्देशनमा कर्मचारीका नेता भनेर चिनिएका भोला पोखरेल, मोहन घिमिरे र रेवन्त गौतम लगायतले मृत्यु भैसकेका र उपसचिव रहेका कर्मचारीको नाम राखेर नेपाल निजामति कर्मचारी संगठनको घोषणा गरेका हुन् ।

नेकपा एमालेको शुभेच्छुक संगठनको रूपमा पेशागत महासंघमा आवद्ध रहेको नेपाल निजामति कर्मचरी संगठनमा लोपोन्मुख गुट चलाइरहेका भोला पोखरेल र मोहन घिमिरे लगायतले आफ्नो बहुमत नपुग्ने भएपछि मृत्यु भएका कर्मचारी र उपसचिव समेत भैसकेका कर्मचारीको समेत नाम राखेर संगठनमा आफ्नो बहुमत रहेको भन्दै झ्याली पिट्ने कोशिश गरेका छन ।

माधव नेपालले कर्की ब्यांकेटबाट आफूलाई नेकपाको अध्यक्ष घोषणा गरेकै शैलीमा उनी निकटका रेवन्त गौतम र मोहन घिमिरेले आफूलाई आफैँ अध्यक्ष भएको घोषणा गरेको र त्यसको कुनै अर्थ नभएको नेपाल निजामति कर्मचारी संगठनको अधिवेशन आयोजक कमिटीका अध्यक्ष केदार देवकोटाले बताए ।

देवकोटाका अनुसार संगठन भित्र निकै कम संख्यामा रहेका उनीहरूले अन्य कर्मचारीको नेताको हस्ताक्षर नै कीर्ते गरेर संगठनमा आफूले आफैँलाई अध्यक्ष घोषणा गरेपछि हस्ताक्षर कीर्ति गरिएकाहरूले आफ्नो हस्ताक्षर कीर्ते भएको सूचना सम्बन्धित निकायमा दिएका छन ।त्यसरी सूचना दिनेमा कर्मचारी नेता देवेन्द्र ढकाल लगायतका रहेका छन् ।

मोहन घिमिरेको समूहले माइन्युट कब्जा गरी कीर्ते हस्ताक्षर गरेका मध्ये ४९ जनाले आफूहरूको हस्ताक्षर कीर्ते भएको भन्दै सामूहिक विज्ञप्ति समेत जारी गरिसकेका छन ।

मोहन घिमिरेले कीर्ते हस्ताक्षरकै प्रयोग गरी आफू निजमति कर्मचारीहरूको आधिकारीक संगठन सिबिएको अध्यक्ष भएको स्वघोषणा गरेका छन भने रेवन्त गौतमले सोही कीर्ते हस्ताक्षर प्रयोग गरेर आफूसंगठनको अध्यक्ष भएको दाबी गरेका छन् ।

त्यस्तै उनीहरूले चार महिना अघि कोरोनाका कारण निधन भएका प्रधानमन्त्री कार्यालयका कर्मचारी स्वर्गीय कृष्ण भुजेलको समेत कीर्ते हस्ताक्षर प्रयोग गरेको नेपाल निजामति कर्मचारी संगठनकी उपाध्यक्ष भवानी दाहालले जानकारी दिइन ।

माधवकुमार नेपालले नेकपा एसले शिक्षक र कर्मचारीका लागि पार्टीको सदस्यता नबाँड्ने भनेर सस्तो प्रचार गराएपनि कर्मचारीको संगठन बनाउने तयारी गरिरहेको छ ।

यद्यपी पूर्व एमालेका शुभेच्छुक कर्मचारी मध्ये थोरै प्रतिशतले मात्र त्यसमा सहभागिता जनाउने बताएका छन । धेरै कर्मचारी नेताहरू नेपाल निजामति कर्मचारी संगठनको भेलामा सहभागी भैसकेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार