spot_img

बनायो सिरियस जनार्दनको यो एक वाक्यले देशभरका माओवादी नेताकार्यकर्तालाई !

अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका चर्चित नेता जनार्दन शर्माले माओवादी पार्टी विघटन हुनुको कारणले देशभरका पार्टी नेताकार्यकर्तालाई सिरियस बनाएका छन् ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

नेपाल अनलाइन पत्रिका – काठमाडौं। अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका चर्चित नेता जनार्दन शर्माले माओवादी पार्टी विघटन हुनुको कारणले देशभरका पार्टी नेताकार्यकर्तालाई सिरियस बनाएका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

आज चौंरीदेउराली–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले प्रचण्डपथ छाडेदेखि पार्टीमा विघटन सुरु भएको दाबी गरे ।

मन्त्री शर्माले विचारको केन्द्रीकरणको महत्त्व अहिले आएर बुझेको बताएका छन् । मन्त्री शर्माले भने, ‘हामीले प्रचण्डपथ जुन दिन छोड्यौं, त्यो दिनबाट पार्टीमा विघटन सुरू भयो, गुटबन्दी सुरू भयो ।

अनेक–अनेक समस्यामा पार्टी गयो । विचारको केन्द्रीकरण, संश्लेषणको कति महत्त्व हुने रहेछ भन्ने कुरा आज आएर हामीले बुझेका छौं ।’ पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नामबाट स्थापित प्रचण्डपथमा नाम मात्रै नजोडिएर त्यसमा उत्पीडित वर्गको भावना पनि जोडिएको शर्माले बताए ।

‘हामीले जनयुद्धका बेलामा विचार केन्द्रित गरेका थियौं । प्रचण्डपथ निर्माण गरेका थियौं । प्रचण्डपथभन्दा प्रचण्डको नाम जोडिएको थियो । त्यो नाम जोडिएको कुरा मात्रै होइन,

नेतृत्वमा उहाँ रहेको कारण उहाँको नाम जोडियो,’ मन्त्री शर्माले भने, ‘त्यसभित्र हामीले आमउत्पीडित जनताको भावना, पछाडि परेका सबैको भावना जोडेर सामन्तवादविरुद्ध प्रस्टरूपमा प्रहार गरेका थियौं ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार