spot_img

१० सांसद एकिकृत समाजवादीमै फर्किने , स्वागतको तयारी हुँदै !

विधान महाधिवेशन तयारी बैठक चलिरहँदा नेकपा (एमाले)मा एकताका लागि प्रस्ताव गरिएको १० बुँदे प्रस्तावको इमानदारीपूर्वक कार्यान्वयन नभएको भन्दै तेस्रो धारको असन्तुष्टि चुलिएको छ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

नेपाल अनलाइन पत्रिका – काठमाडौं। विधान महाधिवेशन तयारी बैठक चलिरहँदा नेकपा (एमाले)मा एकताका लागि प्रस्ताव गरिएको १० बुँदे प्रस्तावको इमानदारीपूर्वक कार्यान्वयन नभएको भन्दै तेस्रो धारको असन्तुष्टि चुलिएको छ। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

विधान महाधिवेशनमा पेस गरिने प्रतिवेदन मस्यौदामाथि छलफल गर्न पार्टी केन्द्रीय कमिटी बैठक बसिरहँदा नेताहरूले बैठक बहिस्कार गर्ने चेतावनी दिएका छन्।उनीहरूले एकता प्रस्तावको अक्षरशः पालना र विधान महाधिवेशनमा प्रतिनिधि छनोटबारे प्रस्ट धारणा नबन्दासम्म बैठकमा नबस्ने चेतावनी दिएका हुन्।

विधान महाधिवेशनको पूर्व तयारीस्वरुप विभिन्न दस्ताबेजमाथि छलफल गर्न शुक्रबारबाट सुरु भएको छ। शुक्रबारको एमाले बैठकमा तीन वटा दस्ताबेजमा समूहगत छलफल गर्न दशवटा समूह बनाइएको छ।

तर तेस्रो धारका १० नेता निकटका केन्द्रीय सदस्यहरूले एकता प्रस्ताव कार्यान्वयनको ग्यारेन्टी र विधान महाधिवेशनमा छनोट हुने प्रतिनिधिबारे स्पष्ट नभएसम्म कुनै पनि बैठकमा सहभागी नहुने अडान राखेका छन्।

बैठकमा सुरुमा झपट रावल, भानुभक्त जोशीलगायतका नेताहरूले यस्तो दबाब दिए। तेस्रो धारका नेता घनश्याम भुसालले समेत सहमति जनाएका नेताहरूले बताए।यसअघि एमालेमा संस्थापन पक्ष र तेस्रोधारविच १० बुँदे सहमति भएको थियो। बैठकमा १० बुँदेको कुरा उठेपछि तेस्रो धारका नेता भीम रावल र ओली निकट मानिएका सचिव प्रदीप ज्ञवालीबिच छलफल भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

ट्रेन्डिङ समाचार

ताजा समाचार