spot_img

यस्तो गभिर प्रश्न ओलीले खडा गरेपछि, यी नेताले बैठकबाटै कुलेलम ठोके !

शुक्रबारदेखि च्यासलमा जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा ओलीसमूहमै विभाजन देखिएको छ ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

नेपाल अनलाइन पत्रिका – काठमाडौं। शुक्रबारदेखि च्यासलमा जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा ओलीसमूहमै विभाजन देखिएको छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

बैठकमा पार्टी स्थायी कमिटी सदस्य रघुवीर महासेठले टोली नेतालाई नै बोल्न रोकेपछि तनावको अवस्था बनेको बताइएको छ । महासेठकै सहमतिमा बनाइएका टोली नेता रामचन्द्र मण्डललाई बोल्न रोकेपछि तनाव देखिएको हो ।

प्रदेश २ बाट समूह छलफलको निष्कर्ष सुनाउने टोली नेता चयन भएका मण्डललाई महासेठले बोल्न नदिएको विषयमा शीर्ष नेताहरूले नै आपत्ति जनाएको छन् । महासेठको उक्त हर्कतपछि अध्यक्ष केपी शर्मा ओलीले समेत रघुवीरको निर्णय निरङ्कुश र विवेकशून्य भएको बताएका छन् । नेता महासेठ अध्यक्ष ओलीका अत्यन्त निकट मानिन्छन ।

मण्डललाई महासेठले बोल्न नदिइएको विषय गम्भीर रुपमा लिइने नेतृत्वले नै बताएका छन् । अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल तथा उपमहासचिव एवम् संगठन विभाग प्रमुख विष्णु पौडेलले रघुवीरलाई सचेत गराउने बताएका छन् ।

समूहगत छलफलमा प्रदेश २ का केन्द्रीय सदस्यहरुले मण्डललाई टोली नेता र निर्मला देवकोटालाई उपनेता बनाएका थिए । त्यस्तै सरोज यादव र बद्री मैनालीलाई बहस नोटका जिम्मा दिइएको थियो ।

बैठकको सुरुवातमा प्रदेश अध्यक्ष ज्वालाकुमारी शाहलाई टोली नेता बनाउने कुरा उठे पनि महासेठले नै धनुषा इन्चार्ज रामचन्द्र मण्डललाई बनाउन सुझाव दिएका थिए ।

ज्वाला र रामचन्द्र दुवैजना माओवादीबाट नेकपा एकता प्रक्रियासँगै एमाले भएका हुन् । समूहगत छलफलको टिपोट सकिएर शनिवार निर्णय सुनाउने क्रममा अन्तिममा रघुवीरले के के बन्यो खोइ भन्दै टिपोट मागेर हेरेपछि कुरा बिग्रिएको थियो ।

अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमा शुरुकै पहिलो बुँदामै यो पार्टी नेकपा एकताको निरन्तरता हो भनेर लेखेकोमा धन्यवाद लेखिएको र अब १० बुँदे कार्यन्वयनसँगै जेठ २ को एमालेका संरचनाहरु फर्किदा नेकपा एकताका बेला तत्कालीन माओवादीका जिम्मेवारी पनि यथावत हुनुपर्छ । भनेर लेखिएको थियो । उक्त बुँदा नै महासेठलाई मन नपरेको बताइएको छ ।

उनले लेखेको उक्त बुँदा अनुसार हुनेहो भने महासेठको प्रदेश इन्चार्ज पद नरहने भएपछि उनले त्यो काट्न लगाएका थिए । काट्न कसैले नमानेपछि विवाद सुरू भएको थियो । त्यसपछि फायर भएका महासेठले तपाई चुप लाग्नुस्, यो विषयमा नाबोल्नुहोला भन्दै झपारेका थिए । महासेठले झपारेपछी मण्डलले ठीक छ त्यसो भए म बोल्दिन भनेका थिए ।

त्यसपछि निर्णय सुनाउनका लागि महासेठले अन्य नेताहरूको खोजी गरेका थिए । महासेठले सरोज यादव, टेकवहादुर बलम्पाकी लगायतलाई बोल्न भने । तर नेतालाई अपमान गरिएको भन्दै कोही बोल्न मानेका थिएनन् ।

अन्तिममा बोल्ने समय मागेर रामचन्द्र मण्डल उठेर बोल्न थाले । उनले आफूलाई टोली नेता भएर पनि बोल्न नदिइएको भन्दै यस्तो भयो भने पूर्व माओवादीको संरक्षण कसले गर्ने रु भन्ने भाबुक प्रश्न गरे ।

उनले पार्टी अध्यक्षले दस्तावेजमै नेकपा एकता प्रक्रियाको निरन्तरता भनेको भन्दै पूर्व माओवादीलाई कोटा नछुट्याउने हो भने महाधिवेशन प्रतिनिधि नै आउन नसकिने अवस्था रहेको बताएपछि सन्नाटा छाएको थियो ।

रामचन्द्र मण्डलको कुरा सुनेपछि गम्भीर बनेका अध्यक्ष ओलीले उनको कुरा बुझ्न खोज्दा महासेठ बैठक छाडेर भागिसकेका थिए । प्रदेश २ बाट एमाले स्थायी कमिटीमा रघुवीर महासेठ र सत्यनारायण मण्डल छन् । तर दुवै नेताको शैली ठीक नभएको भन्दै युवा केन्द्रीय सदस्यहरुले प्रदेश २ को सन्दर्भमा विचार गर्न र माथिल्लो तहबाट पदाधिकारीलाई नै इन्चार्ज बनाउन सुझाव दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार