spot_img

१८ वर्षे किशोरीलाई आफ्नै प्रेमले मारे

शव फेला परेको तीन दिनपछि ती किशोरीको हत्या गरेको आरोपमा फुङ्लिङ नगरपालिका १० फुरुम्बुका २४ वर्षीय रामकुमार कार्कीलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

lover killed girlfriend

नेपाल अनलाइन पत्रिका – काठमाडौं। ताप्लेजुङकी एक किशोरीको माया प्रेमका कारणले ज्यान गएको प्रहरीकले जनाएको छ । शव फेला परेको तीन दिनपछि ती किशोरीको हत्या गरेको आरोपमा फुङ्लिङ नगरपालिका १० फुरुम्बुका २४ वर्षीय रामकुमार कार्कीलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

तीन दिनअघि अर्थात् गएको शुक्रबार बिहान फुङ्लिङ नगरपालिका ७ दोखुको सेती चौतारा नजिक निगाले भीरमा १८ वर्षीया पुष्पा तबेबुङ लिम्बूको शव फेला परेको थियो । जिल्लाको फक्ताङ्लुङ गाउँपालिका ३ लिङ्खिम घर भई हाल सदरमुकाम फुङ्लिङको बिहीबारे टोलमा डेरा गरी बस्दै भएकी पुष्पाको शव शंकास्पद अवस्थामा फेला परेपछि सोहीअनुसार प्रहरीले घटनाको अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।

पीडित परिवारले समेत पुष्पाको हत्या भएको र हत्यामा संलग्नता हुन सक्ने भन्दै पक्राउ गरी अनुसन्धान गर्न भनी ती युवकमाथि नै किटानी जाहेरी दिएका थिए । पीडित परिवारको किटानी जाहेरी र घटनाको अनुसन्धानको क्रमसँगै पक्राउ परेका युवकले आफैँले हत्या गरेर शव फालेको स्वीकारेपछि प्रहरीले उनलाई सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार हत्या आरोपी कार्की र किशोरीबीच आठ(नौ महिनादेखि प्रेम सम्बन्धसँगै शारीरिक सम्बन्धसमेत भएको थियो । विवाहको प्रसंग उठाउँदा अस्वीकार गरेपछि विवाद हुँदा किशोरीको हत्या गरेको कार्कीले प्रहरी समक्ष बयान दिएका छन् । लामो समयदेखि नै आफूलाई गाली गलोज गर्ने तथा अनावश्यक तनाव दिने गरेका कारण योजनामै हत्या गरेको कार्कीको बयान रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यता, घटना भएको सुरुकै दिनदेखि आफन्तले भने पुष्पाको हत्या भएको र हत्यामा संलग्नलाई पक्राउ नगरेसम्म शव जिम्मा नबुझ्ने बताउँदै आएका थिए । आइतबार बिहान मात्र पीडित परिवारले सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गर्दै घटनाको सत्यतथ्य पत्ता लगाउनमा प्रहरी प्रशासन उदासीन भएको आरोप लगाएका थिए । आफूहरूले आशंका गरेका व्यक्तिविरुद्ध सुरुमै किटानी जाहेरी दिँदासमेत प्रहरीले बेवास्ता गरेको पनि उनीहरूको गुनासो थियो ।

हत्या गरिएकी पुष्पाका बुबा वीरबहादुर लिम्बूले छोरीको हत्या नै भएको आशंकामा किटानी जाहेरी दिएको र घटनामा संलग्नलाई पक्राउ नगरेसम्म न्यायका लागि आन्दोलित हुने साथै महिनौँ दिनसम्म पनि शव नबुझ्ने पत्रकार सम्मेलनमा बताएका थिए । प्रहरीको उदासीनता वा बेवास्ताले पीडित परिवारलाई थप पीडा र उत्तेजनामा पुर्‍याएकाले घटनाको सत्यतथ्य पत्ता लगाउन अधिकारकर्मी, संचारकर्मीसमेतलाई सहयोग गर्न उनले आग्रह गरेका थिए ।

हत्या आरोपी सार्वजनिक गरेपछि आफन्तले शव बुझेका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । ताप्लेजुङ जिल्ला अस्पतालमा शव पोस्टमार्टम गरी परिवारलाई बुझाएको प्रहरी नायव उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए । प्रनाउ राणाका अनुसार जिल्ला अदालतबाट म्याद थपेर आरोपी उपर थप अनुसन्धान कार्य अगाडि बढाइएको छ ।

किशोरी डेरा बसेर सदरमुकाम फुङ्लिङकै भानुजन माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्दै थिइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार