spot_img

दूधकाे विश्व रेक, दुई लाखमा किनेको भैँसी ८१ लाखमा बिक्री

सबैभन्दा धेरै दूध दिएर विश्व रेकर्ड राखेको भारतको एक भैँसी भारु ५१ लाख (नेपाली ८१ लाख ६० हजार) मा बिक्री भएको छ। हरियाणाका किसान सुखवीर सिंहले पालेको मुर्रा जातको भैँसी सोमबार यति ठूलो मूल्यमा बिक्री भएको हो।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

buffalo

नेपाल अनलाइन पत्रिका – काठमाडौं। सबैभन्दा धेरै दूध दिएर विश्व रेकर्ड राखेको भारतको एक भैँसी भारु ५१ लाख (नेपाली ८१ लाख ६० हजार) मा बिक्री भएको छ। हरियाणाका किसान सुखवीर सिंहले पालेको मुर्रा जातको भैँसी सोमबार यति ठूलो मूल्यमा बिक्री भएको हो। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

सरस्वती नाम दिइएको उक्त भैँसीले ३३.१३१ किलो दूध दिएर एक पाकिस्तानी भैँसीको धेरै दूध दिने विश्व रेकर्ड तोडेको थियो। यसअघि पाकिस्तानी कृषकले पालेको भैँसीले ३२.०५० किलो दूध दिएर विश्व रेकर्ड राखेको थियो।

सरस्वती भैँसी लुधियानाका पवित्र सिंहले खरिद गरेका छन्। कुनै समय एक करोड रुपैयाँमा पनि बिक्री नगरेका सुखवीरले भैँसी चोरिने डर भएपछि ८१ लाख ६० हजारमा बिक्री गरेका हुन्।

भैँसी बेच्नुअघि किसानले एउटा कार्यक्रम राखेका थिए। जसमा राजस्थान, युपी, पञ्जाबलगायतका ठाउँबाट करिब ७ सय किसान सहभागी भएका थिए। सुखवीरका अनुसार उनले चार वर्षअघि बरवाला जिल्लाको खोखा गाउँका किसान गोपीरामबाट उक्त भैँसी २ लाख ८ हजारमा खरिद गरेका थिए।

किसान सुखवीर सिंहका अनुसार सरस्वती भैँसीले गत वर्ष २९.३१ किलो दूध दिएर हिसार क्षेत्रमा आयोजित एक प्रतियोगितामा प्रथम पुरस्कार हासिल गरेको थियो। हिसारको सेन्ट्रल इन्स्टिच्युट अफ बफेलो रिसर्चको कार्यक्रममा पनि २८.७ किलो दूध दिएर पुरस्कार जितेको थियो।

हरियाणा पशुधन विकास बोर्डको आयोजनामा भएको कार्यक्रममा समेत उक्त भैँसीले २८.८ किलो दूध दिएर पुरस्कार जितेको थियो। पछिल्लो पटक केही दिनअघि लुधियानाको जगरांवमा आयोजित डेरी एण्ड एग्रो एक्स्पोमा भाग लिँदा सरस्वती भैँसीले ३३.१३१ किलो दूध दिएर भारु. दुई लाख (ने.रु.३ लाख २० हजार) नगद पुरस्कार जितेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार