spot_img

अचानक ११ जना प्रहरी कहाँ हराए ? प्रधान कार्यालयले जारी गर्यो यस्तो सूचना

जनताको सेवा गर्ने नेपाल प्रहरीका केही अधिकारीहरु नै सम्पर्क विहिन भएपछि प्रहरी कार्यालयले सम्पर्कमा आउन सूचना जारी गरेको छ । उनीहरु गत साउन महिनादेखि सम्पर्कमा छैनन् ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

nepal police

नेपाल अनलाइन पत्रिका – काठमाडौं। जनताको सेवा गर्ने नेपाल प्रहरीका केही अधिकारीहरु नै सम्पर्क विहिन भएपछि प्रहरी कार्यालयले सम्पर्कमा आउन सूचना जारी गरेको छ । उनीहरु गत साउन महिनादेखि सम्पर्कमा छैनन् । तीन महिना देखि सम्पर्कमा नरहेका ११ जनालाई प्रहरी प्रधान कार्यालयले सात दिनभित्र सम्पर्कमा आउन सूचित गरेको छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

प्रहरी प्रधान कार्यालय नक्शालले एक सूचना सार्वजनिक गर्दै गैरहाजिर भएकाहरुको नामावली आइतबार सार्वजनिक गरेको छ । उनीहरुलाई बाटोको म्याद बाहेक एक साता भित्र हाजिर हुन निर्देशन दिएको छ । तोकिएको अवधिभित्र सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी दिइएको छ ।

आफूखुसी कार्यालय नआउने गैर जिम्मेजार प्रहरीलाई प्रहरी कार्यालयले यस्तो चेतावनी दिएको हो । जिल्ला प्रहरी कार्यालय बर्दिया दरबन्दी भएका प्रहरी नायव निरीक्षक चन्दरदेव जोशी लगायत ११ जना छन् । कैलालीको गोदावरी घर भएका जोशी गत साउन २४ गतेदेखि सम्पर्कमा नरहेको सूचनामा उल्लेख छ ।

यसैगरी प्रहरी हबल्दारहरु हरिभक्त राई, शिवबहादुर जर्गामगर, सुमन भण्डारी, खगेन्द्र थापामगर, बिरबहादुर भण्डारी, विनोद बुढाक्षेत्री, अनिल कुमार गुरुङ, पदम बहादुर थापा श्रीस, डम्बर दियाल पनि सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार