spot_img

कोको हुन् अफगानिस्तान युद्धबाट अरबौं डलर कमाउनेहरु ?

अफगानिस्तानमा अमेरिकी सेनाले आफ्नो सबेभन्दा लामो र खर्चिलो लडाइँ लड्यो ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

Fight

नेपाल अनलाइन पत्रिका – काठमाडौं। अफगानिस्तानमा अमेरिकी सेनाले आफ्नो सबेभन्दा लामो र खर्चिलो लडाइँ लड्यो । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

यो लडाइँको अन्त्य ३० अगष्टमा भयो जब अन्तिम अमेरिकी विमानले काबुल छोड्यो । ब्राउन युनिभर्सिटीको ‘कस्ट अफ वार’ प्रोजेक्टका अनुसार यो युद्धको अमेरिकी खजानामा २३ खर्ब डलर बोझ पर्यो ।

अफगानिस्तानबाट अमेरिका फर्किएपछि तालिबानको बढ्दो शक्ति, देशमा कब्जा र भागदौडको माहोललाई कैयौं विशेषज्ञले अमेरिकाको हार भने । तर, केही व्यक्तिहरुको लागि यो भलै हारेको लडाइँ हुन सक्छ तर कैयौंको लागि यो नाफाको व्यवसाय भयो ।

सन् २००१ देखि २०२१ सम्म यो युद्धमा खर्च भएको २३ खर्ब डलरमा करिब १०.५ खर्ब डलर अफगानिस्तानमा रक्षा मन्त्रालयको अभियान पूरा गर्न खर्च गरियो । यो राशीको ठूलो हिस्सा ती निजी कम्पनीहरुको सेवामा खर्च गरियो जसले अफगानिस्तानमा अमेरिकी अभियानलाई सहयोग गरेका थिए ।

युनिभर्सिटी अफ क्यालिफोर्नियाको केनेडी स्कुल अफ गभर्नेन्सकी प्रोफेसर लिंडा बिल्म्स भन्छिन् ‘यो लडाइँमा अमेरिकी सैनिकको संख्या निकै धेरै थिएन । सबै स्वयंसेवक सैन्य ठेकेदारले उपलब्ध गराएका थिए । अमेरिकी सैनिकको तुलनामा त्यहाँ ठेक्कामा काम गर्नेहरुको संख्या दुई गुणा थियो ।’

लिंडाले बबिीसी मुंडोलाई बताएअनुसार अफगानिस्तान पठाइने सैनिकहरुको संख्या राजनैतिक रुपमा सीमित गरिएको थियो र यही आधारमा ठेकेदारहरुको संख्या पनि तय गरिन्थ्यो । उनी भन्छिन् ‘त्यहाँ ठेकेदारहरु कैयौं किसिमका काम गर्थे । हवाइजहाजमा इन्धन भर्ने, ट्रक चलाउने, खाना बनाउने, सफाइ गर्ने, हेलिकप्टर चलाउने र सबै किसिमका उपकरण र सामग्री ल्याउने लैजाने काम उनहिरु गर्थे । उनीहरु सैन्य अड्डा, हवाइ अड्डा, रनवे आदिको निर्माण पनि गर्थे ।’

यी ५ कम्पनीलाई सबैभन्दा धेरै फाइदा

अमेरिका र अन्य देशका १०० भन्दा धेरै कम्पनीहरुलाई अफगानिस्तानमा सबै किसिमका सेवाहरुको लागि अमेरिकी रक्षा मन्त्रालयले ठेक्का दिएको थियो । यीमध्ये केही कम्पनीले अरबौं डलर पनि कमाए । ‘२० इयर्स अफ वार’ प्रोजेक्टकी निर्देशक हेदी पेल्टियर ‘कस्ट अफ वार’ प्रोजेक्टकी पनि सदस्य हुन् । उनले बीबीसी मुंडोलाई बताएअनुसार कुन कम्पनीलाई सबैभन्दा धेरै फाइदा भयो भन्ने प्रस्ट पार्ने कुनै आधिकारिक तथ्यांक छैन । तर, उनले प्रोजेक्टको अनुमान बीबीसीसँग साझा गरिन् जुन अनुमान अहिलेसम्म प्रकाशित भएको छैन ।

यो अनुमान अमेरिकी सरकारको वेबसाइट युएसएस्पेन्डिङ डट जीओभीमा उपलब्ध डाटाको समीक्षाको आधारमा तयार गरिएको हो । यो डाटाले अमेरिकी सरकारको खर्चको आधिकारिक जानकारी दिन्छ जो २००८ को वित्तिय संकटपछि तयार गरिएको हो । हेदी पेल्टियर भन्छिन् ‘यी आंकडा मुख्य रुपमा २००८ देखि २०२१ सम्मको अवधिमा आधारित छन् । यद्यपि केही प्रोजेक्ट २००८ भन्दा पहिलेका हुन् । यस्तोमा २००१ देखि हेर्ने हो भने असल आंकडा अझै बढी हुन सक्छ ।

यी अनुमानका अनुसार अफगानिस्तानमा अमेरिकाका शीर्ष तीन ठेकेदार कम्पनीहरु डाइनकर्प, फ्लुअर र केलग ब्राउन एण्ड रुट (केबीआर) हुन् । यी कम्पनीहरुलाई यी ठेक्का ‘लजिस्टिक इन्क्रिज प्रोग्राम विद सिभिलियन पर्सनल’ (लगक्याप) को एक हिस्साको रुपमा दिइएको थियो । हेदी पेल्टियर भन्छिन् ‘लगक्याप वहुवर्षीय व्यापक ठेक्का हुन् जो लजिस्टिक्स, प्रबन्धन, परिवहन, उपकरण र हवाइ जहाजको हेरचाह र सहयोगमा कैयौं सेवाको अवसर दिन्छन् ।’

डाइनकर्प

डाइनकर्पका कैयौं काममध्ये एक अफगानिस्तानको पुलिस र नशारोधी बललाई उपकरण र प्रशिक्षण उपलब्ध गराउने थियो । हमिद कारजाइ अफगानिस्तानका राष्ट्रपति हुँदा कम्पनीले उनलाई बडीगार्ड पनि उपलब्ध गराउँथ्यो । हेदी पेल्टियरको गणनाअनुसार डाइनकर्पले १४.४ अर्ब डलरको ठेक्का पायो जसमा लगक्यापको ७.५ अर्ब डलर पनि जोडिएको छ । डाइनकर्पलाई हालै अमेन्टम कन्सर्सियमले अधिकृत गरेको छ ।

डाइनकर्पका प्रवक्ताले बीबीसी मुंडोको प्रश्नमा आफ्ना गतिविधिबारे भने ‘२००२ पछि डाइनकर्प इन्टरनेशनलले आफ्ना सरकारी ग्राहक र अफगानिस्तानमा उनीहरुका सहयोगीहरुसँग काँधमा काँध मिलाएर काम गर्यो ।’ प्रवक्ताले एक निजी कम्पनी भएका कारण आफूहरुले ठेक्काको र अन्य वित्तिय जानकारी सार्वजनिक नगर्ने बताए ।

फ्लुअर टेक्ससमा आधारित कम्पनी हो जो दक्षिण अफगानिस्तानमा अमेरिकी सैन्य अड्डाको निर्माणको काम गर्थ्यो । कम्पनीको वेबसाइटमा दिइएको जानकारी अनुसार उसले अफगानिस्तानमा ७६ फरवार्ड अपरेटिङ बेस पनि संचालन गरेको थियो । उसले एक लाख सैनिकहरुलाई सहयोग गरेको थियो र १ दिनमा १ लाख ९१ हजार जनाभन्दा धेरैलाई खाना दियो ।

हेदी पेल्टियरका अनुसार फ्लुअर कर्पोरेसनलाई १३.५ अर्ब डलरको ठेक्का दिइयो जसमा १२.६ अर्ब डलर बराबरको ठेक्का लगक्याप अनुरुप छन् । बीबीसी मुंडोले फ्लुअर कम्पनीसँग अफगानिस्तान युद्धमा उसका गतिविधिबारे जानकारी दिन अनुरोध गरेको थियो तर बीबीसीको रिपोर्ट प्रकाशित हुँदासम्म फ्लुअरको कुनै जवाफ आएन ।

केबीआर

क्यालग ब्राउन रुट (केबीआर) अमेरिकी सैनिकलाई सहयोग गर्न इन्जिनियरिङ र लजिस्टिक सम्बन्धी काम हेर्थ्यो । कम्पनी सैनिकलाई अस्थायी आवास, भोजन र अन्य आधारभूत सेवा प्रदान गर्थ्यो । यो कम्पनीले नाटोको हवाइ आक्रमणका लागि अफगानिस्तानका कैयौं हवाइ अड्डामा जमिनी स्तरमा सहयोग पनि दिन्थ्यो । यसमा रनवे र हवाइ जहाजको हेरचाहदेखि वैमानिकी संचारको व्यवस्थापनसम्मका काम हुन्थे । हेदी पेल्टियरका अनुसार केबीआरले अमेरिकी रक्षा मन्त्रालयबाट ३.६ अर्ब डलरको ठेक्का पायो ।

कम्पनीका एक प्रवक्ताले बीबीसी मुंडोसँग भने ‘केबीआरले लगक्याप अन्तर्गत एक प्रतिस्पर्धाबाट पाएको ठेक्काको माध्यमबाट २००२ देखि २०१० सम्म अमेरिकी सेनालाई अफगानिस्तानमा सहयोग दियो । यो ठेक्का हामीले २००१ मा पाएका थियौं ।’

उनले अगाडि भने ‘यो कार्यक्रमका माध्यमबाट कम्पनीले अमेरिकी सेनाका ८२ सैन्य अड्डालाई भोजन, लन्ड्री, बिजुली, सफाइ जस्ता सेवा र सहयोग थियो । जुलाइ २००९ मा सेनाले यो ठेक्का डाइनकर्प र फ्लुअरलाई दियो जसले संयुक्त रुपमा यो काम गरे । केबीआरले २०१० मा आफ्नो सेवा अन्त्य गर्यो ।’

रेथियन

सबैभन्दा धेरै कमाइ गर्ने चौथो कम्पनी रेथियन थियो जो अमेरिकामा सबैभन्दा ठूलो एयरोस्पेस र रक्षा कम्पनीहरुमध्ये एक हो । कम्पनीलाई अफगानिस्तानमा सेवाका लागि २.५ अर्ब डलरको ठेक्का दिइयो । यसको पछिल्लो असाइनमेन्ट अफगान वायुसेनालाई प्रशिक्षण दिनु थियो जसका लागि उसले २०२० मा १४ करोड ५० लाख डलरको ठेक्का पायो ।

एजिस एलएलसी भर्जिनियास्थित एक सुरक्षा र खुफिया कम्पनी हो । अफगानिस्तानमा सेवाको माध्यमले सबैभन्दा धेरै कमाउने यो पाँचौं कम्पनी हो । यो कम्पनीले १.२ अर्ब डलरको ठेक्का पायो ।

यसले काबुलमा अमेरिकी दूतावासमा सुरक्षा उपलब्ध गराउँथ्यो । बीबीसी मुंडोले एजिससँग अफगानिस्तानमा उसको गतिविधिहरुबारे जान्ने कोसिस गरेको थियो । तर, यो रिपोर्ट प्रकाशित हुँदासम्म एजिसको तर्फबाट कुनै जवाफ आएन ।

डिफेन्स कम्पनीहरुको मुनाफा

बीबीसी मुंडोले जुन विशेषज्ञहरुसँग कुरा गर्यो उनीहरुले अमेरिकी डिफेन्स ठेकेदारहरु बोइङ, रेथियन, लकहिड मार्टिन, जनरल डायनामिक्स र नर्थरोप ग्रुम्यानलाई अफगान युद्धमा निकै फाइदा भएको कुरामा सहमति जनाए । लिंडा बिल्म्स भन्छिन् ‘उनीहरुले युद्धबाट धेरै पैसा कमाए ।’ यद्यपि यो पत्ता लगाउन कठिन छ कि उनीहरुले कति पैसा पाए किनकि उनहिरुको ठेक्का सिधा रुपमा अफगानिस्तानमा चलिरहेको युद्धसँग जोडिएका थिएनन् ।

हेदि पेल्टियर भन्छिन् ‘यी सबैले अमेरिकामा सामान बनाउनको लागि ठेक्का पाउँथे जुन सामान अफगानिस्तानमा प्रयोग गरिन्थ्यो । यस्तोमा यी खर्च अफगानिस्तानमा भएको खर्चमा जोडिएन ।’ कस्ट अफ वार प्रोजेक्टको यसै हप्ता जारी एक रिपोर्टका अनुसार ९÷११ पछि यी ५ कम्पनीहरुलाई अमेरिकी सैन्य खर्चबाट सबैभन्दा धेरै फाइदा भएको छ । रिपोर्ट भन्छ ‘अर्थिक वर्ष २००१–२०२० को बीचमा यी ५ कम्पनीहरुलाई अमेरिकी रक्षा मन्त्रालयले २.१ खर्ब डलरको ठेक्का दियो ।

बीबीसी मुंडोले यी ५ कम्पनीहरुसँग अफगानिस्तान युद्धले उनीहरुको व्यवसाय र अनुबन्धलाई कसरी प्रभावित गर्यो भनेर सोधेको थियो । जनरल डायनामिक्सले प्रतिक्रिया दिन अस्वीकार गर्यो । अन्यले यो रिपोर्ट प्रकाशित हुँदासम्म कुनै जवाफ दिएनन् ।

हेदि पेल्टियर रेथियन कम्पनीको उदाहरण दिँदै भन्छिन् ‘कम्पनीले २.५ अर्ब डलरभन्दा धेरै कमाएको छ किनकि यो आंकडा केवल अफगानिस्तानमा सिधा रुपमा पाएको ठेक्काको हो । यदि रेथियनले हतियारहरु र संचार प्रणालीको अनुबन्ध पाएको थियो र ती अमेरिकामा बनेका थिए र अफगानिस्तानमा प्रयोग भएका थिए भने त्यो ठेक्का अफगानिस्तानसँग जोडिएको मानिँदैन ।’

बोइङ पनि एफ–१५ र एफ–१८ लडाकु विमान बनाउँछ । तर बोइङ ठूलो ठेकेदारको रुपमा देखिँदैन । यसैगरी ब्ल्याकहक हेलिकप्टरको निर्माता लकहिड मार्टिन पनि यो सूचीमा छैन । लिंडा बिल्म्स भन्छिन् ‘जनरल डायनामिक्सको मामिलामा उनीहरुले धेरैजसो हल्का सैन्य वाहन बनाए र अफगानिस्तानमा साइबर सुरक्षाको धेरै काम गरे ।

बीबीसी मुंडोको प्रश्नमा पेन्टागनकी प्रवक्ता जेसिका म्याक्सवेलले यी ५ रक्षा ठेकेदारहरुले अफगानिस्तानमा उपकरण र सेवा दिएर कति कमाए भन्ने पत्ता लगाउनु कठिन भएको पुष्टि गरिन् । उनले भनिन् ‘यसको अनुमान लगाउनु असम्भव छ । रक्षा मन्त्रालय यी कम्पनीहरुसँग धेरै किसिमका उत्पादन र सेवाहरु प्राप्त गर्छ तर ती केवल अफगानिस्तानको लागि हुँदैनन् । हामी ती उत्पादन र सेवा विश्वभरका अभियानका लागि लिन्छौं । केहीको प्रयोग अफगानिस्तानमा गरिएको छ ।’

मूल्यमा एकाधिकार

लिंडा बिल्म्स भन्छिन् ‘अफगान युद्धमा सेवाको मूल्यको मामिलामा कम्पनीहरुले मनोमानी गरेका छन् । कैयौं ठेक्का बिना प्रतिस्पर्धा दिइए वा तिनीहरुमा निकै कम प्रतिस्पर्धा थियो । यस किसिमका सेवा दिने निकै कम कम्पनीहरु छन् । त्यसैले केही कम्पनीहरुको एकाधिकार हुन्छ ।’ लिंडाका अनुसार कैयौं मामिलामा कम्पनीहरु मूल्य बढाइदिन्छन् । सेवा दिनुपर्ने स्थानमा खराब सुरक्षा अवस्था र त्यहाँ पुग्न हुने कठिनाइको हवाला दिन्छन् ।

अफगान युद्धमा ठेक्का दिने तरिकाका विषयमा रक्षा मनत्रालयकी प्रवक्ताले भनिन् ‘ठेक्का जति सम्भव हुन सक्छ प्रतिस्पर्धाको आधारमा दिने रक्षा मन्त्रालयको नीति हो ।’ लिंडा यसमा भ्रष्टाचार भएको पनि बताउँछिन् । उनले भनिन् ‘कुनै भित्तामा पेन्ट गर्न २० गुणा मूल्य लिइनु अलग कुरा हो तर पैसा लिएर भित्तामा पेन्ट नगर्नु भ्रष्टाचार हो । अर्थात पेन्ट गर्नको लागि केही छैन तैपनि पैसा लिइएको छ ।’

उनका अनुसार सबकन्ट्रयाक्टर्सलाई पनि काम दिइयो । जसको अर्थ मुख्य ठेकेदार जसलाई सरकारले काम दिएको थियो उसले अरु कसैलाई ठेक्का दिएर काम पूरा गरायो । लिंडाका अनुसार ठेकेदारसँग फेरि ठेक्का लिनेले कति पैसा लिए यसको हिसाब छैन ।

यस विषयमा रक्षा मन्त्रालयकी प्रवक्ताले भनिन् ‘देशको नियम र कानुन वस्तुहरु र सेवाहरुको उचित मूल्यको ग्यारेन्टीको लागि एक बलियो सुरक्षा प्रणाली प्रदान गर्छन् । यहाँसम्म कि ती प्रक्रियाहरुमा समेत जसमा केवल एक आपूर्तिकर्ता हुन्छ ।’ कथित भ्रष्टाचारको आरोपका सम्बनधमा म्याक्सवेलले धोकाधडी, दुरुपयोग वा भ्रष्टाचारका कुनै पनि प्रमाण लिएर रक्षा विभागका महानिरीक्षकलाई सूचित गरिनुपर्ने बताइन् ।

न्यूयोर्क टाइम्सको एक रिपोर्टअनुसार महानिरीक्षकको कार्यालयले २००८ र २०१७ को बीचमा अमेरिकालाई अफगानिस्तानमा पुनर्निर्माणको प्रयासमा दुरुपयोग वा धोकाधडीका कारण १५.५ अर्ब डलरको नोक्सानी भएको बताएको छ ।

लिंडा बिल्म्सका अनुसार युद्धबाट एउटै किसिमको कम्पनीलाई लाभ भएन बरु रक्षा उपकरणसँग सम्बन्धित कम्पनहिरुसहित विभिन्न कम्पनीहरुलाई फाइदा भयो जसमा लजिस्टिकसँग सम्बन्धित कम्पनीहरु, निर्माण कम्पनीहरु र इन्धन आपूर्तिकर्ता आदि छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार