spot_img

दीपक क्राइम पेट्रोल’ मार्फत सानो पर्दामा फर्किँदै

चर्चित कलाकार दीपकराज गिरी फेरि सानो पर्दामा फर्किँदैछन् । उनी ‘क्राइम पेट्रोल नेपाल’ नाम टेलिभिजन कार्यक्रममार्फत सानो पर्दामा देखिने भएका हुन् ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

DIpak raj giri

नेपाल अनलाइन पत्रिका – काठमाडौं। चर्चित कलाकार दीपकराज गिरी फेरि सानो पर्दामा फर्किँदैछन् । उनी ‘क्राइम पेट्रोल नेपाल’ नाम टेलिभिजन कार्यक्रममार्फत सानो पर्दामा देखिने भएका हुन् । कलाकार गिरीले सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै अब केही दिनमा ‘क्राइम पेट्रोल नेपाल’ कार्यक्रम लिएर आउने जानकारी दिएका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

दीपकको कार्यक्रम सञ्चारकर्मी रवि लामिछानेको टेलिभिजन च्यानल ‘ग्यालेक्सी फोरके’ मार्फत आउन लागेको हो । भारतीय टिभी सोनीबाट लामो समयदेखि प्रसारण हुँदै आएको अपराध र त्यसको अनुसन्धानको विषयमा केन्द्रीत ‘क्राइम पेट्रोल’ सँग आधिकारिक अनुमतिमा नेपालमा पनि यो श्रृखंला निर्माण हुन लागेको हो । गिरी यसमा होष्टको रुपमा देखिनेछन् ।

‘क्राइम पेट्रोल नेपाल’ मा मेरो जिम्मेवारी होष्टको मात्र हो’ गिरीले भने, ‘कलाकारको रुपमा भने म देखिनेछैन ।’ गिरी ‘क्राइम पेट्रोल नेपाल’ मा ‘ग्यालेक्सी फोरके’ टेलिभिजनको उद्घाटन समयदेखि जोडिएका हुन् । उक्त समय गिरीले केही फरक काम गरौँ भन्ने उद्देश्यले होस्टको जिम्मेवारी निर्वाह गर्न लागेको बताएका थिए ।

‘क्राइम पेट्रोल नेपाल ’होष्टसहित ड्रामाको रुपमा निर्माण हुन लागेको हो । यसमा कथाअनुसार विभिन्न कलाकारको समेत अभिनय रहनेछ । ‘क्राइम पेट्रोल नेपाल’ निर्माणमा ठुलो टिम रहेको छ । जसको संयोजकमा सम्पदा मल्ल रहेकी छन् भने श्रृंखलाको निर्देशनमा विशाल भण्डारी, अस्कर कलेजका विद्यार्थीहरु लगायत रहेका छन् । श्रृंखलाकाअनुसार निर्देशक परिवर्तन देख्न सकिनेछ ।

‘क्राइम पेट्रोल नेपाल’ मा प्रसारण हुने श्रृंखलाका कथा प्रहरीले अनुसन्धान गरेर सफलता हात पारेको कथा बन्ने छन् । पछिल्लो समय सुपरहिट फिल्म ‘छ माया छपक्कै’ निर्माण गरेका गिरी नयाँ फिल्मको तयारीमा पछि छन् । फिल्मको लेखन कार्य भइरहेको छ ।

उनी फिल्म निर्माण टिमसँग मिलेर बानेश्वरमा एक चलचित्र घर समेत निर्माण गरिरहेका छन् । टेलिभिजन हुँदै ठुलो पर्दामा समेत राज गर्न सफल गिरीको अभिनय करियरमा रफ्तार ल्याउने काम भने उनकै निर्माण, निर्देशन र अभिनय रहेको सानो पर्दाको हास्यश्रृंखला ‘तितो सत्य’ ले गरेको थियो ।

‘क्राइम पेट्रोल’ सम्पदा मल्ल र उनको टिमले निर्माण गर्न लागेको हो । सोनी टिभीमा प्रसारण भएको यो श्रृंखलाको केही भाग समेत लेखन गरेकी मल्लले गौरी मल्ल अभिनित नेपाल टेलिभिजनको चर्चित श्रृखंला ‘सिंहदरबार’ समेत लेखेकी थिइन् । ‘क्राइम पेट्रोल’ को लेखनको अलवा मल्लले क्रिएटिभ प्रोडुसरको जिम्मेवारी समेत निर्वाह गर्नेछिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार