spot_img

बोल्दा विचार नै नगरी बाबुरामले एमालेलाई सिधैं यसो भनेपछि भड्किए देशभरका एमालेहरु, आक्रोशित बने !

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी एमालेलाई दिएको. सुझावले एमाले नेताकार्यकर्ताहरुले रोस प्रकट गरेका हुन् ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

kp oli baburam

नेपाल अनलाइन पत्रिका – काठमाडौं। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी एमालेलाई दिएको. सुझावले एमाले नेताकार्यकर्ताहरुले रोस प्रकट गरेका हुन् । उनले एमाले सांसदहरुलाई संसद्‍बाट राजीनामा गरेर जनतामा जान भनेपछि नेताकार्यकर्ताहरु सामाजिक सञ्जालमा भड्किएका हुन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

प्रतिनिधिसभामा निरन्तर अवरोधका बीच बजेटसँग सम्बन्धित विधेयक पारित भएपछि सोमबार संसद् भवनबाट बाहिरिने क्रममा भट्टराईले एमालेलाई भने, ’मैले दोस्रो संविधानसभामा २०७२ सालमा पार्टी छोडिसकेपछि तुरुन्त राजीनाममा दिएको थिएँ । उहाँहरूको अलिकति पनि नैतिकता छ भने राजीनामा गरेर जनताको बीचमा जानुपर्छ ।’

सरकारको नेतृत्वमा हुँदा संसद् विघटन गरेको र अहिले संसद् अवरुद्ध गरिरहेको भन्दै भट्टराईले उक्त सुझाव दिएका हुन् । एमालेले संसद्‍मा लगाएका नाराबारे पनिभट्टराईले आपत्ति जनाए ।

’जसले संविधान विपरीत गएर संसद् दुई–दुई चोटी विघटन ग¥यो उसैले संवैधानिक सर्वोच्चता कायम गर भन्ने ? सर्वोच्चको फैसला मान्दिनँ भन्ने अनि संवैधानिक सर्वोच्चता ? जुन संसद् विघटन गरेको छ त्यो संसद्‍मा संसदीय मर्यादा कायम गर भन्ने ?,’ उनले प्रश्‍न गरेका थिए ।

त्यस्तै, सरकारले लगानी गर्नका लागि स्रोत नखोज्ने नीतिको विरोधमा पनि एमालेका सांसदहरुले नारावाजी गरेका थिए । अर्थमन्त्री जनार्दन शर्माले बजेटसँग सम्बन्धित अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने क्रममा लगानी गर्नेको स्रोत नखोज्ने नीति सार्वजनिक गरेका थिए । उक्त नीतिको एमालेले विरोध गरिरहेको छ ।

भट्टराईले भने सरकारको उक्त नीतिको बचाउ गर्दै भने, ’कालो धन वैधानिक त हुनुप¥यो नि । कालो धनलाई कालै राख्ने त ? यहाँ त अवैध धन, कालो धन राखेर कालै काम गर्ने प्रवृति छ ।’ कालो, सेतो जस्तो धन भए पनि उत्पादनमूलक काममा लगाएर रोजगारी सिर्जना गर्नुपर्ने राम्रो निर्णय भएको उनको भनाइ थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार