spot_img

माधव नेपाललाई रोजे, एमालेका पन्ध्र सय स्थानीय जनप्रतिनिधिले

नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट विजयी भएका एक हजार ५०५ जना जनप्रतिनिधिले नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) रोजेका छन् ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

madhav nepal

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट विजयी भएका एक हजार ५०५ जना जनप्रतिनिधिले नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) रोजेका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

त्यस्तै जनता समाजवादी पार्टीबाट विजयी भएका ९२१ जनाले पनि नयाँ पार्टी लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् । यही भदौ ९ गते एमालेबाट अलग्गिएर माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) तथा महन्थ ठाकुर नेतृत्वको अध्यक्षतामा लोसपा गठन भएको थियो ।

संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत सदस्यले दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश आएपछि दुवै पार्टी गठन भएको थियो । दुवै दलले भदौ ९ गते नै दल दर्ताको प्रमाणपत्र पाएसँगै निर्वाचन आयोगले एमाले र जसपाबाट निर्वाचित जनप्रतिनिधिलाई दल रोज्ने सूचना जारी गरेको थियो ।

स्थानीय तहका जनप्रतिनिधिका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा गएर सनाखत गर्ने व्यवस्था गरिएको थियो । आयोगका सहायक प्रवक्ताको मलप्रसाद धमलाले आयोगको अन्तिम म्यादसम्म उक्त सङ्ख्यामा स्थानीय जनप्रतिनिधिले नयाँ दल रोजेको जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार