spot_img

प्रचण्ड: म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार गर्ने गरेको बताएका छन् ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

prachanda

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार गर्ने गरेको बताएका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

नेपाल दलित मुक्ति मोर्चा, केन्द्रीय समितिको पूर्ण बैठकलाई आज संम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफु ब्राम्हण समुदायको भए पनि क्रान्तिकारी भएरै मर्ने चाहना भएको बताए ।

१० वर्षे जनयुद्ध उत्पीडन र बिभेदमा पारिएका समुदायको आन्दोलन भएको बताउँदै अध्यक्ष प्रचण्डले त्यसको नेतृत्व गरेको हुँदा आफुलाई आन्दोलन र वर्ग संघर्षले नेता बनाएको उल्लेख गरे । उनले भने, ‘सम्पूर्ण दलित र उत्पीडित वर्ग समुदायको मुक्तिका लागि लढेको कारण अरु पार्टीहरुले मलाई दलित ठानेर छुवाछुत गर्छन् । तर, प्रचण्ड क्रान्ति र वर्ग संघर्षले बनाएको हो, म क्रान्तिबाट टाढा छैन ।’

कांग्रेस एमाले लगायतका पार्टीले माओवादीलाई जनयुद्धमा जस्तै घेराबन्दीमा परेको भन्दै अध्यक्ष प्रचण्डले त्यसका बिरुद्ध सम्पूर्ण माओवादीहरु एक हुनु पर्ने बताए । केपी ओलीले पटक पटक संसद बिगठन गर्नु माआवादी पार्टीलाई सिद्ध्याउने खेल भएको उनको तर्क छ ।

पूर्व माओवादी लगायत क्रान्तिकारी बिचार राख्नेहरुबीचको एकताको प्रसंग उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, 󠇃‘अचेल, मेरो मोहन बिक्रम सिंहसंग माया प्रीति बस्न थालेको छ । मोहन बैद्य जिसंग कुरा हुन्छ, बाबुराम जि, उपेन्द्र जिसंग पनि कुराकानी हुन थालेको छ । बिप्लव जि पनि नजिक हुनु भएको छ ।’ सबै माओवादी एक भई मिल्नुको बिकल्प नभएको उनको भनाई छ ।

पछिल्लो समय माओवादी पार्टीमा बिचलन आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले पद, पैसा, लोभ र लालचमा फसेकाहरुले पार्टीलाई यो अवस्थामा पुर्याएको बताए । माओवादी पार्टी दुध उम्लिएको जस्तो भएको प्रसंग उल्लेख गर्दै उनले भने, ‘जनयुद्धताकाका मुद्धालाई समात्न सकेको खण्डमा माओवादीले फेरि जित्न सक्छ । हामी २०६४ कै अवस्थामा फर्किन सक्छौँ ।’ माओवादी पार्टी लरो–तरो पार्टी नभएको उनको भनाई छ ।

कैयौँ पटक आफुमाथि आक्रमण हुन खोजेको भन्दै नेता प्रचण्डले पार्टीका कार्यकर्ता र सेक्युरिटका कारण रौँ–रौँले बाँचेको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार