spot_img

यस्तो कडा कदम राष्ट्रपतिले भर्खरै चालिन् ओली नै झस्किनेगरी, सिंगो गठबन्धनमा छायो खुसीयाली !

राष्ट्रपति विद्यादेवी भण्डारीले भर्खरै चालेको कदमले सिंगो सत्ता गठबन्धनमा खुसीयाली छाएको छ । उनले सत्तारुढ गठबन्धनको गलपासो बनेको राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज गरेकी हुन्।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

Politics

नेपाल अनलाइन पत्रिका – काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले भर्खरै चालेको कदमले सिंगो सत्ता गठबन्धनमा खुसीयाली छाएको छ । उनले सत्तारुढ गठबन्धनको गलपासो बनेको राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज गरेकी हुन्। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

अध्यादेशले माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा फुट्ने आशमा रहेका एमालेका केही नेताहरु, एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समेत राष्ट्रपतिको कदमपछि झस्काएको छ ।

सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष अध्यादेश खारेज गर्न सिफारिस गरेको थियो। राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गरेको जानकारी दिए।

विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८÷६÷११ को निर्णय एवम् सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गर्नु भएको छ।’

अध्यादेश खारेज भएसँगै मन्त्रिपरिषद् विस्तार गर्न सत्ता गठबन्धनलाई सहज भएको छ। लामो समयसम्म मन्त्रिरिषदले पूर्णता नपाउँदा सरकारका कामकारवाही प्रभावित हुँदै आएका थिए। सत्ता गठबन्धन दल जनता समाजवादी पार्टी (जसपा) ले अध्यादेश फिर्ता गरेपछि मात्र सरकारमा सहभागी हुने बताउँदै आएको छ।

यसअघि सरकारले नेकपा एमाले र जसपा विभाजनमा सहयोग पु¥याउन संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुगेमा दल विभाजन हुनेगरी अध्यादेश जारी गरेको थियो।

सोहीअनुसार एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) र जसपा विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी बनिसकेका छन्।सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चा सहभागी छ।

अहिले गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, परराष्ट्रमन्त्री नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ रहेका छन्। बाँकी मन्त्रालयहरू प्रधानमन्त्री मातहत नै छन्।

गठबन्धन भित्रका दल आन्तरिक समस्यामा फसेपछि उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेका हुन्। सत्ता गठबन्धन भित्र मन्त्रालय बाँडफाड र गठबन्धनबीच मन्त्री छनोटमा विवाद भइरहँदा देउवाले कस्तो मन्त्रिमण्डल बनाउँछन् भन्ने आमचासो रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार