spot_img

मन्त्री बन्नेहरुको लिस्टबाट रामकुमारी झाँक्रीको नाम रातारात हट्याे, झाँक्री के गर्लिन् अब ?

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक डाकी दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिने तयारी गरेका छन्।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

madhav nepal

नेपाल अनलाइन पत्रिका – काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक डाकी दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिने तयारी गरेका छन्।उक्त अध्यादेश फिर्ता भएपछि मन्त्रिपरिषद विस्तारको काम अगाडि बढाउने तयारी सत्ता गठबन्धनको थियो। सोमबारको मन्त्रिपरिषद बैठकले अध्यादेश फिर्ता भएको छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

अध्यादेश फिर्ता भएपछि मन्त्रिपरिषद विस्तारको काम अगाडि बढ्छ। तर, यसो हुँदा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको सकसका दिन सुरु हुनेछन्। उनले कसलाई मन्त्री बनाउने या नबनाउने भन्ने विषयमा तनाव झेल्नुपर्ने हुन्छ।

एमाले विभाजनअघि केपी शर्मा ओलीको पक्षमा खुलेका प्रेमकुमार आले र कृष्णकुमार श्रेष्ठ (किसान) मन्त्री बन्नका लागि खुट्टा उचालेर बसेका छन्। यी दुई ति पात्र हुन् जो पार्टी विभाजन नभई नै बालुवाटार पुगी प्रधानमन्त्री देउवासँग मन्त्री मागेका थिए।

उता मन्त्री नभई नहुने मागमा रहेकी रामकुमारी झाँक्रीको साख पनि जोगाइदिनुपर्ने अध्यक्ष नेपाललाई तनाव छ। पार्टी पदाधिकारीमा सचिवको जिम्मेवारी दिएका नेता नेपालले झाँक्रीलाई सचेतक पदमा थन्क्याउने तयारी गरेका छन्। उनको नाम मन्त्रीको लिस्टबाट हटाएर उपसभामुख बनाउने सम्भावना समेत छ ।

बाहिर मिदियामा आएजस्तो मन्त्रीको नाम फाइनल भइ नसकेको श्रोतले बतायो । सरकारमा भने महासचिव बेदुराम भुसालको नेतृत्वमा ६ जना पठाउने तयारी गरेका नेपाललाई मन्त्री कस–कसलाई बनाउने भन्ने सकस छ। पदाधिकारीमा नपरेका विरोध खतिवडालाई अनिवार्य रुपमा सरकारमा पठाउनुपर्ने बाध्यता नेपालसँग छ।

‘अध्यादेश फिर्ता नभई न एकीकृत समाजवादी पनि फुट्ने चरणमा पुगेको थियो। जसपाको हालत त्यहि थियो। मन्त्री छान्ने कुरामा यी दुई दलको किचलोका कारण अध्यादेश फिर्ता गर्नैपर्ने भन्ने भयो’, स्रोतले भन्यो,‘त्यसो हुँदा पनि किचलो साम्य नहुने अवस्था छ। तनावचाहिँ माधव नेपाललाई छ।’

उसो त यता विरोध खतिवडाको नेतृत्वमा एकीकृत समाजवादी सरकारमा सहभागी हुने चर्चा पनि छ। खतिवडाको नेतृत्वमा रामकुमारी झाँक्री, मेटमणि चौधरी, प्रेम आले, किसान श्रेष्ठ र जीवनराम श्रेष्ठ मन्त्री बन्ने पक्का भएको स्रोतको दाबी छ।

अध्यक्ष नेपालले सांसदहरूसँगको छलफलपछि मन्त्रीहरुको नाम तय गरेको खबर छ । ‘मन्त्रीहरुको नाम छनोट भइसकेको छ, सबैको नाम अध्यक्षसँग छ। सम्भवतः आजै वा भोलि प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउनु हुनेछ,’ एक नेताले भने।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार