spot_img

सरकारले फिर्ता बोलाइसकेका खतिवडाले नै फेरि राजदूत बन्दैछन् ? अनौठो भेट अमेरिकामै काँग्रेस नेतासँग !

शेरबहादुर देउवा नेतृत्वको सरकारले ११ वटा मुलुकका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको एक साता बित्दै लाग्दा समेत उनीहरु कार्यक्रममा सहभागि भइरहेको पाइएको छ ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

yubraj khatwada

नेपाल अनलाइन पत्रिका – काठमाडौं। शेरबहादुर देउवा नेतृत्वको सरकारले ११ वटा मुलुकका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको एक साता बित्दै लाग्दा समेत उनीहरु कार्यक्रममा सहभागि भइरहेको पाइएको छ । गत साता सरकारले ३ हप्ताभित्र आइपुग्ने गरी अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडा सहितलाई स्वदेश फिर्ता बोलाइएको थियो । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

तर, केही राजदूत फर्किने तरखरको सट्टा विभिन्न स्वागत कार्यक्रममा सहभागी भइरहेका छन् । त्यो क्रममा अहिले सबैभन्दा अगाडि देखिएका हुन् । उनले शनिवार मासाचुसेट्स राज्यका राज्य प्रतिनिधिहरु (काँग्रेस) सँग औपचारिक भेटघाट गरेका छन् ।

उनी त्यहाँका सांसदहरुसँग भेट्न बोस्टन शहर पुगेका हुन् । उनी त्यस अवसरमा राजदूतकै हैसियतमा सहभागी भएको बोस्टनमा आयोजित एउटा स्वागत तथा रात्रीभोजका सहभागीहरुले बताएका छन् । जबकि सरकारद्वारा फिर्ता बोलाइसकिएका राजदूत स्वागत कार्यक्रममा सहभागी हुनुलाई सहभागीहरुले अनौठो मानेका छन् ।

खतिवडाले उक्त राज्य सिनेटका वैकल्पिक सिनेटर ब्राउनस बर्गर, राज्य जनप्रतिनिधि डोनाल्ड वङ्ग र एसियन ककसका ट्याकी चानसँग भेटघाट गरेका हुन् । त्यसैगरी राज्यसभाका गभर्नर,सिनेटर,बोस्टन नगर प्रमुख तथा सभामुखलाई समेत उनले भेटेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार