spot_img

देउवाले गरे निरन्तरतामा क्रमभंगता, यस्तो बोल्ड कदम उठाए प्रचण्डहरु नै मुर्छित हुनेगरी !

उपप्रधानमन्त्री खाने दाउमा रहेकाहरु हेरेको हेर्यै हुनेगरी प्रधानमन्त्री शेर बहादुर देउवाले कदम चालेका छन् ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

sher bahadur deuba

नेपाल अनलाइन पत्रिका – काठमाडौं। उपप्रधानमन्त्री खाने दाउमा रहेकाहरु हेरेको हेर्यै हुनेगरी प्रधानमन्त्री शेर बहादुर देउवाले कदम चालेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो मन्त्रिमण्डलमा उपप्रधानमन्त्री नराख्ने भएका छन् । सत्ता गठबन्धनको बैठकमै प्रधानमन्त्री देउवाले आफूले उपप्रधानमन्त्री नराख्ने निर्णय गरेको जानकारी गराएका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल तथा जसपाका अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री राख्नुपर्ने माग गरे पनि देउवाले नराख्ने अडान लिँदै कठोर निर्णय लिएका छन् ।

सत्ता गठबन्धनका नेताहरुले भने एक एक जना उपप्रधानमन्त्री राख्नुपर्ने सुझाएका थिए । सत्ता गठबन्धनमा कांग्रेसभित्रकै रामचन्द्र पौडेल समूहले पनि उपप्रधानमन्त्री मागेको थियो ।

पौडेल समूहबाट सुजाता कोइरालादेखि विभिन्न नेताहरुले उपप्रधानमन्त्रीमा दाबी गरेका थिए । त्यसैगरी माओवादीबाट नारायणकाजी श्रेष्ठले उपप्रधानमन्त्रीसहित सरकारको नेतृत्व गर्न चाहेका थिए ।

त्यसैगरी उपेन्द्र यादव आफै उपप्रधानमन्त्री बनेर सरकारमा सहभागी हुन् खोजेका थिए । तर यी सबै प्रयास असफल भएका छन् । प्रधानमन्त्री देउवाले उपप्रधानमन्त्री कटौती गरेर नयाँ सुरुवात गरेका छन् । कुनै बेला ५ जनासम्म उपप्रधानमन्त्री राखिएको थियो ।

तर यो प्रचलनलाई देउवाले तोडेका छन् । राष्ट्रपतिबाट दल विभाजन अध्यादेश खारेज भएसँगै सत्ता गठबन्धन मन्त्रिमण्डल विस्तारको तयारीमा लागेको छ । दलहरु मन्त्री छान्न आन्तरिक छलफलमा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार