spot_img

अनुवांशिक अध्ययन गर्दा नेपालमा डेल्टा भाइरस पुष्टि

नेपालीहरुका लागि अर्लो दुखद खबर आएको छ। कोरोना भाइरस सङ्क्रमणको अनुवांशिक (जीन सिक्वेन्सिङ) अध्ययन गर्दा नेपालमा डेल्टा भाइरस भेटिएको छ ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपालीहरुका लागि अर्लो दुखद खबर आएको छ। कोरोना भाइरस सङ्क्रमणको अनुवांशिक (जीन सिक्वेन्सिङ) अध्ययन गर्दा नेपालमा डेल्टा भाइरस भेटिएको छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र त्रिभुवन विश्वविद्यालय (त्रिवि) जैविक प्रविधि केन्द्रीय विभागमा गरिएको अनुवांशिक अध्ययनमा सबैमा डेल्टा भाइरस भेटिएको हो ।

प्रयोगशालाका निर्देशक डा रुना झाले ४२ नमूनाको अनुवांशिक अध्ययन गरिएकोमा ४१ वटामा डेल्टा भाइरस र एक वटामा ‘क’ जीन नेगेटिभ भएको अल्फा भेरियन्ट देखिएको बताइन्।

प्रयोगशालामा २६ र केन्द्रीय विभागमा १६ अनुवांशिक अध्ययन गरिएको थियो। एकचालिस नमूना भदौ र असोज तथा एउटा वैशाखमा सङ्कलन गरिएको थियो ।

राष्ट्रिय प्रयोगशालालाई विश्व स्वास्थ्य सङ्गठनले र केन्द्रीय विभागलाई वाशिङ्टन विश्वविद्यालयले प्राविधिक सहयोग गरेको थियो । निर्देशक डा झाले अब नेपालमै सङ्क्रमणको अनुवांशिक अध्ययन गर्न सकिने बताइन् ।

पछिल्लो २४ घण्टामा १,१५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ६ सय ७२ पीसीआर परीक्षण गर्दा ९०४ जना र २ हजार ३३१ एन्टिजेन परीक्षण गर्दा २५४ गरी १ हजार १५८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

के डेल्टा भेरिअन्ट बढी जोखिमपूर्ण हो ?

ठूलो सङ्ख्यामा सङ्क्रमितहरू गम्भीर बिरामी हुनुको कारण डेल्टा या कोरोनाभाइरसको अन्य कुनै भेरिअन्ट हो भन्ने यथेष्ट प्रमाण छैन। भाइरसको पहिलो संस्करणको जोखिम भने वृद्धवृद्धा र दीर्घकालीन स्वास्थ्य समस्या भएकाहरूमा बढी रहन्छ।

तर पनि यदि कुनै भेरिअन्ट बढी सङ्क्रामक छ भने त्यसले हालसम्म कोभिड-१९ विरुद्ध खोप नलगाएको जनसङ्ख्याको मृत्युदर बढाउने देखिन्छ। खोपहरूले कोभिड-१९ सँगै देखिने गम्भीर रोगहरूविरुद्ध र चिन्ताको भेरिअन्टका कारण हुने सङ्क्रमणविरुद्ध उच्च सुरक्षा प्रदान गर्छन्। खोपले सङ्क्रमणको जोखिमलाई पनि कम गर्छ तर सङ्क्रमणलाई शतप्रतिशत रोक्ने काम भने गर्दैन।

चीनमा हालसम्म एक अर्ब ६० करोड मात्रा खोप वितरण भएको त्यहाँका अधिकारीहरूले बताउँछन् तर कति चिनियाँ नागरिकले दुवै मात्रा खोप लगाए भन्ने प्रस्ट छैन। भाइरसका विभिन्न प्रकार देखिए पनि सङ्क्रमणको जोखिमबाट बच्ने उपाय भनेको हात धुनु, दूरी कायम राख्नु, मुख छोप्नु र हावाको बहावबारे सतर्क रहनु नै हो।

कस्तो छ भेरिअन्टहरूको असर?

कोरोनाभाइरसका सबै ‘चिन्ताका भेरिअन्ट’हरूको परिवर्तन बाहिरी सतहमा हुने प्रोटिनको बनोटमा देखिएको छ जुन सङ्क्रमणको बेला मानव कोशिकासँग जोडिन्छ। तीमध्ये डेल्टा भेरिअन्टमा महत्त्वपूर्ण परिवर्तन देखिएको छ। जस्तै: L452R एउटा यस्तो परिवर्तन हो जसले भाइरसलाई सहजै फैलने बनाउन सक्छ।

तर यसले सङ्क्रमितलाई गम्भीर रोगी बनाउँछ वा वर्तमान खोपहरूलाई कम प्रभावकारी बनाउन सक्छ भन्ने कुराको कुनै प्रमाण नभएको यूकेका अधिकारीहरूले बताएका छन्। अल्फा, गामा र बीटा भेरिअन्टबाट उत्परिवर्तन भएको N501Y ले भाइरसलाई फैलन र कोशिकामा सङ्क्रमण गर्न बढी सघाउँछ।

बीटा र गामाको प्रमुख उत्परिवर्तन E484K ले भाइरसलाई मानिसको शरीरको प्रतिरक्षा प्रणालीअन्तर्गतका केही सुरक्षा संयन्त्र छल्न सहयोग पुर्‍याउन सक्छ। विज्ञहरूले अल्फा भेरिअन्टको सानो सङ्ख्यामा पनि यस्ता परिवर्तन भेटेका छन्।

हाल प्रयोग भइरहेका खोपहरू कोरोनाभाइरसको पहिलो संस्करणविरुद्ध बनाइएको थियो। त्यसैले वर्तमान खोपले नयाँ भेरिअन्टहरूविरुद्ध राम्रोसँग काम नगर्न सक्छ। विज्ञहरूले भने ती खोपले अझै पनि गम्भीर रोग र मृत्युको सम्भावनालाई कम गर्ने बताएका छन्।

ब्रिटेनको पब्लिक हेल्थले गरेको एक विश्लेषणका अनुसार फाइजर वा आस्ट्राजेनेका खोपको दुई मात्रा डेल्टा भेरिअन्ट सङ्क्रमितलाई अस्पताल भर्ना हुनबाट जोगाउन ९० प्रतिशतभन्दा बढी प्रभावकारी छ।

सोही खोपको एक मात्रा डेल्टा सङ्क्रमितको तुलनामा अल्फा सङ्क्रमितमा बढी प्रभावकारी देखियो। चिकित्सकहरूले हाल पुष्टि भएका र उत्परिवर्तन भइरहेका भेरिअन्टबाट जोगिन खोपको दुवै मात्रा लगाउनु अत्यावश्यक भएको बताएका छन्।

भाइरसका नयाँ स्वरूपविरुद्ध काम गर्न हालका खोपहरूलाई नै पुनः डिजाइन गर्न सकिनेमा विज्ञहरू ढुक्क छन्। यूके सरकारले बायोफार्मास्यूटिकल कम्पनी क्योरभ्याकसँग भावी भेरिअन्टविरुद्ध खोपको विकास गर्ने सम्झौता र पाँच करोड मात्राको अग्रिम माग गरेको छ।

यी खोपहरू भेरिअन्टहरू कसरी विकास हुन्छन् भन्ने अवस्था हेरेर वृद्धवृद्धा र जोखिममा रहेका समूहलाई उपलब्ध गराउन सकिने बताइएको छ। अहिले युरोप कोरोनाभाइरस महामारीको केन्द्र बनेको छ । कैयौं देशका सरकारले नागरिकलाई घरबाट बाहिर ननिस्किन भनेका छन् । भाइरस फैलिनबाट रोक्न प्रतिबन्ध लगाइरहेका छन् । तर, युरोपमा एक देश यस्तो पनि छ, जहाँ अधिकारीहरु यो भाइरसका बढ्दो संक्रमण रोक्न आम जनजीवनमा प्रतिबन्ध लगाइरहेका छैनन् ।

कोरोना महामारीसँग जुध्नको लागि बेलारुस आफ्ना निकट छिमेकी युरोपेली देश युक्रेन र रुसले जस्तै कडा कदम उठाइरहेको छैन । युक्रेनले छिटै कोरोनाभाइरस रोक्नको लागि संकटकाल घोषणा गर्न सक्छ । रुसले पनि स्कुलहरु बन्द गरेको छ । सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाएको छ र देशमा आउने र जाने सबै उडानहरुलाई रद्द गरेको छ ।

तर, बेलारुसमा सबै कुरा सामान्य दिनमा झैं चलिरहेका छन् । देशका सीमाहरु पहिलेजस्तै खुला छन् मानिसहरु काममा गइरहेका छन् र जरुरी सामान किन्नको लागि पसलतर्फ दौडिइरहेका छैनन् ।

डरको आवश्यकता छैन

बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लूकाशेन्को भन्छन् ‘तत्काल देशमा कोरोना फैलिनबाट रोक्न हतारिएर कदम उठाउनु आवश्यक छैन ।’ मंगलबार किंस्कमा चीनका राजदूतसँग भेटघाटपछि उनले भने ‘घटनाहरु त भइरहन्छन्, उनीहरुलाई लिएर नागरिकमा डर नफैलियोस् भन्ने जरुरी छ ।’ बेलारुसमा न त सिनेमाघर र थिएटर बन्द गरिएका छन् न त यहाँ सार्वजनिक कार्यक्रम गर्न कुनै किसिमको प्रतिबन्ध छ ।

बेलारुस विश्वका ती सीमित देशहरुमध्ये एक हो जसले यहाँ हुने फुटबल च्याम्पियनशिप रद्द गरेको छैन । यहाँ भइरहेका फुटबल म्याच सामान्य दिनमा जस्तै संचालन भइरहेका छन् र छिमेकी रुसका फुटबल प्रेमीहरुको लागि टेलिभिजनमा पनि म्याचको प्रत्यक्ष प्रसारण भइरहेको छ ।

कोरोनाभाइरसलाई ट्रयाक्टरले रोक्छ

राष्ट्रपति लूकाशेनकोले हालै भनेका थिए ‘कोरोनाभाइरसलाई एउटा ट्रयाक्टरले रोक्नेछ ।’ उनको यो बयान बेलारुसको सामाजिक सञ्जालमा चर्चामा रह्यो र मानिसहरुले यसमा चर्चा गरे, कैयौंले यसको मजाक बनाए । राष्ट्रपतिको बयान खेतमा काम गर्ने विषयमा थियो ।

उनले यो पनि भनेका थिए कि उनी स्वयं महिरा पिउँदैनन् तर कोरोनालाई रोक्न पिउनु परेमा उनी एक घुट्को भोड्का पिउन सक्छन् । बेलारुसका आम नागरिक विश्वमा भइरहेको कोरोनाको प्रकोपबाट बेखबर छैनन् । उनीहरु यो भाइरसको बढ्दो कदमलाई लिएर चिन्तित छन् ।

मिंस्कमा कैयौं युवा र स्कुले विद्यार्थी बिरामी भएको बहाना बनाएर विद्यार्थीले भरिएको कक्षामा जानबाट बचिरहेका छन् । विद्यार्थीको समस्या कम गर्नको लागि कलेज र युनिभर्सिटीले आफ्नो कक्षाको समय केही अगाडि सारेका छन् ताकि विद्यार्थी सार्वजनिक यातायातमा हुने भिडबाट बच्न सकुन् ।

मिंस्कका सडकमा मानिसहरु कम नै देखिइरहेका छन् र उनीहरु भन्छन् उनीहरुलाई थाहा छ कि वृद्धहरुलाई भाइरसबाट धेरै खतरा छ । तर, कोरोनालाई लिएर यस किसिमको कुनै जागरुकता अभियान अधिकारीहरुको तर्फबाट गराइएको छैन ।

राष्ट्रपति लूकाशेन्कोले विदेशबाट बेलारुस आउने सबैको कोरोनाभाइरस टेस्ट गराइने गरेकोले चिन्ता गर्ने कुनै कुरा नभएको बताएका छन् । उनी दावी गर्छन् ‘एक दिनमा २ वा ३ जनाको टेस्टको नतिजा पोजेटिभ आइरहेका छन् । यस्ता केसमा उनीहरुलाई क्यारेन्टाइनमा पठाइने गरेको छ । उनीहरुलाई डेढ हप्ता वा २ हप्तामा छाड्ने गरिएको छ ।’

हल्ला फैलाउनेलाई छाड्दैनौं

लुकाशेन्को चिन्ता लिनु र मानसिक तनाव लिनु निकै खराब रहेको बताउँछन् । उनका अनुसार शायद यो भाइरस भन्दा धेरै खतरनाक हुन्छ । उनले देशको खुफिया एजेन्सी बेलारुस केजीबीलाई ‘आम जनतामा हल्ला फैलाउने र डर फैलाउनेहरुलाई पक्रन’ आदेश दिएका छन् ।

अहिलेसम्म देशमा कोरोनाभाइरसका कूल ८६ संक्रमित फेला परेका छन् । यहाँ यसको कारण मात्र २ मृत्यु भएका छन् । बेलारुसले यो कुराको पुष्टि गरेको छैन कि मृत्युको कारण कोरोना हो तर मृत्युको कारण भाइरस नै भएको मानिएको छ ।

बेलारुस कैयौं अर्थमा युरोपका अन्य देशहरुभन्दा फरक छ । यो युरोपको अन्तिम यस्तो देश हो जहाँ अझै पनि मृत्युदण्डको कानुन छ । देशका विपक्षी अभियन्ता एन्ड्रे किम सरकारका कडा आलोचक हुन् तर कोरोनाभाइरस सम्बन्धी कुरामा भने उनी राष्ट्रपतिको समर्थन गर्छन् ।

किमले आफ्नो फेसबुकमा लेखेका छन् कि लुकाशेन्को बिल्कुल सही छन् किनकि ‘यदि उनले पूरै देशका मानिसहरुलाई बाहिर निस्किनसँग सम्बन्धित प्रतिबन्ध लगाए भने बेलारुसको अर्थव्यवस्था धर्मराउनेछ । यहाँ चीजहरु अलग छन् र बेलारुस यस्तो एकमात्र देश हो जहाँ सरकार नागरिकको हित सोचेर काम गर्छ न कि जनकल्याणकारी योजनाहरुमा निर्भर गर्छ ।’

उनले अगाडि भने ‘म मान्छु कि यो भन्दा मैले कडा आलोचना झेल्नु पर्नेछ तर जब जताततै पागलपन छ भने तपाइँ चुप रहन सक्नुहुन्न ।’ उनी भन्टन् ‘पागलपन भन्नाले मेरो मतलब कोरोना भाइरसलाई लिएर विश्वभरमा जुन तरिकाका कदम उठाइएका छन् तिनीहरुसँग हो ।’ उनी केही नगरेर बेलारुसलाई दरबाट टाढा राख्न सकिने विश्वास गर्छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार