spot_img

कोरोनाको डेल्टा भेरियन्ट के हो? यो भेरियन्टको बालबालिकालाई संक्रमण हुने सम्भावना कति?

कोभिड-१९ को डेल्टा भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले भिरयन्ट अफ कन्सर्न भनेको छ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

virus

नेपाल अनलाइन पत्रिका – काठमाडौं। कोभिड-१९ को डेल्टा भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले भिरयन्ट अफ कन्सर्न भनेको छ। किनकि डेल्टा भेरियन्ट पहिचान गरिएका ठाउँहरुमा सो भेरियन्ट मानिसहरुबीच द्रुत गतिमा फैलिएको छ। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

के डेल्टा भेरियन्ट बढी संक्रामक छ?
डेल्टा भेरियन्ट अघिल्लो भेरियन्टको तुलनामा दुई गुणा बढी संक्रामक रहेको पाइएको छ। अधिक संक्रामक भए पनि भिडभाड नगर्ने, अरुबाट भौतिक दूरी राख्ने, मास्क लगाउने अनि कुनै पनि सतह छोएपछि साबुन पानीले हात धुने गर्नाले डेल्टा भेरियन्टबाट बच्न सकिन्छ।

के कोभिड १९ विरुद्धका खोपहरु डेल्टा भेरियन्ट विरुद्ध प्रभावकारी छन्?
छन्। विश्व स्वास्थ्य संगठनबाट अनुमति प्राप्त कोभिड १९का खोपहरु डेल्टा भेरियन्ट सहित अन्य कोभिड १९का भेरियन्ट विरुद्ध प्रभावकारी छन्। यी खोपहरुले गम्भीर बिरामी हुने जोखिम न्यूनिकरण गर्न मद्दत गर्दछ। त्यसैले आ आफ्नो पालो अनुसार खोपको पूर्ण मात्रा लगाउनु जरुरी छ।

के बालबालिकाहरुलाई डेल्टा भेरियन्ट संक्रमण हुने अधिक सम्भावना छ?
डेल्टा भेरियन्टले विशेष गरी बालबालिकाहरुलाई संक्रमित गर्छ भन्ने कुरा साँचो होइन। सबै उमेर समूहहरुमा सो भेरियन्टको संक्रमणको दर बढेको पाइएको छ। डेल्टा भेरियन्ट अन्य भेरियन्टहरु भन्दा धेरै संक्रामक छ। भिडभाडमा जाने र खोप नलगाएका मानिसहरुलाई डेल्टा भेरियन्ट संक्रमण हुने बढी सम्भावना हुन्छ।

डेल्टा प्लस भेरियन्ट के हो?
मानव कोशिकाहरुमा प्रवेश गर्नका लागि भाइरसले प्रयोग गर्ने स्पाइक प्रोटिनमा नयाँ उत्परिवर्तन आएपछि यसलाई डेल्टा प्लस भेरियन्ट नामाकरण गरिएको हो। यो भाइरस डेल्टा भेरियन्टसँग निकै नजिकको भएकोले यसलाई ग्रीक वर्णमालाको अर्को अक्षरको साटो डेल्टा प्लस भनिएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार