spot_img

इन्टरनेटको तार कहाँ कहाँ काटिए ?

बढाइएको मूल्य अनुसार पोल भाडा नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुको तार काट्न थालेको छ ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

internet wireness cut

नेपाल अनलाइन पत्रिका – काठमाडौं। बढाइएको मूल्य अनुसार पोल भाडा नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुको तार काट्न थालेको छ । प्राधिकरणले शनिबारदेखि देशका विभिन्न स्थानमा इन्टरनेट सेवा प्रदायकको तार काट्न सुरु गरेको हो । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

इन्टरनेट सेवा प्रदायकले बढेको मूल्य अनुसार पोल भाडा नतिरेको र पुरानो बक्यौता पनि नतिरेको भन्दै प्राधिकरणले पैसा उठाउन पटक पटक ताकेता गरिरहेको थियो । प्राधिकरणले यसअघि नै सार्वजनिक सूचना जारी गर्दै असोज १५ भित्र पोल भाडा नतिरे तार काट्ने चेतावनी दिएको थियो ।

इन्टरनेट सेवा प्रदायकहरुको संस्था इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) बाट टेकपानालाई प्राप्त विवरण अनुसार प्राधिकरणले तार काट्दा भरतपुरका केही स्थानमा इन्टरनेट सेवा प्रभावित भएका न् । यस्तै बुटवलको मणिग्राम, क्षेत्रमा पनि प्राधिकरणले इन्टरनेटको तार काटेको छ ।

ध्नगढी, ताप्लेजुङ, काठमाडौंको इमाडोल, कीर्तिपुर क्षेत्रमा पनि केही सेवा प्रदायकको तार काटिएको छ । यस्तै, विराटनगरको टाँकी, धरानको केही क्षेत्र र धनकुटामा पनि प्राधिकरणका कर्मचारीले केही इन्टरनेट प्रदायकले इन्टरनेट विस्तारको लागि प्रयोग गरेको तार काटेको छ ।

संघका अध्यक्ष सुधीर पराजलीका अनुसार प्राधिकरणले तार काट्दा सबैभन्दा बढी प्रभाव भरतपुर क्षेत्रमा परेको छ । ‘प्राधिकरणले आफ्नो ओपीजी केबलबाट इन्टरनेट दिन बन्द गरिदिएको छ,’ उनले भने,‘जसका कारण भरतपुरका अधिकांश स्थानमा इन्टरनेट सेवा प्रभावित भएको छ ।’

विद्युत् प्राधिकरण स्रोतका अनुसार अहिले बक्यौता तिर्नको लागि पत्राचार गर्दा पनि सम्पर्कमा नआएका साना सेवा प्रदायकको तार काटिएको छ । ‘यो सांकेतिक रुपमा गरिएको काम हो,’ प्राधिकरण स्रोतले भन्यो,‘ठूला सेवा प्रदायकका तार काट्दा इन्टरनेट सेवा प्रभावित हुने भएकाले साना सेवा प्रदायक र थोरै प्रभाव पर्ने ठाउँमा मात्रै काटिएको हो ।’

प्राधिकरणले तीन वर्षअघि अस्वभाविक रुपमा विद्युत्को पोल भाडा बृद्धि गरेको भन्दै इन्टरनेट सेवा प्रदायकले विरोध गर्दै आइरहेका छन् । उनीहरुले प्राधिकरणले बढाइएको भाडा तिर्दा इन्टरनेटको मूल्य बढ्ने भन्दै नतिर्ने अडान लिइरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार