spot_img

प्राधिकरण नसच्चिएसम्म कुलमानले तार काटेपछ, इन्टरनेट ठप्प पार्ने चेतावनीव्यवसायी आन्दोलित

कुलमान नेतृत्त्वको नेपाल बिद्युत प्राधिकरणले इन्टरनेटको तार काटेपछि इन्टरनेट सेवा प्रदायकहरु आन्दोलित भएका छन्।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

kulman Ghising

नेपाल अनलाइन पत्रिका – काठमाडौं। कुलमान नेतृत्त्वको नेपाल बिद्युत प्राधिकरणले इन्टरनेटको तार काटेपछि इन्टरनेट सेवा प्रदायकहरु आन्दोलित भएका छन्। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

प्राधिकरणले इन्टरनेट सेवालाई अवरोध पुर्याउने उद्देश्यका साथ इन्टरनेट सेवा प्रवाह गरिरहेको फाईबर तार काटेकाले प्राधिकरणले नसच्चिएसम्म अब आफुहरुले इन्टरनेट सेवा दिन नसक्ने सेवाप्रदायकहरुले जनाएका छन्।

प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ लाई समेत उल्लङ्घन गर्दै इन्टरनेट ठप्प पार्ने हेतुले नेपाल विद्युत प्राधिकरण र प्राधिकरणका कर्मचारीहरुले यस्ता किसिमका गैरकानुनी क्रियाकलपहरु गरेका इन्टरनेट सर्भिस प्रोभाईडर एसोसियसन अफ नेपाल, आइस्पान को आरोप छ।

आईसपानका अनुसार भरतपुर र विराटनगरमा विद्युत प्राधिकरणका भरतपुर वितरण केन्द्ररशाखा कार्यालय र विराटनगर वितरण केन्द्रर शाखा कार्यालयहरुका कर्मचारीहरुले इन्टरनेट ठप्प पार्न अनेकन गैरकानुनी क्रियाकलाप गर्दै मुख्य मुख्य ठाउँको इन्टरनेट सेवा प्रवाह गरिरहेक छन्। जस कारणले गर्दा अहिले नीजि क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरुको इन्टरनेट सेवा प्रणालीमा ठूलो क्षती पुगेको छ।

“बिद्युत प्राधिकरणले फाईबर तार काटेकाले चितवन लगायतका ठाउँहरुमा इन्टरनेट सेवा प्रवाह गर्न नसक्ने अवस्था सृजना गराएको छ, यसकारण यी क्षेत्रमा इन्टरनेट ठप्प हुन पुगेको कुरा ग्राहक महानुभावहरुमा जानकारी गराउदछौँ” आइस्पानद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ।

बिज्ञप्तीमा भनिएको छ, “अहिलेको समयमा देशका विभिन्न भागमा पनि इन्टरनेट सेवा प्रवाह गर्न हामीलाई हम्मेहम्मे परिरहेको अवस्था छ ्र वर्तमान कोभिड-१९ को महामारीमा अनलाईन शिक्षा, बैङ्किङ्ग, रोजगारी, स्वास्थ्य, विमानरविमान स्थल जस्तो संवेदनशिल क्षेत्रलाई जोडेको इन्टरनेटलाई अवरोध गर्ने विद्युत प्राधिकरणको क्रियाकलपहरु अक्षमय रहेको छ ्, यो अवस्था सृजित गर्ने विद्युत प्राधिकरण नै सबै घटनाको कारक तत्व, कारण र जिम्मेवारी लिनु पर्ने अक्षमय निकाय भएको पनि ग्राहक महानुभावहरुमा जानकारी गराउदछौँ।”

नेपाल विद्युत प्राधिकरणले ७ गुणासम्म पोल भाडादर वृद्धि गरेपछि इन्टरनेटको मूल्य बढ्न सक्ने देखेर ग्राहकमा यो भार पर्न नदिन यसको पहलका लागि इन्टरनेट सेवा प्रदायक संघले नेपाल दूरसंचार प्राधिकरण, संचार तथा सूचना प्रविधि मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय समक्ष्य अपिल गरेको र समाधानको लागि सम्बाद जारी रहेको बेला तार काटेकाले अब प्राधिकरण नसच्चिएसम्म इन्टरनेट ठप्प पार्ने आइस्पानका अध्यक्ष सुधिर पराजुलीले बिजपाटीलाई बताए।

‘उच्च निकायहरुले छलफलरवार्ता गरी निकाश निकाल्न निधो गरेर विद्युत प्राधिकरणलाई वार्तामा वोलाई वैज्ञानिक रुपमा भाडादर निर्धारण गर्न अघि बढिरहेको वर्तमान समयमा, सबै कुराको वेवास्था गरी एकहोरो ढङ्गले देशभरि इन्टरनेट सेवा अवरोध गर्न नियोजित रुपले प्राधिकरण अग्रशर छ, अब प्राधिकरण नसच्चिएसम्म चितवन मात्र होइन देशभर इन्टरनेट ठप्प पार्छौं’ अध्यक्ष पराजुलीले भने।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,संचार तथा सूचना प्रविधि मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, नेपाल दूरसंचार प्राधिकरणले इन्टरनेट सेवा प्रवाह गर्ने बातावरण सुनिश्चित नगरेसम्म र विद्युत प्राधिकरणको देशभरि इन्टरनेट सेवा अवरोध गर्ने गतिविधि नरोकेसम्म देशमा इन्टरनेट सेवा प्रवाह गर्ने अवस्था नरहेको आइस्पानले जनाएको छ।

बिद्युत प्राधिकरणले भरतपुर, बुटवल, काठमाडौँ, विराटनगर, धरान, धनकुटा, ताप्लेजुङ्ग, खाडीचौर, धनगढी लगायतका देशका मुख्य मुख्य ठाउँहरुमा फाईबर तार काटेको छ। यस घटनापछि चितवन लगायतका धेरै ठाउँहरुमा इन्टरनेट सेवा प्रभावित भएको छ। प्राधिकरणले काठमान्डूका बिभिन्न ठाउँहरुमा समेत इन्टरनेटको तार काटेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार