spot_img

एमाले महाधिवेशनमा १ हजार प्रतिनिधिले गरे स्वास्थ्य परीक्षण : सुगर–प्रेसरका रोगी धेरैजसो (भिडियो)

नेकपा एमालेको तीन दिनसम्म चलेको विधान महाधिवेशन सकिएको छ ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

health

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा एमालेको तीन दिनसम्म चलेको विधान महाधिवेशन सकिएको छ । ललितपुरको गोदावरीमा सम्पन्न एमालेको पहिलो विधान महाधिवेशनमा देशभरबाट ६ हजार ३ सय हाराहारी प्रतिनिधिहरू सहभागी थिए । एमालेले महाधिवेशन स्थलमा प्रतिनिधिका रुपमा आएका नेता तथा कार्यकर्ताको स्वास्थ्य जाँचका लागि स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको थियो । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

३ दिनको अवधिमा झन्डै १ हजार जना प्रतिनिधिको प्रेसर तथा सुगर जाँच गरेको शिविरको नेतृत्व गरिरहेका स्वास्थ्यकर्मी ईश्वरी ढकालले रातोपाटीलाई जानकारी दिए । उनले भने–‘धेरैजसो सुगर प्रेसरका रोगी आएका छन् । कतिपय टाउको दुखाइका समस्या लिएर पनि आएका छन् । जोर्नी दुख्ने तथा पेट दुख्ने समस्या लिएर पनि बिरामी आएका छन् । हामीले चेकअप गर्ने र सोही अनुसारको औषधी दिने व्यवस्था गरेका छौँ ।’

उनीहरुमध्ये १६ जनाको कोराना संक्रमण परीक्षणका लागि पीसीआर विधिबाट स्वाव लिइएकोमा सबैको नेगेटिभ रिपोर्ट आएको जानकारी दिए । स्वास्थ्य शिविरमा आर्युेवेद र एलोपेथिक दुबैथरीका औषधीको व्यवस्था गरिएको थियो । झन्डै १ सय प्रकारका औषधी संकलन गरेर बिरामीको प्रकृति हेरेर वितरण गरिएको स्वास्थ्यकर्मी ढकालले बताए । ती औषधीहरु स्वास्थ्य सेवा विभाग, आयुर्वेदिक औषधी कम्पनी तथा निजी क्षेत्रका औषधी कम्पनीबाट जम्मा पारिएको थियो । टाढाबाट यात्रा गरेर आउँदा केही प्रतिनिधिमा कमजोरी देखिएकोले उनीहरुलाई स्लाइन समेत चढाउनुपरेको उनले बताए ।

पेट तथा जोर्नी दुखेकाहरूलाई आयुर्वेदिक औषधी पनि वितरण गरिएको थियो । कमजोरी भएका र पखाला लागेकाहरूलाई जीवनजल पानीको व्यवस्था गरेको ढकालले बताए । तीन दिनसम्म चलेको महाधिवेशनका बेला स्वास्थ्य शिविरमा एमालेका नेता कार्यकर्ताको भीड देखिन्थ्यो । उनीहरुमध्ये अधिकांशले ब्लड प्रेसर र सुगर जाँच गराएको स्वास्थ्यकर्मी ढकालले बताए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार