spot_img

विकास खवासको नजरमा अल्मुताइरी कस्तो कोच? प्रतिक्रिया यस्तो दिए

नेपाली फुटबल टोली अहिले माल्दिभ्समा छ । त्यहाँ नेपालले साफ च्याम्पियनसिप खेलिरहेको छ ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

bikash, football

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपाली फुटबल टोली अहिले माल्दिभ्समा छ । त्यहाँ नेपालले साफ च्याम्पियनसिप खेलिरहेको छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

नेपालले सुरुवातका दुई म्याचमा जित हात पारिसकेको छ । पहिलो खेलमा नेपालले माल्दिभ्सलाई १-० गोलले हराएको थियो ।

त्यस्तै, दोस्रो खेलमा नेपालले श्रीलंकालाई २-३ गोल अन्तरले पराजित गर्न सफल भयो । उत्कृष्ट लयमा देखिएको नेपाललाई यो पटक उपाधि दाबेदारको रूपमा हेरिएको छ ।

नेपाली टिमको प्रमुख प्रशिक्षकमा अब्दुल्लाह अल्मुताइरीको आगामनसँगै केही परिवर्तन देख्न पाइएको छ । उनको प्रशिक्षणको साथ पाएपछि नेपाली खेलाडीले आक्रामक फुटबल खेल्नुका साथै गोल पनि गर्न सफल भइरहेका छन् ।

टिमले जति म्याच जित्यो त्यति नै प्रशिक्षक अल्मुताइरीको पनि प्रशंसा भइरहेको छ । नेपाली फुटबल इतिहासमा उनी सर्वाधिक चर्चा कमाउने प्रशिक्षक भइसकेका छन् ।

समर्थकका साथै नेपाली खेलाडीले पनि उनको खुलेरै प्रशंसा गरिरहेका छन् । टिम बाहिर रहेका खेलाडी पनि अल्मुताइरीको प्रशंसा गर्न पछि परिरहेका छैनन् ।

यसैबीच, नेपाली युवा फुटबलर विकास खवासले पनि अल्मुताइरीको बारेमा प्रतिक्रिया दिएका छन् । एक चर्चित अनलाइनसँगको कुराकानीमा उनले अल्मुताइरी विगतको प्रशिक्षकभन्दा फरक रहेको बताए ।

‘धेरै प्रशिक्षकहरूले नेपाली टोलीलाई प्रशिक्षण दिनुभयो । मैले राष्ट्रिय टोलीमा खेल्न थालेबाट पनि विभिन्न प्रशिक्षकहरुबाट प्रशिक्षण लिएको छु,’ विकासले भने, ‘उहाँ फरक हुनुहुन्छ किनभने अन्य प्रशिक्षकहरूले हामीलाई ठूला टोलीसँग खेल्दा रक्षात्मक खेल्नु भनेर सिकाउनु हुन्थ्यो । तर, अलमुताइरीले हामीलाई रक्षात्मक भनेकै आक्रामक हो भनेर सिकाउनु भयो ।’

अल्ताइरीको प्रशिक्षण शैली निकै फरक रहेको अनुभव खवासको छ । उनी थप्छन्, ‘नेपाली खेलाडीमा खेल्ने जोस थियो तर हामीलाई मानसिक रुपमा अलमुताइरीले मजबुत बनाउनु भयो ।’ ‘अट्याकिङ फुटबलको अभ्यास हामीले उहाँको उपस्थितिले सिक्न पायौं,’ खवासले थपे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार