सोमवार, माघ ३, २०७८
सोमवार, माघ ३, २०७८
Poco C3

फेरि भाइरल प्रेम आले: पर्यटनमन्त्री बनेकै दिन बोलेको कुरा चर्चामा, त्यस्तो के बोले ?

निवर्तमान प्रधामन्त्री केपी ओली क्याविनेटमा बन तथा वातावरण मन्त्री हुँदा रुखले मान्छेलाई कार्वनडाअक्साइड दिन्छ भनेर भाइरल भएका प्रेम आले फेरी मन्त्री भएका छन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

prem ale

नेपाल अनलाइन पत्रिका – काठमाडौं। निवर्तमान प्रधामन्त्री केपी ओली क्याविनेटमा बन तथा वातावरण मन्त्री हुँदा रुखले मान्छेलाई कार्वनडाअक्साइड दिन्छ भनेर भाइरल भएका प्रेम आले फेरी मन्त्री भएका छन् । मन्त्री बनेको पहिलो दिन नै उनले दिएको अभिव्यक्ती भाइरल बनेको हो । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

- Advertisement -Poco C3

तत्कालिन प्रधानमन्त्री केपी ओलीले संसद विघठन गर्दा सोह्रै आना ठिक भन्दै अब सरकारले सात नम्बर गियरमा काम गर्छ भन्दै भाषण गर्दै हिँडेका प्रेम आले पछि पर्लक्कै पल्टेर परमादेश बाट बनेको सरकारमा पनि मन्त्री बन्न सफल भएका छन् ।

अवसरवादको मुकुण्डो उत्रिएपछि उनको अनुहार उदांगो भएको छ । संसद विघठन पनि ठिक र परमादेश पनि ठिक भन्ने गजबको मानक उनले स्थापित गरेका छन् । केपी सरकारमा मन्त्री हुँदा बोल्न ढंग नजान्दा उनी पटक पटक भाइरल भएका थिए ।

कहिले सरकारले सात नम्बर गियरमा काम गर्छ भन्ने त कहिले मान्छेले रुखलाई अक्सिन दिन्छ रुखले मान्छेलाई कार्वनडाइअक्साइड दिन्छ भनेर त कहिले चितवनमा हात्ती माथी चढको तस्बिर नै भाइरल भएका कारण आले चर्चामा रहिरहे ।

परमादेशको कमालले शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने वित्तकै लुसुक्क माधव नेपाल तिर सल्किएका प्रेम आले फेरी मन्त्री बन्न सफल भएका छन्। संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रीको बनेको पहिलो दिननै आले फेरी भाइरल भएका छन् ।

यस अघि बोल्दा धेरै पटक जिब्रो चिप्लीए पछि हिजो उनले पदभार ग्रहण गर्ने कुरा लेखेरै ल्याएका थिए । लिखीत मन्तव्य सकिना साथ उनि जंगिन थालीहाले । नेपाल वायु सेवा निगमले जहाज किनेर नउडाएको भन्दै उनले जहाज घाममा सुकाएर पैसो आउँछ ? भन्दै झपारेका थिए ।

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कर्मचारीलाई मीठा कुरा गरेर आफूलाई रिझाउने प्रयास नगर्न आग्रह गरेका छन् । सिंहदरबारमा आज पदबहाली गर्दै मन्त्री आलेले कर्मचारीलाई आफूबाट कुनै पनि प्रकारको हस्तक्षेप नहुने भन्दै भने, ‘एउटा कुरा अनुरोध गरिहालौं ।

मसँगै हाँसेकै भरमा राम्रो ठानेको नठान्नुहोला । जसले राम्रो काम गरेर राम्रो नतिजा दिन्छ । त्यसमा आभारी हुनेछु ।’उनले पर्यटन क्षेत्रको दिगो विकासका लागि प्रभावकारी रुपमा योजना तथा कार्यक्रम अघि बढाउने बताएका छन् ।

सिंहदरबारमा आज पदबहाली गर्दै मन्त्री आलेले प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपालको सम्पदा र संस्कृतिको जगेर्ना गर्दै पर्यटन प्रवद्र्धनमा जुट्ने बताए। पर्यटनमन्त्री आलेले नेपाललाई विश्वकै पर्यटनको आकर्षक गन्तव्यको रुपमा विकास गर्न खरो रुपमा उत्रनुपर्ने खाँचो औँल्याए ।

मन्त्रालयअन्तर्गत नेपाल प्रज्ञा प्रतिष्ठान, पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोषलगायतलाई प्रभावकारी बनाइने तथा नेपाल पर्यटन बोर्ड र राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स० लाई सुदृढ गरिने उनको भनाइ छ । आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिइनुका साथै आन्तरिक र अन्तरराष्ट्रिय विमानस्थललाई सुदृढ र प्रभावकारी रुपमा सञ्चालन गरिने मन्त्री आलेले विश्वास व्यक्त गरे ।

पर्यटनमन्त्री आलेले भैरहवामा निर्माणधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको यथाशीघ्र सञ्चालन गर्ने प्रतिवद्धता जनाए । उनले धनगढी विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलको रुपमा विकास गर्न आवश्यक प्रक्रिया अघि बढाइने पनि जानकारी र्दिएका छन् ।

आलेले नेपाल वायुसेवा निगमलाई सबल र प्रभावकारी बनाउने बताउँदै यसको सेवालाई जनमुखी बनाउन पहल गरिने बताए । उनले नियमित उडान नगराई जहाज घाममा सुतिरहेको र बेलैमा जहाज उडाउन नसकेकोमा असुन्तुष्टि पोखे ।

‘यो तालले पर्यटन मन्त्रालय चलाउन सकिँदैन । वाइडबडीको मात्रै २७र२८ अर्ब ऋण छ । तर, हाम्रा जहाज घाममा सुतिरहेका छन् । जहाज घाममा सुकाएर पैसा त आउँदैन, त्यसलाई युज गर्नु पर्‍यो । उडाउनु पर्‍यो,’ उनले भने ।

आले वन तथा वातावरण मन्त्रीको जिम्मेवारी सम्हालिसकेका नव नियुक्त पर्यटनमन्त्री आले नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी का नेता हुन्। उनी गत निर्वाचनमा डोटीबाट प्रत्यक्ष निर्वाचित सांसद थिए।

पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले मन्त्रालय र अन्तर्गतका निकायको काम कारबाहीलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्रीलाई सहयोग गर्ने प्रतिबद्धता जनाए । पदबहालीपछि आयोजित स्वागत कार्यक्रमा मन्त्रालयअन्तर्गतका निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

प्रचण्ड र माधवको एउटै प्रस्तावले प्रधानमन्त्री देउवाको तात्यो पारो, देशभरका एमालेहरुलाई बनायो उत्साहित !

उनीहरुबीच नौपचारिकरुपमा गरिएको यो प्रस्तावले प्रधानमन्त्री अप्ठेरोमा परेको बताइएको छ । आर्थिक भार कम हुने भन्दै दुई नेताले यस्तो प्रस्ताव गरेका हुन् ।

सबैको ध्यान चुनावको मितितर्फ गइरहेका बेला एमाले र कांग्रेसबीच भयो बोल्ड सहमती, के गर्लान् अब प्रचण्ड र माधव ?

एमालेका केन्द्रीय सदस्य निरज आचार्य स्थानीय तह चुनावको सम्मुखमा आएर तीन तहको निर्वाचन एकैपटक भन्ने बहस गर्नु निर्वाचन भाँड्ने प्रयोजनबाहेक केही नहुने बताउँछन् ।

पाँच दलीय गठबन्धन चुनावबाट नभागेको भन्दै चुनावको मिति घोषणा गरेको छ !

विपक्षी दल नेकपा एमालेले सत्तासीन दल स्थानीय तहको चुनावबाट भागेको आरोप लगाइरहेको बेला मन्त्री खतिवडाको यस्तो भनाइ आएको हो ।

एमाले सचिवालय सदस्यले नै छाडे पार्टी, दलबलसहित माधवको एसमा प्रवेश गर्ने घोषणा

उनले ओलीमा दम्भ र आडम्बर देखिएको तथा पार्टी प्रतिगमनकारी एवम् दक्षिणपन्थी भासमा भासिएको भन्दै अनेरास्ववियु जिल्ला कमिटी जुम्लाका सचिवालय सदस्यले एमाले परित्याग गरेका हुन् ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।

ट्रेन्डिङ समाचार

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

लिपुलेक विवादमा देउवा सरकार ढिलै बोलेपनि कडा बोल्यो, पत्रकार सम्मेलनबाटै यसो भन्दिएपछि हल्लियो दिल्ली !

महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

सरकारले बतासलाई ३ करोड क्षतिपूर्ति दिने तयार

रेस्टुरेन्ट संचालनका लागि करीब तीन करोड खर्च गरेर बनाइएको संरचना विभागीय मन्त्री प्रेम आलेले नै भत्काइदिएका थिए ।

ताजा समाचार

Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App