spot_img

विश्वकप छनोटमा जर्मनीको पुनरागमन जित

विश्वकपको युरोपियन छनोट अन्तर्गत शुक्रबार राति भएको खेलमा जर्मनीले रोमानियामाथि पुनरागमन जित हात पारेको छ । समूह ‘जे’ को खेलमा एक गोलले पछि परेको स्थिति उल्टाएर जर्मनीले रोमानियालाई २-१ ले पराजित गरेको छ ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

Germany

नेपाल अनलाइन पत्रिका – काठमाडौं। विश्वकपको युरोपियन छनोट अन्तर्गत शुक्रबार राति भएको खेलमा जर्मनीले रोमानियामाथि पुनरागमन जित हात पारेको छ । समूह ‘जे’ को खेलमा एक गोलले पछि परेको स्थिति उल्टाएर जर्मनीले रोमानियालाई २-१ ले पराजित गरेको छ ।

खेलको नवौँ मिनेटमै इयानिस हागीले गोल गर्दै रोमानियालाई अग्रता दिलाएका थिए । ५२औं मिनेटमा सर्जी जीनाब्रीले जर्मनीका लागि बराबरी गोल फर्काए । ८१औं मिनेटमा थोमस मुलरले जर्मनीका लागि विजयी गोल गरे ।

जितपछि सात खेलबाट १८ अंक जोडेको जर्मनी समूह जे को शीर्ष स्थानमा छ । समान खेलबाट १० अंकसहित रोमानिया चौथो स्थानमा छ । यसै समूहको अर्को खेलमा नर्थ मेसेडोनियाले लिचेस्टाइनलाई ४-० ले पराजित गरेको छ । आइसल्याण्ड र अर्मेनियाले १-१ को बराबरी खेलेका छन् । नर्थ मेसेडोनिया १२ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ ।

यस्तै समूह ‘जी ‘को खेलमा नेदरल्याण्ड्सले लात्भियालाई १-० ले पराजित गरेको छ । नेदरल्याण्ड्सका लागि डेभी क्लासेनले एक मात्र गोल गरे ।

जितपछि सात खेलबाट १६ अंकसहित नेदरल्याण्ड्स समूह जी को शीर्ष स्थानमा छ । अर्को खेलमा नर्वे र टर्कीले १-१ को बराबरी खेलेका छन् । नर्वे १४ अंकसहित दोस्रो र १२ अंक रहेको टर्की तेस्रो स्थानमा छ ।

यसैगरी समूह एचको खेलमा क्रोएसियाले साइप्रसलाई ३-० ले पराजित गर्दा स्लोभेनियाले माल्टालाई ४-० र रुसले स्लोभाकियालाई १-० ले पराजित गरेको छ ।

क्रोएसिया ७ खेलबाट १६ अंक जोड्दै शीर्ष स्थानमा छ भने समान अंक रहेको रुस दोस्रो स्थानमा छ । स्लोभेनिया १० अंक जोडेर तेस्रो स्थानमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार