spot_img

जलन हुन्छ तिम्री सुन्दर श्रीमती देखेर – भन्दा अभिषेकले दिए यस्तो जवाफ

ऐश्वर्या राय र अभिषेक बच्चन १४ वर्ष देखि निकै सुन्दर वैवाहिक जीवन बिताइ रहेका छन् । यी दुई एक छोरी आराध्याका अभिभावक हुन् ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

Abishek Bachhan

नेपाल अनलाइन पत्रिका – काठमाडौं। ऐश्वर्या राय र अभिषेक बच्चन १४ वर्ष देखि निकै सुन्दर वैवाहिक जीवन बिताइ रहेका छन् । यी दुई एक छोरी आराध्याका अभिभावक हुन् । हुन त ऐश्वर्या र अभिषेक बच्चनले थुप्रै फिल्ममा काम गरेका छन् तर गुरु बाहेक यी दुईका फिल्मले खासै कमाल गर्न सकेनन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

यसै कारण थुप्रै पटक अभिषेक बच्चन लाई उनको अभिनयका लागि पनि ट्रोल गरिन्छ । केही महिना अघि अभिषेकको फिल्म ‘द बिग बुल’ आएको थियो ।यसको ट्रेलर लञ्चमा एक व्यक्तिले अभिषेक बच्चनकी श्रीमती ऐश्वर्या रायको विषयमा केही निजी कमेन्ट गरेका थिए जसमा अभिषेकले जवाफ फर्काएका थिए ।

वास्तवमा द बिग बुलको ट्रेलरमा कमेन्ट गर्दै एक व्यक्तिले लेखे, ‘तिमी कुनै पनि काममा राम्रो छैनौ साथी । तिम्रो एकमात्रै चिज छ, जसमा मलाई जलन हुन्छ र त्यो हो तिम्री सुन्दर श्रीमती । हुन त तिमी यसको पनि लायक थिएनौ ।’

यी व्यक्तिको कमेन्ट देखेर अभिषेक बच्चन असाध्यै रिसाए । उनले पनि आफ्नै शैलीमा उनलाई जवाफ फर्काए ।अभिषेक बच्चनले जवाफमा लेखेका थिए – तर म यो थाहा पाउन आतुर छु कि तपाईंले कसको बारे कुरा गरिरहनु भएको छ ?

किनभने तपाईंले त धेरैलाई नै ट्याग गर्नुभएको छ । मलाई इलियाना डिक्रुज र निक्कीको विवाह भई नसकेको बारे त थाहा छ । त्यसैले म, अजय कुकी र सोहम बाँकी भयौँ ।

डिज्नी प्लसको वैवाहिक स्थितिबारे पनि चेक गर्नुपर्छ जस्तो लाग्यो ।’यसअघि अभिषेक बच्चन आफ्ना पिता अमिताभ बच्चनसँग तुलना गरिएकोमा र अभिनयको विषयमा पनि ट्रोल भइसकेका छन् ।

केही महिना अघि एक सोसल मिडिया प्रयोगकर्ताले अभिषेकजस्तै देखिने एक किसानको फोटो सेयर गरेर अभिषेक ‘बच्चन’ भएकोमा प्रश्न उठाएका थिए । उनले फोटोको क्याप्सनमा लेखेका थिए – यदि अभिषेक बच्चन नभइदिएका भए…

यो पनि पढ्नुहोस ! जब करीना कपूरले ‘सीता’को भूमिका निभाउन १२ करोड मागेपछी…

एजेन्सी । अभिनेत्री करीना कपूरले नयाँ फिल्मका लागि १२ करोड माग्नुको कारण महिलाप्रतिको सम्मानका लागि भएको बताएकी छन् ।उनले निर्देशक अलौकिक देसाईको आगामी फिल्म ‘सीता’ को भूमिकाका लागि उनले १२ करोड पारिश्रमिक मागेकी हुन् ।

उनले १२ करोड मागेपछि उनको निकै चर्चा भएको थियो ।रामायण’ को कथामा आधारित उक्त फिल्ममा उनले धेरै पारिश्रमिक मागेको भन्दै आलोचना हुन थालेपछि करीनाले यसको जवाफ दिएकी छन् ।

उनले भनिन्, ‘केही वर्ष अगाडिसम्म कुनै पनि फिल्मका लागि महिला वा पुरुष कलाकारका लागि समान पारिश्रमिक दिने विषयमा कुराकानी गर्दैनथेँ । पछिल्लो समय धेरै व्यक्तिहरुले यस विषयमा बेवास्ता गर्न थालेका छन् ।

यो पारिश्रमिक माग्नुभन्दा पनि महिलाहरुप्रति सम्मानको विषय हो ।’रिपोर्टका अनुसार करीनाले यस पौराणिक कथाका लागि ‘सीता’ को भूमिका निभाउन ८ देखि १० महिनाको तालिम लिने छिन् ।

यो फिल्म करीनाका लागि करियरकै सबैभन्दा ठूलो फिल्म हुनेछ ।सीता’ को भूमिका करीनाले निभाउने भएपछि धर्मका विषयलाई पनि जोडेर विरोध गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

ट्रेन्डिङ समाचार

ताजा समाचार