spot_img

अब दुई सिफ्टमा काम गर्नुपर्ने सर्त थपिने, निर्माण ठेक्कामा

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले विकास निर्माणका कामको ठेक्का लगाउँदा नै कागजातमा दिउँसो र राती गरी २ सिफ्टमा काम गर्नुपर्ने सर्त थपिने बताएका छन् ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

News

नेपाल अनलाइन पत्रिका – काठमाडौं। अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले विकास निर्माणका कामको ठेक्का लगाउँदा नै कागजातमा दिउँसो र राती गरी २ सिफ्टमा काम गर्नुपर्ने सर्त थपिने बताएका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

बजेट कार्यान्वयनबारे राष्ट्रिय योजना आयोगसँग अर्थ मन्त्रालयले गरेको छलफल क्रममा मन्त्री शर्माले ठेक्कामा राखिने नयाँ सर्तबारे बताएका हुन् ।

‘दिनमा एक सिफ्ट मात्र काम गरेर पुँजीगत खर्च बढाउन सकिँदैन । पुँजीगत खर्च भएन भने आर्थिक वृद्धिदर लक्ष्य हासिल गर्न कठिन हुन्छ । विकास निर्माणको काम पनि तोकिएको समयमा सम्पन्न हुँदैन,’ मन्त्री शर्माले भने, ‘रात्रि सिफ्टमा बत्ती बालेर भएपनि काम गर्नुपर्‍यो, हामीले पनि बेला बेला नसुतेरै भएपनि अनुगमन गर्नुपर्‍यो ।’

निर्माण कम्पनीलाई उसको कार्यक्षमताभन्दा बढी संख्यामा ठेक्का दिएर पनि आयोजनाहरू अलपत्र परेको भन्दै उनले यसको अन्त्य गर्न कानुन सच्याउने तयारी भइरहेको जानकारी दिए । आयोजना बन्नै नसक्ने गरी न्यून कबोल गरेर ठेक्का हात पार्ने, तर काम नगरेर आयोजना लथालिङ्ग पार्ने परिपाटीको समेत अन्त्य गरिने पनि मन्त्री शर्माले दाबी गरे ।

उनले हाल बन्द रहेका सरकारी स्वामित्वका उद्योगहरू संचालन गर्नेगरी तयारी भैरहेको जानकारी समेत दिए । धागो उद्योग, कपडा उद्योग, रबर उद्योग, चुरोट कारखानालगायतका बन्द अवस्थाका उद्योगहरू नयाँ मोडालिटी बनाएर संचालन गरिने शर्माले बताएका हुन् ।

‘पढ्दै कमाउँदै’ कार्यक्रम प्राविधिक विधाका विद्यालयहरूमा सुरु गर्ने, सहकारीले कम्पनी खोलेर लगानीको ५० प्रतिशत उत्पादनको क्षेत्रमा लगाउने जस्ता कार्यक्रमहरू तत्काल सुरु गर्ने गरी प्रक्रिया अघि बढाउन आवश्यक सहजीकरण गर्न पनि अर्थमन्त्री शर्माले निर्देशन दिएका छन् ।

यस्तै श्रम सहकारीहरू मार्फत १० करोड रुपैयाँसम्मको सार्वजनिक निर्माण कार्य गर्न पाउने कार्यविधि चाँडै टुङ्गो लगाएर काम सुरु गरिने उनले जानकारी दिए । यसबाट देशमा थप ५ लाख रोजगारी सृजना हुने शर्माले दाबी गरे । उपभोक्ता समितिहरूबाट गर्नुभन्दा श्रम सहकारीहरूबाट यस्तो काम गर्नु संस्थागत हुने र वास्तविक श्रमिकहरू लाभान्वित हुने उनको भनाइ छ ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले निर्माण व्यवसायीहरूको वास्तविक क्षमता जाँचेर मात्र ठेक्का दिने प्रणाली बसाल्नुपर्नेमा जोड दिए । सीमित निर्माण व्यवसायीहरूको हातमा मात्र ७० प्रतिशत आयोजनाहरू सुम्पने प्रचलनको अन्त्य नगरेसम्म विकासले गति नलिने उनले तर्क गरे ।

‘भएभरका आयोजनाहरू सीमित ठेकेदारहरूको हातमा सुम्पने, उनीहरूले सरकारलाई समेत नटर्ने, वर्षौंसम्म आयोजनाहरू नबनाएर बस्ने, अनि कसरी बढ्छ त पुँजीगत खर्च ?’ पौडेलले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार