spot_img

आणविक बम बनाएर भारतलाई टक्कर दिने पाकिस्तानी वैज्ञानिकको निधन

पाकिस्तानका चर्चित आणविक वैज्ञानिक डा. अब्दुल कदिर खानको निधन भएको छ । आइतबार ८५ वर्षको उमेरमा खानको निधन भएको पाकिस्तानी समाचार माध्यमले जनाएका छन् ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

Dr.Aabdul kadir

नेपाल अनलाइन पत्रिका – काठमाडौं। पाकिस्तानका चर्चित आणविक वैज्ञानिक डा. अब्दुल कदिर खानको निधन भएको छ । आइतबार ८५ वर्षको उमेरमा खानको निधन भएको पाकिस्तानी समाचार माध्यमले जनाएका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

इस्लामावादस्थित एक अस्पतालमा खानको निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

पाकिस्तानी राष्ट्रपति डा. अरिफ अलभीले खानको निधनबाट आफू निकै मर्माहत भएको बताएका छन् । खानको योगदान सँधै स्मरण गरिने पनि अलभीले बताए । ‘उहाँले राष्ट्रलाई सुरक्षित राख्ने आणविक हतियार विकास गर्नमा सघाउनु भयो र उहाँको सेवाप्रति हामी सँधै आभार हुनेछौं’, अलभीले भने ।

सन् १९३६ मा भारतको भोपालमा जन्मिएका खान विभाजनपछि पाकिस्तान गएका थिए । उनलाई पाकिस्तानको आणविक कार्यक्रममा पिता समेत मानिन्छ । भारतले आणविक परीक्षण गरेपछि उनकै सहयोगमा पाकिस्तानले आणविक कार्यक्रम सुरु गरेको थियो ।

भारतले सन् १९७४ मा गरेको ‘स्माइलिङ बुद्ध’ नामक आणविक परीक्षण गरेलगत्तै पाकिस्तानले समेत आणविक बम बनाउनु पर्ने भन्दै खानले आवाज उठाएका थिए । सन् १९७६ मा पाकिस्तानको आणविक बम कार्यक्रममा सामेल भएका उनको महत्वपूर्ण योगदानपछि पाकिस्तानले सफलतापूर्वक आणविक परीक्षण गरेको थियो ।

लामो अनुसन्धान र प्रयोगपछि पाकिस्तानले १९९८ मा पहिलो पटक ‘चागाइ-१’ नामक आणविक परीक्षण गरेको हो । भारतले दोस्रो पटक ‘पोखरन-२’ आणविक परीक्षण गरेपछि जवाफस्वरुप पाकिस्तानले उक्त परीक्षण गरेको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार