spot_img

नेइमार: कतार विश्वकप मेरा लागि अन्तिम हुनसक्छ

ब्राजिलका फुटबल स्टार नेयमारले कतारमा हुने विश्वकप फुटबल आफ्नो अन्तिम विश्वकप हुन सक्ने बताएका छन् ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

naymer

नेपाल अनलाइन पत्रिका – काठमाडौं। ब्राजिलका फुटबल स्टार नेयमारले कतारमा हुने विश्वकप फुटबल आफ्नो अन्तिम विश्वकप हुन सक्ने बताएका छन् । २९ वर्षका नेयमारले मानसिक पक्षको कारण आफ्ना लागि कतार विश्वकप अन्तिम हुन सक्ने बताएका हुन् । यद्यपि शारीरिक हिसाबमा भने आफू अझै पनि सबल रहेको उनको भनाइ छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

भिडियो स्ट्रिमिङ सर्भिस डीएजेएनलाई दिएको अन्तर्वार्तामा उनले भने, ‘मलाई २०२२ को कतार विश्वको मेरो अन्तिम विश्वकप हो कि जस्तो लाग्छ । किनकी त्यसपछि पनि फुटबल खेल्न मसँग मानसिक क्षमता हुन्छ कि हुँदैन भन्ने थाहा छैन ।’

कतार विश्वकपबारे उनले अघि भनेका छन्, ‘राम्रो लयमा रहन, देशलाई जिताउन र आफू सानो हुँदादेखिको सपना पूरा गर्न सबै प्रयास गर्नेछु र मलाई यो पूरा गर्न सक्छु जस्तो लाग्छ ।’

कुराकानीका क्रममा नेइमारले सन् २०१४ को विश्वकपमा आफ्नो ढाडमा चोट लागेको घटना पनि सम्झिए । ‘यो मेरो जीवनको सबभन्दा खराब घटनामध्ये एक हो । यसले मेरो विश्वकप खेल्ने सपना ध्वस्त पार्‍यो, सेमिफाइनल, फाइनल खेल्नका लागि म एक पाइला पनि अघि बढ्न सकिनँ । म अनियन्त्रित भएर रोएको थिएँ’, उनले सम्झिए ।

‘उनीहरुले मलाई अस्पताल लगेका थिए । डक्टरले मलाई हेरेर भने – मसँग दुईटा समाचार छ, एउटा खुसीको र अर्को दुःखको । तपाईँ पहिला के सुन्न चाहनुहुन्छ ? मैले भने मलाई खराब समाचार सुनाउनुहोस्’, नेइमार भन्छन्, ‘उनले भने– तपाईं विश्वकपबाट बाहिरिनुभएको छ । रुँदै मैले सोधेँ, खुसीको समाचार के हो ? उनले भने–यदि यो चोट दुई सेन्टिमिटर साइडमा हुन्थ्यो भने तपाईं पुनः हिँड्न सक्नुहुन्नथ्यो ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

ट्रेन्डिङ समाचार

ताजा समाचार