spot_img

ओली र प्रचण्ड फेरि नाटकीय रुपमा एक हुदैँछन्, एकाएक तात्यो चीन

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नाटकीय रुपमा एमाले र माओवादी एक गराउन चीन मैदानमा उत्रिएको छ । चिनियाँ राजदूत होउ यान्छीले नेकपा एमाले र माओवादी केन्द्रलाई फेरि पनि मिलेर अगाडि बढ्न सुझाव दिएकी छन्। केही महिनाअघि मात्रै नेकपा विभाजन गरी पुरानै एमाले र माओवादी केन्द्रका नाममा सक्रिय भएका दुई कम्युनिस्ट पार्टीलाई राजदूत होउले फेरि मिल्न सुझाव दिएकी हुन्।***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

मंगलबार नेपाल डायलग फोरमले भर्चुअल रुपमा आयोजना गरेको छलफलमा राजदूत होउले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाम लिएर भनिन्, ‘नेपाली जनताको आर्थिक विकासको आकांक्षा पुरा गर्न तपाईंहरु मिल्न आवश्यक छ।’

यसअघि एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गराउन र कम्युनिस्ट सरकार बनाउन चीन सक्रिय भएको आरोप लागेको थियो। नेकपाभित्र ओली र प्रचण्डबीच द्वन्द्व बढिरहेका बेला राजदूत यान्छीले शक्ति बाँडफाँड गरेर सरकार र पार्टी एकता जोगाउन सुझाव दिएकी थिइन्।

एमाले र माओवादी केन्द्र बेग्लाबेग्लै सक्रिय भएपछि चीनको तर्फबाट पुनः मिलेर अगाडि बढ्न सार्वजनिक रुपमा सुक्राव आएको सम्भवतः यो पहिलो पटक हो।

चिनियाँ राजदूत सहभागी भएको यो कार्यक्रममा ओली र प्रचण्ड भने सहभागी थिएनन्। एमालेका नेता प्रदिप ज्ञवाली र माओवादीका नेता शक्ति बस्नेतले कार्यक्रममा मन्तव्य दिँदै स्थापना भएको एक सय वर्षमा चिनियाँ कम्युनिस्ट पार्टीले गरेको प्रगती र नेपाल–चीन सम्बन्धबारे चर्चा गरे।

एमाले र माओवादीका नेता–कार्यकर्ता सहभागी कार्यक्रममा राजदूत होउले नेपाल–चीनबीच पार्टी–पार्टी र नागरिक–नागरिकबीचको सम्बन्ध अझै बलियो बनाउनु पर्ने बताएकी थिइन्।

चिनियाँ कम्युनिष्ट पार्टीले एक वर्ष पुरा गरेको उपलक्ष्यमा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डले पठाएको शुभकामना सन्देशप्रति उनले धन्यवाद दिइन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार