spot_img

साफ च्याम्पियनसिप : बंगलादेशलाई रोक्दै फाइनलमा स्थान बनाउने यस्तो छ नेपाली टोलीको रणनीति

‘सर्वप्रथम नेपालीहरुको महान पर्व बडादसैँको सम्पुर्णमा शुभकामना,’ किरणले भने, ‘बंगलादेशविरुद्धको खेलका लागि हामीले सम्पूर्ण तयारी गरिसकेका छौं । आशा छ टोलीले राम्रो प्रदर्शन गर्दै फाइनलमा स्थान बनाउने छ ।’

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

nepali football

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले बंगलादेशविरुद्ध जितका साथ साफ च्याम्पियनसिपको फाइनल प्रवेश गर्नेमा विश्वस्त रहेको बताएका छन् । नेपालले बुधबार राउन्ड रोबिनको अन्तिम खेलमा बंगलादेशविरुद्ध खेल्दैछ । बंगलादेशविरुद्ध बराबरीले मात्र पनि नेपाल शीर्ष दुईमा रहँदै फाइनल प्रवेश गर्नेछ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

‘सर्वप्रथम नेपालीहरुको महान पर्व बडादसैँको सम्पुर्णमा शुभकामना,’ किरणले भने, ‘बंगलादेशविरुद्धको खेलका लागि हामीले सम्पूर्ण तयारी गरिसकेका छौं । आशा छ टोलीले राम्रो प्रदर्शन गर्दै फाइनलमा स्थान बनाउने छ ।’

पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १-० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३-२ ले पराजित गरेको थियो । तेस्रो खेलमा भने नेपाल भारतसँग निराश भएको थियो ।

नेपाल तीन खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा छ । समान तीन खेलमा समान ६ अंक जोडेको माल्दिभ्स दोस्रो स्थानमा छ । भारत पाँच अंकसहित तेस्रो स्थानमा छ भने बंगलादेश चार अंक बटुल्दै चौथौ स्थानमा छ । अंकविहीन श्रीलंका अन्तिम स्थानमा छ ।

‘हामीले टोली रणनीतिअनुसार नै भारतविरुद्ध धेरै रक्षात्मक खेल्यौ । बंगलादेशको खेल हाम्रा लागि महत्वपूर्ण छ र हामी स्पष्ट तीन अंकका लागि खेल्छौ,’ श्रेष्ठले भने, ‘प्रतियोगितामा शीर्ष चार प्रवेश गर्नका लागि सबै टोलीको सम्भावना बाँकी छ । अन्य टोली (माल्दिभ्स, भारत र बंगलादेश) जित्नै पर्ने दबाबमा भए पनि हामीलाई एक अंकमात्र पनि फाइनल प्रवेशका लागि पर्याप्त बन्नेछ ।’

नेपालसँगको हार वा बराबरीले बंगलादेशको फाइनल प्रवेश गर्ने लक्ष्यमा पूर्णविराम लाग्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार