spot_img

बुटवल काण्डमा गोली हान्न आदेश दिने यी हुन् प्रजिअ तिवारी

गत चैत्रमा तत्कालीन अर्थमन्त्री बिष्णु पौडेलले औद्योगिक क्षेत्र घोषणा गर्दा प्रतिकार गरेका स्थानीय र प्रहरीबीच झडपहुँदा रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा चार जनाले ज्यान गुमाउनुपरेको छ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

Prajia Tiwari

नेपाल अनलाइन पत्रिका – काठमाडौं। गत चैत्रमा तत्कालीन अर्थमन्त्री बिष्णु पौडेलले औद्योगिक क्षेत्र घोषणा गर्दा प्रतिकार गरेका स्थानीय र प्रहरीबीच झडपहुँदा रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा चार जनाले ज्यान गुमाउनुपरेको छ। स्थानीय र प्रहरीबीच भएको झडपमा प्रहरीका जवान पनि घाइते भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ऋषिराम तिवारीले जानकारी दिए। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

विगतदेखि नै त्यो ठाउँमा समस्या थियो। स्थानीय प्रशासनले अवैध क्रियाकलाप नगर्न निर्देशन दिँदै आएको पनि थियो। त्यो हुँदा हुँदै पनि अतिक्रमण बढिरहेका कारण भदौ २८ स्थितिलाई नियन्त्रण गर्न चार किल्ला तोकेर निषेधित क्षेत्र घोषणा पनि गरेका थियौं।

निषेधित क्षेत्र घोषणा भइरहेका बेला पनि विभिन्न जिल्लाहरुबाट, असम्बिन्धित क्षेत्रबाट पनि ठूलो संख्यामा मानिसहरु आएर अतिक्रमण गर्ने प्रयासहरु भइरह्यो। खासगरी सरकारी जग्गामा टहराहरु बन्न थालेपछि सुरक्षा निकायहरु परिचालन गरेर त्यसलाई हटाउने काम पनि विगतदेखि गरिआएका थियौं। सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न परिचालित भएका थियौंं।

असोज २४ गते अस्थायी रुपमा सशस्त्र प्रहरी क्याम्प स्थापना गर्ने र त्यहाँ भएका टहराहरु हटाउने तयारी भइरहेको अवस्था थियो। त्यो अवस्थामा ठूलो संख्यामा जग्गा अतिक्रमण गर्नेहरुको भीड जम्मा भएर सुरक्षाकर्मी लक्षित ढुङ्गामुडाहरु प्राहर हुन पुग्यो। सुरक्षाकर्मीले आत्मरक्षाको लागि सामान्य बल पनि प्रयोग गर्‍यो।

सुरक्षाकर्मीले बल प्रयोग गर्नेबेलासम्म धेरै सुरक्षाकर्मी घाइते भइसकेका थिए। त्यसपछि अश्रुग्यास पनि सुरक्षाकर्मीले प्रयोग गरे। अश्रुग्यासले तितरवितर भएका अतिक्रमणकारीहरु पुनः भेला भएर सुरक्षाकर्मी लक्षित आक्रमण गर्न थाले। त्यो आक्रमणका बेला सुरक्षाकर्मीमाथि पेट्रोलबमसमेत प्रहार भएको थियो।

पेट्रोलबम नै प्रहार भएपछि सुरक्षाकर्मीले आत्मरक्षाका लागि हवाई फाइरको प्रयोग गर्‍यो। हवाइ फाइर भएपछि पनि अतिक्रमणकारीबाट निरन्तर प्रहार भएपछि गोली पनि चलाउनु पर्ने अवस्था सृजना भएको हो।

घाइते र मृतकहरुको ठेगानालाई आधार मान्ने हो भने, संचार माध्याममा आएका सूचनालाई हेर्नेहो भने धेरै जसो व्यक्तिहरु रुपन्देही बाहिरबाट आएको पाइन्छ। वास्तविक सुकुम्बासी हुन वा होइनन् भन्ने कुरा पहिचान गरेर थाहा हुन्छ।

वास्तविक सुकुम्बासी हुन भने पनि होइनन् भने पनि प्रदेश सरकारले बनाएको छानबिन समितिले छानबिन गरेपछिमात्र भन्न मिल्छ अहिले मिल्दैन। त्यसका बाबजुद पनि स्थानीय भन्दा बाहिरी जिल्लाहरुबाट प्रवेश गरेको देखिएको छ।

बाहिरबाट मानिसहरु आएर त्यसरी प्रशासन, सुरक्षाकर्मी लगायतमाथि जाइलाग्नुको कारण योजनाबद्ध तरिकाले संगठित भएर नै जग्गा कब्जा गर्न लागेको भन्ने बुझिन्छ। यसरी योजनाबद्ध तरिकाले बाहिरबाट आएर आक्रमण गर्न थालेपछि सुरक्षाकर्मीसँग पनि बिकल्प रहेन।

हामीले सुरक्षाकर्मीलाई संयमित हुन भनिरहेका थियौँ। लामो समयसम्म त सुरक्षाकर्मीले आफू संयम भएर नै आक्रमणको प्रतिकार गर्नु भएको हो। तर, त्यो भन्दा ठूलो क्षति हुने अवस्था सिर्जना भएपछि सुरक्षाकर्मीको तर्फबाट गोली चलेको देखिन्छ।

यो सुरक्षाकर्मीको बाध्यात्मक अवस्था हो। यदि त्यो कारवाही नभएको भए सुरक्षाकर्मी तर्फपनि ठूलो असर पर्ने देखिन्छ। अरु जिल्लाहरुमा सुरक्षाकर्मी परिचालनको अवस्थालाई अध्ययन गर्ने हो भने पनि अन्तिम अवस्थामा मात्र त्यो कारवाहीमा सुरक्षाकर्मीहरु पुग्ने गरेका छन्।

मोतिपूर औधोगिक क्षेत्रमा कफ्र्यू जारी नै छ। हामीले जुन चार किल्ला तोकेर सूचना जारी गरेका छौं त्यो भित्र कफ्र्यू जारी राखेका छौं र अहिले स्थिति सामन्यकरण गर्ने तर्फ हाम्रो प्रयास पनि भइरहेको छ। हिजो र अस्ति दुई दिन सर्वदलीय बैठक बसेर समस्या समाधान गर्ने विषयमा छलफल पनि गरेको छ। त्यो बैठकहरुका कारण पनि अहिले अवस्था सामान्य हुँदै गएको छ।

विवाद आएको स्थानको केही तल्लो भागमा लामो समयदेखि बस्दै आएका र जग्गा धनी पूृर्जासमेत भएकाहरुलाई के गर्ने भन्ने विषयमा प्रदेश सरकारको समिति गठन भएर अध्यायन भइरहेको छ। हामीले पनि सुक्ष्म अनुसन्धान गरिरहेका छौं। आवश्यक्ता अनुसार अझै पनि थप सजगता अपनाउने तयारीमा छौं।

गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन भन्दै संसदमा एमाले सांसदको नाराबाजी:सोमबार बसेको बसेको प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरुले ‘गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन’ भन्दै नाराबाजी गरेका छन् ।चालू नवौँ अधिवेशनको पहिलो बैठकदेखि नै एमाले सांसदहरूले नाराबाजी गर्दै आइरहेका छन् ।

सोमबार पनि रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले ‘देश लुट्न पाइँदैन, गोली हान्न पाइँदैन जनता मार्न पाइँदैन’ भन्दै नाराबाजी गरेका हुन्। हिजो आइतबार रुपन्देहीको बुटबलमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा ४ जनाको मृत्यु भएको थियो।

सरकारले औद्योगिकरण गर्न खोजिएको जग्गा कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुबाट आएका मानिसहरुले हडप्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो।

नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा कार्यसूचीमा प्रवेश गराएका छन्। आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदमाथि कारबाहीको सूचना टाँस नगरेको भन्दै एमाले सांसदले सभामुख सापकोटाको विरोध गर्दै आएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार