spot_img

आफ्नै महासचिवले बोल्ने ढंग नपुर्याउदा आपत माधव नेपालमाथि !

नेकपा ९एकीकृत समाजवादी० का महासचिव डा। वेदुराम भुसालले बोल्ने ढंग नपुर्यादा माधव नेपाललाई टेन्सन भएको छ ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

madhav nepal

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा ९एकीकृत समाजवादी० का महासचिव डा। वेदुराम भुसालले बोल्ने ढंग नपुर्यादा माधव नेपाललाई टेन्सन भएको छ । उनले प्रधानन्यायधीश चोलेन्द्र शमशेर विवादमा मिसिएको बिषयमा खुल्लमखुल्ला अभिव्यक्ती दिएका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. वेदुराम भुसालले पार्टीले जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई नै मन्त्री बनाएको बताउँदै यसलाई विवादित भन्नु उचित नहुने दाबी गरेका छन् । विगतमा पुष्टि नहुने कुनै आरोप लाग्यो भन्दैमा जिम्मेवारी नदिने भन्ने नहुने उनको जिकिर छ ।

आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै महासचिव डा. भुसालले भने, “माधवकुमार नेपालले गोजीबाट निकालेर मन्त्री बनाउनुभएको होइन । बकाइदा ११ सदस्यीय केन्द्रीय सचिवालयले निर्णय गरेको हो । त्यसैले त्यसमा कुनै कमी कमजोरी छ भने सामूहिक जिम्मेवारी लिनुपर्छ । पक्कै पनि हामीले धेरै जनालाई पठाउन सकेका छैनौं । कतिपय कामको मूल्यांकन गरेर मन्त्री बनाएका हौं । विद्रोहको अग्रपंक्तिमा रहेका साथीहरु पार्टी निर्माणमै लागौं भन्ने कुरा छ । मन्त्री भएका सबै जना जनताबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । यसलाई विवादित भन्नु बेकार हो ।”

एमालेको बदमासीले बाग्मती प्रदेशमा दसैं अगाडि मुख्यमन्त्री बन्न नसकेको उनले आरोप लगाए । उनले भने, “संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने हो । बहुमत गुमाइसकेको अवस्थामा कति दिन टिक्छन् ? सभामुखले कात्तिक ४ गते बैठक राखेर संविधानविपरीत काम गरेका छन् ।” बाग्मती र प्रदेश १ मा एकीकृत समाजवादीको मुख्यमन्त्री बनाउन सत्ता गठबन्धनमा सहमति भइसकेको दाबी गरे ।

महासचिव डा. भुसालले गजेन्द्र हमाल कांग्रेसको कोटा मन्त्री भएको बताउँदै प्रधानन्यायाधीशको सिफारिसमा बनाएको हो कि होइन भन्ने कुरा प्रधानमन्त्रीलाई नै सोध्नुपर्ने बताए । उनले थपे, “यसबारे हामी कुनै जानकारी राख्दैनौं ।

प्रधानन्यायाधीशले हामीसँग भाग खोजेको होइन, खोजे पनि प्रधानमन्त्रीसँग खोज्नुभएको होला । गजेन्द्र हमालले कांग्रेसको पुरानो कांग्रेस हुँ भनिरहेको अवस्थामा हामीले के अन्यथा सोच्ने ?” राजदूत नियुक्तिमा भागबन्डा हुनु स्वाभाविक भएको उनको कथन छ । उनले भने, “गठबन्धन भनेकै भागबन्डा त हो नि ।” रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा गोली चलेको घटना दुःखद रहेको भन्दै उनले घटनाको छानबिन हुनुपर्ने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार