spot_img

प्रधानमन्त्री देउवा स्तब्ध

प्रधानमन्त्री शेरबहादुर देउवाले मुगु, कास्की र अछाममा भएका सडक दुर्घटनाको समाचारले आफू स्तब्ध भएको बताएका छन् ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

sher bahadur

नेपाल अनलाइन पत्रिका – काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मुगु, कास्की र अछाममा भएका सडक दुर्घटनाको समाचारले आफू स्तब्ध भएको बताएका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

मंगलबार राति सामाजिक सञ्जाल ट्वीटरमार्फत् प्रधानमन्त्री देउवाले सो समाचारले आफू स्तब्ध भएको भन्दै दुर्घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकमा परेका परिवारप्रति समवेदना प्रकट गरेका छन् । उनले ती दुर्घटनामा मृत्यु भएकाहरुका परिवारलाई उचित राहत र घाइतेहरुको उद्वार एवं निःशुल्क उपचारको व्यवस्था सरकारले गर्ने पनि बताएका छन् ।

साथै प्रधानमन्त्री देउवाले सडक दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक–निजी सवारी साधनको नियमित परीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरू अपनाउन पनि ट्वीटमार्फत् सम्बन्धित सबैको ध्यानाकर्षण गराएका छन् ।

उता मुगुमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ। २४ जनाको घटनास्थलमै, ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्‍याउने क्रममा र ४ जनाको उपचारका लागि नेपालगञ्‍ज पुर्‍याएपछि मृत्‍यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए ।

उनका अनुसार दुर्घटना गम्भीर घाइते भएका चारजना उपचारका क्रममा बाँकेको नेपालगन्ज मृत्यु भएपछि मृतकको संख्या ३२ पुगेको हो । उपचारको लागि पठाइएका १६ जना घाइतेमध्येबाट चार जनाको मृत्यु भएको उनले बताए।

‘२४ जना घटनास्थलमा र अरू थप चार जनालाई एयरपोर्ट पुर्‍याउँदैमा मृत्यु भयो। बाँकी घाइते १६ जनालाई हामीले नेपालगञ्ज र कोहलपुर पठाएका थियौं । थप चार जनाको उपचारको क्रममा मृत्यु भएको खबर आएको छ,’ उनले भने ।

घटनास्थलमा मृत्यु भएकामध्ये १६ जना पुरूष, ७ जना महिला र १ जना बालक छन् । नेपालगञ्जमा अहिले १२ जनाको उपचार भइरहेको प्रहिले जनाएको छ ।

३ जना गाडीबाट हाम फालेको र २ जना दुर्घटना हुनुभन्दा केही समय अघि ओर्लिएको प्रहरीले बताएको छ । नेपालबाट सुर्खेत हुँदै मुगुका लागि गएको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो पौने २ बजेतिर दुर्घटनामा परेको थियो । प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले चालक दलबहादुर रावलको मात्र सनाखत भएको बताए ।

प्रहरीले चालकको सिटमुनिको टायर पञ्चर भई दुर्घटना भएको हुनसक्ने अनुमान गरेको छ । यद्यपि दुर्घटनाको कारण थप अनुसन्धानबाट मात्र यकिन हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बस सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो । नेपालगञ्जबाट सोमबार छुटेको उक्त बसमा ४५ यात्रु सवार थिए ।

घाइतेलाई सुर्खेत बेस क्याम्पमा रहेको नेपालीको सेनाको हेलिकप्टर र समिट एअर विमानमार्फत नेपालगञ्ज पुर्‍याइएको थियो । मृतक मुगुको गमगढी, छायाँनाथ रारा नगरपालिका क्षेत्रकै बढी रहेको बताइएको छ ।

दुर्घटनालगत्तै मुगुबाट प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतसहित सुरक्षा निकायका प्रमुख उद्धारका लागि खटिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार