spot_img

हुम्लाको सिमकोटमा एक महिनादेखि टेलिफोन अवरुद्ध

हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिका–३ स्थित नेपाल टेलिकमको टावर एक महिनादेखि बिग्रिएका कारण टेलिफोन सेवा अवरुद्ध भएको छ ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

नेपाल अनलाइन पत्रिका – काठमाडौं। हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिका–३ स्थित नेपाल टेलिकमको टावर एक महिनादेखि बिग्रिएका कारण टेलिफोन सेवा अवरुद्ध भएको छ । दसैँ, तिहार जस्तो समयमा पनि टेलिकमले टावर नबनाउँदा हजारौं सेवाग्राही सञ्चार सुविधाबाट बन्चित भएका छन् ।

सिमकोट गाउँपालिका वडा नम्बर १ देखि ३ र खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ को ताक्ला, बाम्टा र कुम्लिक गाउँका सेवाग्राहीमा सञ्चार सुविधाबाट बन्चित भएका हुन् । २ देखि २२ भदौसम्म हेल्दुङ साना जलविद्युत् आयोजनाबाट वितरित विद्युत् सेवा अवरुद्ध भएकाले वडा नम्बर ३ बरगाउँमा रहेको टावरले काम गर्न छाडेको स्थानीय हेमन्त बोहराले बताए ।

बरगाउँमा रहेको टावरमा विद्युत् जोडिएका कारण विद्युत् आएमा टावर चल्ने नत्र काम नगर्ने स्थानीयको भनाइ छ  । उनीहरूले सो टावरमा विद्युत् जडानको भर गर्नुभन्दा सौर्य उर्जा जोडेर टावर सञ्चालनमा ल्याउन सरोकार निकायलाई अनुरोध समेत गरेका छन् ।

अहिले जिल्लामा सेवाग्राही सञ्चार सुविधाबाट बञ्चित नहुन भनेर जेनेरेटर चलाएर केही सेवा उपलब्ध गराउँदै आएको टेलिकमले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार