spot_img

एएफसी यू-२३ छनोट खेल्ने खेलाडीले दशै बिदा नपाउने !

आगामी ८ कार्त्तिकदेखि सुरु हुने एएफसी एसियन कप छनोट खेल्न ताजकिस्तान जाने टोलीलाई क्लोज क्याम्पबाट नछाड्ने एन्फाले निर्णय गरेको हो । हाल क्लोज क्याम्पका लागि एन्फाले खेलाडीलाई होटलमा राखेको छ ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

नेपाल अनलाइन पत्रिका – काठमाडौं। अखिल नेपाल फुटलब संघ (एन्फा)ले एएफसी पुरुष एसियन कप छनोट खेल्ने राष्ट्रिय यू-२३ टोलीलाई दसैंमा बिदा नदिने भएको छ ।

आगामी ८ कार्त्तिकदेखि सुरु हुने एएफसी एसियन कप छनोट खेल्न ताजकिस्तान जाने टोलीलाई क्लोज क्याम्पबाट नछाड्ने एन्फाले निर्णय गरेको हो । हाल क्लोज क्याम्पका लागि एन्फाले खेलाडीलाई होटलमा राखेको छ । एन्फाले उपत्यकामै परिवार भएका खेलाडीको हकमा भने टीका दिनमात्रै परिवारलाई जिम्मा लगाएर छाड्ने बताइएको छ ।

‘टीकालगत्तै खेल्न जाने भएकाले खेलाडीको फिटनेशलाई मध्यनजर गर्दै यसपटक दसैंमा घर जान पाउने छैनन् । उपत्यकामा परिवारसँग रहेका खेलाडीको हकमा भने सोही दिनको लागि मात्रै पारिवारलाई जिम्मा लगाएर जान दिन्छौं ।’ यू-२३ राष्ट्रिय टोलीका व्यवस्थापन (म्यानेजर) उत्तम भण्डारीले न्युज कारखानासँग भने ।

नेपाली टोली २ कार्त्तिकमा प्रतियोगिता खेल्न ताजकिस्तान प्रस्थान गर्नेछ ।

यसअघि १५ असोजमा मुख्य प्रशिक्षक बालगोपाल महर्जनले विभागीय नेपाल पुलिस क्लबविरुद्ध मैत्रीपूर्ण खेल खेलाउँदै पहिलो चरणमा १० खेलाडीलाई बाहिर राख्दै ३२ खेलाडी छनोट गरेका थिए ।

उनले आइतबारमात्रै २३ सदस्यीय खेलाडी छनोट गरेका छन् । तर नाम भने सार्वजनिक गरेका छैनन् । केही खेलाडीको अझै फिटनेश समस्या र कतिको एमआरआईको समस्यासमेत देखिएकाले हाल नाम सार्वजनिक गरिएको छैन ।

हाल माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा यू-२३ टोलीबाट ७ खेलाडी रहेका छन् । मालेमासमेत ती खेलाडी प्लेईङ सेटमा खेलिरहेको र यदि चोट बोकेको अवस्थामा अन्य खेलाडीलाई झिकाउन पर्ने हुँदा अन्तिम २३ नाम सार्वजनिक नभएको स्रोतले न्युज कारखानालाई बतायो ।

यसअघि प्रशिक्षक बालगोपालले उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरेका रेजिन सुब्बा, प्रिजेन तामाङ, दीपेश आले मगर, दिनेश हेम्जन, धीरज श्रेष्ठ, जया गुरुङलगायत खेलाडीलाई टोली बाहिर राखेका थिए ।

समूह ‘बी’ मा रहेको नेपालले बलियो इरान, लेभलान र ताजकिस्तानको सामना गर्नेछ । नेपालले पहिलो खेलमा २५ अक्टोबरमा इरान, यस्तै आयोजक ताजकिस्तानसँग २८ अक्टोबर तथा ३१ अक्टोबरमा लेभलानलाई चुनौती दिनेछ ।

प्रशिक्षक महर्जनले छनोट गरेको ३२ खेलाडीमा हाल साफ च्याम्पियनसिप खेलिरहेको टोलीबाट ७ खेलाडी रहेका छन् । यस्तै राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका १२ खेलाडी टोलीमा समावेश छन् ।

प्रशिक्षक बाल गोपालले बाहिर राखेका १० खेलाडी :

  • गोप्रशिक्षकलरक्षक –सूर्य अघिकारी
  • मिडफिल्डर – जया गुरुङ, दीपेश आले मगर, लखन लिम्बु, कुशल फुयाँल, सन्जिव विष्ट
  • स्ट्राइकर – प्रिजेन तामाङ, दीनेश हेम्जन, रेजिन सुब्बा, धीरज श्रेष्ठ,

नेपाली ३२ टोली :

  • गोलरक्षक– अर्पण कार्की, विशाल सुनार, अभिषेक बराल, रोहित कार्की
  • डिफेण्डर – सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, अशिम भुसाल, रन्दीप पौडेल, विश्वास उदास, विशाल बस्नेत, रोमन लिम्बु, आदिल हमिद,
  • मिडफिल्डर – अशोक थापा, अनिल महर्जन, अभिषेक लिम्बु, शिब गुरुङ, नितिन थापा, सुरज जिउ ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्बे, दिनेश गुरुङ, शिशिर लेखी, आकाश बुढा मगर, रोशन पहाडी, एरिक बिष्ट
  • स्ट्राइकर : रितिक खड्का, मनिष डांगी, अभिषेक रिजाल, दर्शन गुरुङ, बुद्ध बल तामाङ,राजिब लोप्चान

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार